कृषि र किसानको उन्नति पहिले

This post has already been read 278 times!

Ramchandara Paudel
रामचन्द्र पौडेल

नेपालको जनसंख्या तीन करोड पुग्दैछ, विश्वको जनसंख्या ७ अरव नाघिसक्यो । मानिसहरु भन्दैछन् यही स्थिति रहने हो भने मानिसको पेट भर्न र तीर्खा मेट्न अर्को पृथ्वीको आवश्यकता पर्नेछ । यस्तो अवस्थामा कृषि उत्पादनको कस्तो महत्व होला रु सोझै विचार गर्न सकिन्छ ।नेपालको अर्थतन्त्र दह्रो र आत्मनिर्भर बनाउन कृषि र किसानको उन्नति पहिले गर्नुपर्छ । नेपाल भरी र हिमाली क्षेत्रमा समेत नपत्याईने ढंगले कृषिबाट सम्पन्नता हासिल गर्ने अनन्त सम्भावना छन् ।

अरु त अरु व्यवसायिक रुपले, ठाउँ अनुसारको उचित वाली लगाउने हो भने एउटा डोल्पा जिल्लाबाट मात्रै करोडौ मूल्य वरावरको उत्पादन लिन र निर्यात गर्न सकिन्छ । त्यहाँ भरखरै शुरु हुन लागेको ओलिभ ९जैतुन० र जडीवुटी खेती त्यसको उदाहरण हो । स्थान विशेष पाकेट क्षेत्र छानी खेत ीगर्ने प्रणालीको व्यवस्थापनबाट ठूलो अलैची, कफि आदिको प्रचुर सम्भावना छ । त्यसैले कृषि पेशालाई सर्वप्रथम सम्मानित र आकर्षक बनाउनु पर्छ । यसका लागि प्राङ्गारिक खेतीको साथै उन्नत कृषि औजार, उन्नत वीउ र मलखादको आपूर्ती सुलभ गर्ने, सिंचाई पानीको समुचित व्यवस्था गर्र्ने, भू–परिस्थिति अनुकूलको कृषि प्रविधि विकास गर्ने, भू–स्वामित्व सुरक्षाको प्रत्याभूति दिने, भूमी व्यवस्थापन कार्य प्रभावकारी तुल्याउने जस्ता कार्यलाई प्राथमिकताका साथ अघि बढाउनु पर्छ ।

कृषकको जीवनस्तरमा सुधार, गरीवी निवारण, वेरोजगारीको अन्त र व्यापार घाटाको समाधान यसैबाट हुनेछ ।दुरदृष्टिको आभावमा जुम्ला, डोल्पा, मुस्ताङ्ग, सेमार्थाङ्ग९हेलम्बु० आदि ठाउँमा लागाईएका स्याउ र अन्य फलफूल खेतीको जस्तो ढुवानी समस्या र बजार समस्या जस्तो अवस्था नआउन योजना आयोग र कृषि मन्त्रालय समयमै पूर्ण सर्तक र व्यवहारिक वन्नु पर्ने र कृषकलाई हरेक प्रकारले पूर्ण समर्थन गर्नु पर्ने वारे ध्यान जानु पर्दछ । कृषि र किसानलाई केन्द्रमा राखेर बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य, सञ्चार, पर्यटन, व्यापार र वस्तीसुधारको विस्तार गर्ने नीति दरो गरी अँगाल्नुपर्छ । यसैबाट अर्थतन्त्रले नयाँ गति लिई राष्ट्रको सर्वाङ्गीण विकास र उन्नति अगाडि बढ्नेछ । योजना आयोगले यसै आधारमा राष्ट्रिय विकास योजना तर्जुमा गर्नुपर्छ ।

म कृषि मन्त्री भएको वेला वीस वर्षे कृषि विकास योजना निर्माणका एकजना सल्लाहकार जोहन मिलर मेरो मन्त्रालयमा आएर म संग सोझै –‘‘मन्त्रीजी १ नेपालमा कृषि विकास गर्न एक नंवर कुरा के गर्नुपर्छ भन्नुस त’’, भनी प्रश्न गरे । मैले तत्काल जवाफ दिएको थिएँ– ‘‘हिउँदवर्षै यातायात चल्ने मोटर बाटो ।’’ उनले प्रतिक्रिया जनाए – ‘‘विलकुल सही कुरा ।’’ किसानले आफ्नो उपज वजारमा पु¥याएर हातमा छन्छन् पैसा गन्न पायो भन उ उत्साही हुन्छ र कृषि उत्पादन बढ्छ । केही पहिले पनि विकट जिल्ला म्याग्दीबाट खवर आयो, किसानहरुले इन्टरनेटको सहायताबाट गाई भैसी किनवेच गरे । यस्तै कृषि उब्जनीलाई ध्यानमा राखेर गाउँ–गाउँमा विद्युत लाईन विस्तार गरियो र पानी व्यवस्थापनमा ध्यान दिईयो भने, किसानको क्षमता वृद्धिलाई सोचेर कृषि शिक्षा र स्वास्थ्य सेवा विस्तार गरियो भने, कृषिजन्य उद्योगहरुलाई प्रोत्साहन र कृषि वजारहरुको खोजी र स्थापना गरियो भने, घुम्न आउने विदेशी पर्यटकलाई मनपर्ने प्राङ्गारिक फलफूल, तरकारी र चिया कफीको व्यवस्था गरियो, हाम्रा युवाहरुलाई कृषिमा आकृष्ट गर्ने गरी कृषि पेशालाई सहज र परिणाममुखी वनाउने काम गरियो भने नेपालमा कृषि उब्जनी र आर्थिक वृद्धि ह्वात्तै वढ्छ, वेरोजगारी र गरीवी स्वाठ्टै घट्छ र व्यापार घाटामा कमी आउँछ । यसप्रकार योजना आयोगले देशको प्राथमिकता पहिचान गरी विकास रणनीति तयार गर्नुपर्छ ।

कृषि उन्नति र सामाजिक न्यायको लागि भूमीसुधार कार्यक्रम लागू गरिनुपर्छ । भूमीसुधारका दुईटा पाटा छन्– जमीन विहीन सुकुम्वासीलाई सम्भव भएसम्म भूमीको मालिक वनाउने र स्याहार नपुगेका जमीन समेत सदुपयोग गराई विशेष हेरचाह पु¥याएर उत्पादन बढाउने । यसका लागि भूमीको उपयुक्त हदवन्दी तथा वितरण र भूमीबैङ्क प्रथा लागू गरी विशेष गरी अनुपस्थित जग्गाधनी समेतका जग्गा सरकारले लिजमा लिएर व्यवसायिक खेती गर्न चाहने व्यक्ति वा संस्थालाई उपलब्ध गराईदिने । यसप्रकार देशभर अलपत्र रहेका जग्गा जमीनहरु सदुपयोगमा ल्याई गरीखान र व्यवसायिकरुपले काम गर्न चाहनेलाई आवश्यक जमीन उपलब्ध गराएर कृषिमा क्रान्ति ल्याउनु पर्छ ।

बेलायत र पश्चिमका कतिपय मुलुकमा राज्यबाट बढी सुविधा पाउने र राम्रो आम्दानी गर्ने वर्ग मध्ये किसानहरु पर्दछन् । नेपालका किसानले सहुलियत पाए भने अवश्य नै किसानहरु सुखी बन्ने छन्, देशबाट गरीवी हट्नेछ र सारा देश सुखी हुनेछ । व्यापारको विकास र औद्योगिक क्रान्तिको शुरुवात पनि यहींबाट हुनेछ । हामीले घरको जग नबसाई धुरी छाउन थालेका थियांै, जो वास्तवमा गलत थियो । अव जगबाट शुरु गर्नुपर्छ । कृषिको व्यवसायिकरणबाट राष्ट्रको समृद्धिको जग वसाल्नुपर्छ । कृषिमा नयाँ नयाँ प्रयोग, नयाँ कृषि प्रणालीको शुरुवात, जैविक र प्राङ्गारिक खेती, फलपूmल, अदुवा, अलैची, तरकारी, फ्लोरिकल्चर, जडीवुटी, कफी, चिया र पशुजन्य उत्पादनका क्षेत्रमा असीम सम्भावना छन् । वनको राष्ट्रिय उपयोगलाई ध्यानमा राख्दै कृषिवनको व्यवस्थाले विपन्नता हटाउन ठूलो मद्दत गर्छ ।

कृषि उत्पादनदेखि प्रशोधन, संचयन र बजारसम्म जनताको संलग्नता र सरकारको सहयोगमा सहकारिताको विकास गर्नुपर्छ । उत्पादित कृषि उपजको बजारीकरण गर्न सकियो र अहिले हुने गरेको मध्यस्थको शोषण हटाउन सकियो भने त्यसको पहिलो लाभ किसानले नै पाउँछ । कृषिमा विशेष योजना सहित सहुलियतपूर्ण लगानी बढाउनु पर्छ । कृषि उन्नतिका लागि उपयुक्त औजार लगायत मध्यम खाले प्रविधिको विकास गरी पानी व्यवस्थापन सहितका सबै पूर्वाधार निर्माण गरिने हो भने र हलो कोदालो र नाम्लोको वोझलाई हलुङ्गो वनाउने प्रविधिको विकास गरियो भने काम गर्न सजिलो हुन्छ, जाँगर आउँछ र कृषि क्षेत्रमा कायापलट हुन्छ । अनि कृषि पेशा अहिलेको जस्तो धेरै मेहेनत गरेर थोरै आम्दानी दिने निर्वाहमुखी पेशा रहन्न । तसर्थ कृषि पेशालाई सहज रुपमा धेरै आम्दानी हुने आकर्षक पेशाका रुपमा बिकास गर्नु अनिर्वाय छ । कृषि आकर्षक पेशा बन्ने वित्तिकै बेरोजगारी स्बाट्ठै घट्छ ।

मेरो सानैदेखिको एउटा सपना छ – “गाउँबाट विस्थापित भैरहेको मनलाई गाउँमा नै आधुनिक सेवा र सुविधा पु¥याएर बसौं बसौं बनाउने ।” यो विचार मैले ०४८ को आम निर्वाचनमा तनहूँ क्षेत्र नं १ बाट चुनाव लड्दा प्रधानमन्त्री रंगनाथ पौडेलको जन्मभूमी वरभञ्ज्याङ्गको विचारी चौतारो भन्ने ठाऊमा पहिलो पटक सार्वजनिक रुपमा व्यक्त गरेको थिएँ । त्यसवेला मैले “सुन्दर र स्वच्छ गाऊँ वस्ती छोडेर शहर वजार वा तराई, चितवन तिर वसाई सर्न जाने जनता” संझेको थिएँ । अब त्यसभन्दा अगाडि गएर रोजगारीका लागि विदेशिएका नेपाली संझदै छु । त्यसैले यो राष्ट्रको माटो, पानी र प्रकृतिमा सन्निहित अपार संभावनालाई दोहन गरेर “हाम्रो नेपाल राम्रो नेपाल” बनाई विदेशिएका तमाम नेपाली जनशक्तिलाई स्वदेश मै फर्केर बसौं बसांै बनाउने र यहाँको उन्नतिमा सहयोगी बनाउने लक्ष्य अगाडि ल्याउनु छ । यसैबाट सम्पूर्ण नेपाली र नेपालको हित संभव छ । नेपालको विकास सम्भव हुन्छ ।

लेखक नेपाली काँग्रेसका नेता हुनुहुन्छ

Comments are closed.