बन्द हुने अवस्थामा बेल सर्बत उद्योग

यो समाचार 261 पटक पढिएको

बर्दिया,  बर्दियाको सूर्यपटुवास्थित ओराली बजारमा सञ्चालित बेल सर्बत उद्योग बन्द हुने अवस्थामा पुगेको छ । नवदुर्गा सामुदायिक वन समूहले सञ्चालन गरेको सामुदायिक बेल सर्बत उद्योग आवश्यक जग्गा, तालिम प्राप्त दÔ प्राविधिक र भवन अभावमा बन्द हुने अवस्थामा पुगेको हो । पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज नजिकका सूर्यपटुवा, ढोढरी, सानोश्री र धधवार गाविसमा रहेका २६ वटा सामुदायिक वनको संयुक्त लगानीमा सूर्यपटुवा गाविस–७ ओराली बजारमा ०६२ सालमा बेल सर्बत उद्योगको स्थापना भएको थियो । सामुदायिक वनमा पाइने बेलका दाना कुनै प्रयोगमा नआउने र त्यसै कुहिएरु जाने गरेको पाइएपछि केही वर्षदेखि बेलको दानाबाट नेपालमै सर्बत बनाउन थालिएको हो ।bell
वार्षिक ५० हजार बोतल जुस उत्पादन क्षमताको नवदुर्गा सामुदायिक बेल सर्बत उद्योगलाई स्थापनाकालदेखि उद्योग वाणिज्य संघद्धारा सञ्चालित एक गाउँ एक उत्पादन कार्यक्रमले सहयोग गरिरहेको छ । संघले विशेषगरी जुसको बजारीकरण र उद्योगको आधुनिकीकरणमा सहयोग गर्दै आइरहेको छ । सौगात ब्रान्डमा उत्पादन हुने बेल सर्बतको बजारीकरणका लागि बर्दियाको गुलरिया, बाँकेको कोहलपुर र नेपालगन्ज, वीरेन्द्रनगरको सुर्खेत र दाङको घोराहीमा बेल सर्बतको बिक्री डिपो स्थापना गरिएको छ । त्यसैगरी सञ्चारमाध्यमबाट प्रचार प्रसार, चेतनामूलक कार्यक्रम, क्षमता अभिवृद्धि, मेसिन खरिद, मेला तथा प्रदर्शनी र भ्रमणका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । स्थानीय बजारमा राम्रो स्थान पाएको सर्बत नियमित उत्पादन गर्न सके विदेशमा समेत निर्यात गर्न सकिने जिल्ला स्तरीय कार्यक्रम कार्यान्वयन समितिका अध्यक्ष अमरबहादुर खड्काले बताए ।
नवदुर्गा सामुदायिक बेल सर्बत उद्योगले स्थापना कालदेखि बेलको सर्बत उत्पादन गर्दै आएको भए पनि पछिल्लो समय बेलको अचार, बर्फि मिठाइ र सिधै पिउन मिल्ने जुस उत्पादन गर्दै आएको थियो । गत वर्ष ५२ हजार बोतल सर्बत उत्पादन गरेको उद्योगले यो वर्ष ६० हजार बोतल उत्पादन गर्ने लक्ष्य लिएको छ । भवनको समस्या रहेको भन्दै हावा पानी आउँदा उद्योग बन्द गर्नुपर्ने अवस्था आएपछि लक्ष्य अनुसार सर्बत उत्पादन गर्न गाह्रो हुने गरेको उद्योग म्यानेजर गीताप्रसाद भट्टराईले बताए । “प्रशस्त आम्दानी भए पनि उद्योग बन्द गर्नुपरेको छ । भवन निर्माण सकिए छिट्टै सञ्चालन हुन्छ,” उनले भने ।
एक गाउ“, एक उत्पादन कार्यक्रमअन्र्तगत सञ्चालन गरिएको बेल सर्बत उद्योग नेपालको बर्दिया र सिराहामा सञ्चालन गरिएको छ । उद्योगलाई कृÈि मन्त्रालयले उद्योग वाणिज्य संघमार्फत गुदी पेल्ने मेसिन उपलब्ध गराएको छ । एक गाउ“ एक उत्पादन कार्यक्रममार्फत सर्बतको लेबल निर्माण, प्रचार प्रसार, जिर्ण भवनको छाना मर्मत, बेल बृक्षारोपण र टिप्ने तालिम दिने लगायतका काम भइरहेको छ । नवदुर्गा सामुदायिक वनमा २ वर्Èअघि प्राकृतिक रूपमा बेल भएकै खाली ठाउँमा १५ हजार बेल रोपिएको उद्योगका व्यवस्थापक भट्टराईले बताए । उद्योगमा २५ जना कर्मचारी, १ हजार ५ सय जना बेल संकलनको काम गर्ने कामदार र २ हजार ५ सय कृÈक लाभान्वित रहेको उनले जानकारी दिए । बर्दियाको ग्रामिण क्षेत्रमा सञ्चालित उद्योगबाट उत्पादित सर्बत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा निर्यात गर्न प्रचारप्रसारमा जोड दिनुपर्ने देखिन्छ । अर्कोतर्फ उत्पादन बढाउन रुख संरक्षण र नयाँ रुख रोप्नु आवश्यक छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :