कृषि व्यवसाय प्रवद्र्धनका लागि सूचना प्रविधिको उपयोग

यो समाचार 298 पटक पढिएको

ललितपुर, गुजाराका लागि गर्ने गरिएको कृषि पेसालाई पूर्ण व्यावसायिक बनाउन आधुनिक प्रविधिको प्रयोग र सूचना प्रविधिको अधिकतम् उपयोग गर्नुपर्ने सम्बन्धित विज्ञले सुझाव दिएका छन् । नेपाल विकास तथा अनुसन्धान प्रतिष्ठान ललितपुरले आज यहाँ आयोजना गरेको कृषि व्यवसायको प्रवद्र्धनका लागि सूचना प्रविधिको अधिक उपयोग विषयक कार्यशालामा विज्ञले सो कुरा आँैल्याएका हुन् ।

कृषि क्षेत्रमा सरकारले गरेको लगानी वास्तविक कृषक, ग्रामीण र विकट बस्तीमा पु¥याउन सकेमात्र गुजारामुखी कृषि व्यवसाय पूर्ण व्यावसायिक बन्नसक्ने विज्ञको धारणा छ । नेपाल विकास तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष जयकुमार गुरुङले उन्नत बीउ बिजन, आधुनिक खेती प्रणाली, सिँचाइको व्यवस्था, उत्पादकत्व वृद्धि तथा उत्पादित वस्तुको बजारको प्रबन्ध हुन नसक्दा युवा जनशक्ति कृषि व्यवसायमा आकर्षित हुन नसकेको आँैल्याउनुभयो ।

कृषि मन्त्रालयका मौसम तथा जलवायु विज्ञान इकाईका प्राविधिक संयोजक विष्णु घिमिरेले जलवायु परिवर्तनको असर र वैकल्पिक खेती प्रणालीका विषयमा ग्रामीण कृषकसम्म आवश्यक सूचना पुग्न नसक्दा कृषकले लाभ लिन नपाएको बताउनुभयो । कार्यशालामा कृषि व्यापार आयोजनाका प्रमुख वीरेन्द्र बस्नेत, पशु सेवा विभागका देवतीराम श्रेष्ठ, नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ वैज्ञानिक डा दीपक भण्डारी, कृषि सूचना तथा सञ्चार केन्द्रका प्रमुख ईश्वरीप्रसाद रिजाल, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनाललगायतका सम्बद्ध निकायका अधिकारीको सहभागिता थियो ।

कृषि व्यवसायमा भित्रिएका नयाँ प्रविधि, उत्पादकत्व अभिवृद्धिका क्षेत्रमा भएका मुख्य उपलब्धी तथा अनुसरण, सूचना तथा सञ्चारको उपयोगिता, व्यावसायिकताको प्रचारप्रसारमा सञ्चार प्रविधि, सञ्चारमाध्यमको उपयोग र यसको प्रभाव विषयमा नयाँ रणनीति तय गर्नुपर्ने कार्यशालाले निष्कर्ष निकालेको नेपाल विकास तथा अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धान सहायक नगेन्द्र बस्ताकोटीले जानकारी दिनुभयो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :