बाजुरमा विश्व खाद्य दिवसमा विभिन्न कार्यक्रम

यो समाचार 317 पटक पढिएको

  • लक्ष्मरिाज पाध्याय 

बाजुरा,  बाजुराको सदरमुकाम मार्तडीमा हिजो ३३ औ विश्व खाद्य दिवस मनाइएको छ । खाद्य सुरक्षा र पोषणको आधार, खाद्य प्रणालीमा दिगो सुधार भन्ने नाराका साथ हिजो सम्पन्न गरिएको विश्व खाद्य दिवसमा निवन्ध प्रतियोगिताको आयोजना गरिएको थियो ।

हिजो आयोजना गरिएको निवन्ध प्रतियोगितामा कन्र्भस एकेडमीका धनुकुमारी विकले प्रथम स्थान हात पार्नु भएको छ भने सोहि विद्यालयका विकास साउदले दोस्रो स्थान हात पार्नु भएको हो । खाद्य सुरक्षा र पोषणको आधार, खाद्य प्रणालीमा दिगो सुधार भन्ने शिर्षकमा भएको निवन्ध प्रतियोगितामा १६ जना विद्यार्थीको सहभागिता रहेको थियो जसमा धुरालसैन माविका लोकराज उपाध्यय तृतिय र वडिमालीका इङ्गिलस वोडिङ स्कुलका समिर खडकाले सान्त्वनामा चित्त वुझाउनु भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी जयवहादुर हितानको प्रमुख आथित्यतामा सम्पन्न भएको ३३ औ विश्व खाद्य दिवसका अवसरमा विजेतालाई पुरस्कार समेत वितरण गरिएको छ । खाद्य दिवसका अवसरमा बोल्ने अधिकाशं वक्ताले यस्ता सचेतनात्मक कार्यक्रमलाई ग्रामिण स्तर सम्म पु¥याउदा स्वयम कृषकले ज्ञान पाउनेभएकाले ग्रामिण केन्दीत गर्नु पर्नेमा जोड दिएका छन । जिल्लामा रहेको खाद्य अभावलाइ हटाउन सडक यातायातको विकास चाडो गर्नु पर्ने र निवन्ध प्रतियोगितामा आयका सुझावलाइ ग्रहण गर्दै यस्ता कार्यक्रमलाइ कार्यक्रम केन्द्रित मात्र नगरि ब्यवहार मुखी वनाउनु पर्नेमा जोड दिएका हुन ।

 

रचनात्मक प्रतिक्रिया दिनुहोस् :