पर्यटन उद्योगको क्षमता बढाउन सुरक्षित खाद्यान्नमा जोड

यो समाचार 239 पटक पढिएको

काठमाडौं, सुरक्षित खाद्यान्नमा सुधार ल्याएर नेपालको पर्यटन उद्योगलाई माथि उकास्न सकिने सरोकारवालाहरुले वताएका छन् । होटल तथा रेष्टुराँ क्षेत्रमा सुरक्षित खाद्यान्नमा सुधार ल्याइ पर्यटन उद्योगलाई उकास्न सकिने उनीहरुको भनाइ छ । खासगरी अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)ले सुरक्षित खाद्यान्नमा सुधार गरी नेपालको पर्यटन व्यवसायलाई उकास्न सकिने वताएको हो । आईएफसीले नेपाल सरकारसँगको सहकार्यमा सुरक्षित खाद्यान्नमा सुधार ल्याउन अनुगमनका गतिविधिमा पुर्नसंरचित तथा अन्तरराष्ट्रिय स्तरका अभ्यास र गुणस्तर कार्यमा सघाउन लागेको छ ।
सुरक्षित खाद्यान्नका लागि आईएफसीले राजधानीमा तीन दिने कार्यशाला समेत सम्पन्न गरिसकेको छ । कार्यशालामा सरकारी निकायवाट सहभागी विभिन्न निरीक्षकहरुलाई वजार अनुगमनका क्रममा अपनाउन सकिने तरिकाहरुका वारेमा तालीम प्रदान गरिएको थियो । निरीक्षकहरुलाई निश्चित स्रोतसाधनबाट पनि उच्च जोखिमपूर्ण क्षेत्रको अनुगमनका लागि सिकाइएको थियो । ‘साउथ एसिया इण्टरप्राइज डेभलपमेण्ट फ्यासीलिटी’ नाम दिइएको उक्त कार्यशाला आयोजनका लागि वेलायत सरकार र नर्वेजियन सहयोग नियोगले आवश्यक सहयोग गरेका थिए ।
होटलको सेवामा सुधार ल्याउन सकेमा पर्यटन उद्योगको उच्च सम्भावना रहेको कार्यशालामा सहभागी वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका निर्देशक हरिनारायण वेलवासेले बताए । त्यस्तै, संयुक्त अधिराज्य वेलायतका निरीक्षण विशेषज्ञहरुले स्तरीय अनुगमनका लागि आईएफसीसँग सहकार्य गरी निरीक्षण अध्ययन र तरीकाहरू अवलम्वन गर्न सकिनेमा सुझाएका थिए । त्यसबाट सुरक्षित खाद्यान्नमा नागरिकको क्षमता अभिवृद्धि गर्न समेत सहयोग पु¥याउन सकिनेछ । आईएफसीका नेपाल आवासीय प्रतिनिधि वल एस. वगतसिंहले सिमित मापदण्ड र नियमनका कारण नेपालमा पर्यटकले प्रतिदिन एकदमै न्यून खर्च गरिरहेको वताए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :