‘हेलेन’ सखरखन्ड उत्पादन

यो समाचार 272 पटक पढिएको

धुन्चे (रसुवा), जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा पोषणका लागि रसुवा जिल्लामा क्रियाशील सुआहार नाम गैससले पश्चिमी रसुवाको डाडागाउँमा हेलेन नामको सखरखन्ड फल उत्पादन गरेको छ । मानिसलाई भिटामिन एको शक्ति दिने पोषणतत्वको रुपमा हाँगा गाडेपछि लहरा फिजिदै माटो भित्र फल दिने सखरखन्ड रसुवामा व्यापक पार्न गत माघ महिनाबाट चितवनबाट लहरा ल्याई डाँडागाउँका कृषक केशव गुरुङले जमिनमा परीक्षण गर्दा उत्पादनमा सफलता आएको सुआहार कार्यक्रम संयोजक मनोज मिश्रले जानकारी दिनुभयो ।

एउटा सखरखन्ड १२ सय ग्रामसम्मको उत्पादन भएको र यस्ता चिज सुत्केरी र दुई वर्षमुनिका बालबालिका भएका घरपरिवारलाई रोपण गर्न आगामी माघ महिनाबाट जिल्लाका सबै भागमा लहरारोपणको अभियान सुरु गरिने बताइएको छ । पोषणका लागि पखालेर काँचै, उसिनेर वा तरकारी एवम् सलाद समेत बनाइ खान सकिने र गतवर्ष डाँडागाउँ गाविसका पाँच किसानको बारीमा परीक्षण गरिएको पोषण अधिकृत दीपा चिमौरियाले जानकारी दिनुभयो ।

पोषणका लागि सुआहार र उहाँको सहयोगी राडार नामक संस्थाले सागसब्जी, कुखुरापालन, अन्डा उत्पादनजस्ता कार्यलाई बढावा दिने चेतनाको वृद्धि विकासमा महत्वपूर्ण योगदान दिँदै आएको बताउँदै नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले स्याफ्रु क्षेत्रको तरकारीखेतीमा सन्तुलन देखिएको बताउनुभयो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :