रुम्जाटारको अचार जापानी बजारमा

यो समाचार 313 पटक पढिएको

  • जीवन शर्मा
achar
रुम्जाटार ६ ओखलढुंगाका युवा व्यवसायीले हिमालयन ग्रिन हिल प्रोडक्टबाट उत्पाति अकबरे खुर्सानी र राँगा तथा खसीको सुकुटीको अचार । तस्बिर: जीवन शर्मा

ओखलढुंगा,  वेरोजगारीका कारण धेरै मानिसहरु राहदनी बनाएर बिदेश जाने चक्करमा लागिरहेको समयमा आफ्नै गाँउमा केही गरौ भन्ने सोचका साथ एक बर्ष अघि अकबरे खुर्सानीको व्यवसायीक खेती गर्न थालेका रुम्जाटार ६,ओखलढुंगाका २५ विराज भण्डारी लाइ अहिले भ्याइ नभ्याइ छ । आफुले लगाएको खुर्सानी र बेसार खेती संगै उत्पादीत आर्गनिक अचारको माग स्वदेशी मात्र होइन विदेशी बजारमा समेत बढेपछि उनलाइ एकछिन फुर्सद हुन छाडेको हो । नेपाल विध्यार्थी संघको राजनीतिमा सक्रीय विध्यार्थी नेता समेत रहेका भण्डारी केही समय अघि सम्म राजनीतिक गफ मै जिवन विताइरहेका उनि अहिले अकबरेको अचार व्यापार गर्न देशी विदेशी ग्रहक संग व्यस्त हुन्छन् । उनि भन्छन्, ‘व्यवसायीक बन्न सके यहाँको उत्पादन विदेशमा समेत खपत हुने रहेछ ।’ जिल्ला सदरमुकाम बाट ३ कोष पूर्व रुम्जाटार गाविसमा उत्पादीत अकबरे खुर्सानीको बजार अहिले अमेरीका, जापान र बेलायत सम्म पुगेको छ । स्थानीय स्तरमा उत्पादीत आर्गनिक खुर्सानीको अचार अहिले अमेरीका स्थित नेपालीहरु बाटै माग बढेको भण्डारी बताउँछन् । रुम्जाटारस्तिथ आफ्नै ४ रोपनि जग्गामा अकबरे खुर्सानी र बेसार लगाएका उनले एक बर्षमा स्थानीय बजारमै दश टन बेसार निर्यात गरिसकेका छन् । भने नौ मुरी सुकेको खुर्सानी उत्पादन गरेको बताउँछन् । ओखलढुंगा, खोटाङ ,सोलुखुम्बु र भोजपुरमा खुर्सानी तथा बेसारको विउँको माग अत्याधिक बढेको छ ।

यस बर्ष बजारको माग अनुसार उत्पादन गर्न नसकिएको बताउँदै विराजका बाबु राम प्रसाद भण्डारीले भने, ‘यस बर्ष १५ रोपनी जग्गामा खुर्सानी र १२ रोपनीमा बेसार तथा अदुवा मात्रै लगाएको छु ।’ भण्डारीले खोटाङ लामिडाँडाका राजकुमार खतिवडा,भोजपुरकी सारदा लम्साल संगको सहकार्यमा खुर्सानी खेतीसंगै हिमालयन ग्रिन हिल प्रोडक्ट उद्योग दर्ता गरी ०६९ कार्तिक महिना बाट अचार उत्पादन सुरु गरेपछि उनको व्यवसाय झनै फस्टाएको हो । व्यवसायको शिलशिलामा उनी कहिले खोटाङ ,भोजपुर हुन्छन भने कहिले काठमाण्डौको भाट भटेनीमा व्यस्त हुन्छन् ।

रुम्जाटारमा उत्पादीत अकबरेको अचार नेपालमा भन्दा विदेशमा बढी खपत हुने गरेको छ । अमेरीका , जापान र बेलायतका कुनै कम्पनी बाट माग नभएपनि त्याहाँस्तिथ नेपालीहरुले टेलीफोन गरि अचार पठाइदिनु भन्ने गरेको भण्डारीको भनाइ छ । आफ्नो उद्योगमा उत्पादीत अकबरे खुर्सानी, खसी तथा राँगाको सुकुटीको अचार काठमाण्डौं भाट भटेनीबाट माग भएको छ । तर माग बमोजिमको उत्पादन गर्न अझै सकिएको छैन । विराजले भने, ‘स्थानीयसतरमा भन्दा शहरी क्षेत्रमा मूल्य बढी पाइने भएकाले अवका उत्पादन राजधारीको भाटभटेनी सुपर मार्केटमा सप्लाय गर्ने सम्झौता भइसकेको छ ।’ स्थानीयस्तरमा फलेको अकबरे मात्र नभएर हिमालयन ग्रिन हिल प्रोडक्ट उद्योग दर्ता गर्ने विराज सारदा र राजकुमार तीन युवाले अहिले राँगो र खसीको सुकुटकिो अचार उत्पादन गरि विक्री गरिरहेका छन् ।
सुकुटीका लागि आँफैले खसी पाल्ने गरेको र राँगाको मासु बजारबाट खरिद गरि सुकुटी बनाउने गरेको भण्डारीले बताए । उद्योगमा अचार सम्बन्धि ज्ञान भएका सात जनाले रोजगारी समेत पाएका छन् । खुर्सानी र सुकुटीको अचारले खाद्य गुणस्तर मापन कार्यालय परिक्षण गर्दा मापदण्ड बमोजिम रहेको ठहर गरि ‘अनुज्ञापत्र’ पाइसकेको छ । अर्गानिक भएर पनि यसको मागमा तिव्रता आएको व्यवसायीहरु बताउँछन् । उद्योग दर्तामा तीन जिल्लाका युवाहरु भएकाले केही समय पछि तीन वटै जिल्लामा आफ्नो उद्योगले उत्पादन सुरु गर्ने र देश व्यापी अचार निर्यात गर्ने उद्योगीहरुको भनाइ छ ।
हिमालयन ग्रिन हिल प्रोडक्ट उद्योग बाट सात महिनामा सात लाख रुपैंया भन्दा बढीको अचार विक्री भइसकेको छ ।

एक सय ५० ,तीन सय र पाँच सय ग्रमको तौलको प्याकेटमा उपलब्ध खुर्सानी र सुकुटीको अचार एक सय २५,दुइ सय ५० देखी चार सय ५० रुपौंया सम्म मुल्य तोकीएको उद्योगले जनाएको छ । त्यस्तै खुर्सानीको विउ,बेसार र अदुवा बाट मात्र दश लाख भन्दा बढीको आम्दानी गरेको व्यवसायी राम प्रसाद भण्डारीले बताए । अन्न बाली लगाउँदा दश हजारको उत्पादन नहुने ठाउँमा खुर्सानी,वेसार, अदुवा र अचार बाट एक बर्षमा १८ लाख आम्दानी भएको भण्डारीले बताए । यसमा जिल्लाच कृर्षि विकास कार्यालयले थोरै प्रविधिक सहयोग गरेपनि अन्य सहयोग नपाएको व्यवसायिको गुनासो छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :