सेलिव्रेटी ‘महजोडी’ लाई पनि कृषिले पछयाई छाडयो

This post has already been read 210 times!

बन्द, असुरक्षा र बेरोजगारी समस्याबाट पीडित सयौं नेपाली दाजुभाई आफनो श्रम विदेशी बजारमा बेच्न बाध्य छन । कतिपय युवाले बीचमै पढाईलाई थाति राखेर अन्य मुलुकमा सस्तोमा भएपनि सिर्जनसिल उर्जालाई बेच्ने नियती भोग्दैछन । नेपाल सामु बेरोजगारी समस्याले ठूलै चुनौती सिर्जना गरेको छ । जसका कारण दैनिक हजारभन्दा बढी युवापुस्ता वैदेशिक रोजगारको क्रममा विदेशिन थालेका छन। यसरी पलायन हुने युवा पुस्ताका कारण ग्रामिण बस्ती र गाउँ नै सुनो भएको छ। कुनै स्थानमा त मलामी र जन्ती जाने लोग्ने मान्छेस म भेटिन छाडिएको छ।

Mahajodi

 

झन नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषितन्त्रको अबस्था दिनानुदिन बेहाल बन्दै गएको छ। खेती गर्ने उहि पुरानो पर परागत शैली, कामदार पलायन, विउविजन र मल अभाव तथा खेतीयोग्य जग्गा घटेर कृषिक्षेत्र उभो लाग्नुभन्दा झन झन खस्कँदै गएको छ। सरकारले समेत कृषि क्षेत्रको सबालमा पर्याप्त मात्रामा अनुदार नीति अबल बन गर्न नसक्दा कृषिप्रधान मुलुकले गति लिन सकेको छैन। कृषि क्षेत्रमा आ नो भविष्य नदे नेहरु समेत निराश हुन लागेको अवस्थामा ‘मह जोडी’  ले सानैबाट सुरु गरेको प्रयासले नेपाली कृषक र कामदारलाई केही मात्रामा भएपनि हौसाएको छ।

काठमाडौंको जितपुरबाट महजोडीका मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले  ‘मह एग्रीक ल्चर प्राइभेट लिमिटेड’   मार्फत कृषिमा आधुनिक क्रान्तिमा भिडेका छन। विदेशी शिप र प्रविधि भित्र्याई उनले अहिले कृषि क्षेत्रमा साँच्चिकै नौलो क्रान्ति ल्याउन त िसएका छन । मदनकृष्ण श्रेष्ठलाई नेपालको पुरानो र पर परागत कृषि प्रणाली पटक्कै मन परेको छैन। उनी भन्छन,ुम बाल्यकालमा हुँदा पनि उहि शैलीमा खेतिपाती हुन्थ्यो, बुढो भइसक्दा पनि त्यही शैलीमा खेती हुँदै आएको छ। यस्तो शैलीले मुलुकको अर्थतन्त्र र बढदो जनसं यालाई कसरी धान्न सक्छ रुÓ सस्तो र गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएको ुसमताÓ सँग समेत जोडिएका महजोडी समाजमा चेतनामूलक कार्यक्रम प्रस्तुत गर्ने चर्चित जोडी हुन । महजोडीले कृषिमा यतिकै हात हालेका भने होइनन। इजराइल नेपालको दौत्य स बन्धको ५० औं वार्षिकोत्सवमा सहभागी हुन इजराइल पुगेका महजोडीलाई नेपाली कामदारको अवस्था हेरेर न्यास्रो बनाएको रहेछ। नेपालकै कृषि क्षेत्रमा काम गर्ने कामदारले पुरानो शैलीबाट नेपालमा थोरै उत्पादन गरेको तर, इजराइलमा त्यहीको उच्च प्रविधि र आधुनिक प्रणालीबाट गरेको उत्पादनले दुवैजनाको मुटु छोयो रे ।

ुत्यहाँको न्यानो हावा र भतभति पैताला पोल्ने बालुवासँग पैठेजोरी खेल्दै नेपाली कामदारले गरेको उत्पादनले आश्चर्य नै तुल्यायो,Ó श्रेष्ठले भने,ुआधुनिक कृषि प्रणालीको शीपमार्फत उनीहरुले फलाएका कृषि उपजले एकछिन सोच्न बाध्य तुल्यायो। तातो बालुवा भएको मुलुकमा प्रचुर उत्पादन हुनसक्छ भने हाम्रो मुलुकको हावापानी त सुहाँउदो रहेछ । त्यहाँको प्रविधि र शिपको सहयोगमा नेपाली माटोले झनै बढी उत्पादन दिन सक्छ भन्दै सोच्न बाध्य भए।Ó कार्यक्रममा सहभागी भएका नेपाली कामदार खोजराज कटुवाल र कृष्ण अधिकारीसँग कसरी यति धेरै मात्रामा उत्पादन गरेको भनेर श्रेष्ठले प्रश्न गरेका थिए। जवाफमा उनीहरुले आधुनिक कृषि प्रणाली र प्रविधिको सहयोगमा नेपालमा पनि त्यस्तै फलाउन सक्ने दावी गरेका थिए। कामदारले आफुहरु नेपाल फर्केपछि यस्तै प्रकारको कृषि प्रणालीको सहयोगमा खेतीपाति गर्न चाहेको इच्छा जाहेर गरेका थिए। ुतर, लगानी लगाउन हामीसँग पर्याप्त रकम छैन,Ó नेपाली कामदार कटुवालको भनाई उद्धृत गर्दै श्रेष्ठले भने,ुमैले मेरो र हरिवंशजीको मोवाइल

न बर दिएर उनीहरुलाई नेपाल आउँदा स पर्क गर्नु भनेका थियौं।

उनीहरुलाई सक्दो सहयोग गरौला भन्यौं।Ó कामदारसँग भेटेर उनी एक सातास म इजराइलको कृषि प्रणालीको बारेमा आवश्यक जानकारी लिएका थिए । त्यसक्रममा उनी त्यहाँ कार्यरत नेपाली कृषि बिज्ञ डा। बिष्णु चापागाई र राजन मैनालीलगायतसँग पनि छलफल गरी सुझाव संकलन गरेका थिए ।
नेपाल फर्केपछि आफना सहकर्मी बिजय पाण्डेलगायतसँग छलफल पश्चात महजोडीले जितपुरफेदीबाटै ुविदेशको शिप स्वदेशको लगानी, आफै कामदार आफै मालिकÓ भन्ने नाराका साथ मह एग्रीक ल्चर प्राइभेट लिमिटेडको श्रीगणेश गरे। हरिवंश आचार्यका अनुसार व्यक्ति धनी भएर मुलुक धनी हुँदैन। व्यक्ति धनी हुन मुलुकलाई धनी बनाउनुपर्छ। ुअहिले हामी सानैबाट सुरुवात गरेका छौं,Ó आचार्यले भने,ुसबै क्षेत्रबाट सहयोग भए यसलाई बृहत बनाउने हाम्रो योजना छ। इजराइलमा जसरी नेपाली कामदार कर्मवीर बनेका छन । हामी चाहन्छौं नेपालीहरु आफनै मुलुकमा त्यस्तै कर्मवीर बनुन।Ó महजोडीले जीतपुरफेदी वडा नं।१ मा हरित गृह निमार्ण गरेर त्यसभित्र तरकारी र माछा पालन गरेर कृषिमा नयाँ प्रयोग गरेर छन्। हरित गृहभित्र इजरायल प्रविधि प्रयोग गर्दै कृषिमा थोपा सिंचाई पद्धती अपनाएका छन्। । करिब ६० लाख रुपैयाँको लगानीमा निमार्ण गरिएको २० रोपनीमा २६ वटा हरित गृह निमार्ण गरेका छन्। हरित गृहमा इजराइलको प्रविधियुक्त कृषि उपकरण ुडिप एरिगेसनÓ भारतबाट ल्याएर जडान गरिएको छ। जसबाट थोपा सिंचाई हुँदै आएको छ। हरित गृह निमार्ण गर्नका लागि मदनकृष्णले आ नो जन्मथलो जितपुरफेदीमा २० रोपनी जग्गामा उपलब्ध गराएका छन।

 
मह एग्रीक ल्चर प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक खोजराज कटुवालका अनुसार हरित गृहमा इजरायलमै कृषि क्षेत्रमा काम गरेका आफुसहित ११ जना कृषि बिज्ञ र कामदार कार्यरत छन्। हरित गृहमा यस अघि नै अत्याधिक उत्पादन दिएर चर्चा बटुलिसकेको सिर्जना जातका गोलभेंला,भिण्डी, लौका, काउली, इजराइलकै व्रेजिल साग, धनिया, रायो, भाण्टा, करेला, घिरौंलालगायतका तरकारी फलाउनुका साथै ५ वटा पोखरीमा १७ हजार माहुर जातका माछा समेत पालिएका छन। बैशाखदेखि त्यहाँ अर्गानिक हरियो तरकारीको उत्पादन हुँदै आएको छ। उत्पादन गरिएको तरकारी भाटभटेनी सुपर मार्केट, सिटी सेन्टर, गंगवुस्थित बिक्रि केन्द्र र बसुन्धरास्थित मह मिनी मार्केटमार्फत सस्तो मूल्यमा बिक्रि हुँदै आएको छ। दैनिक एकहजार किलो उत्पादन हुने लक्ष्य राखिएपनि हाल दैनिक करिब साढे चारसय किलो तरकारीवाली उत्पादन हुन्छ। केही समयपश्चात यो अभियानलाई तराई तथा पहाडी क्षेत्रको करिब सय विगहा जग्गामा फैलाउने योजना छ।