कृषि क्रान्तिको बाटोमा

यो समाचार 302 पटक पढिएको

Rabin Adhikariधेरैले अध्ययनको गन्तव्य विदेशलाई बनाउँछन्। त्यसरी विदेशिएकाहरू उतै बस्न लालायित हुन्छन्। चितवनको भरतपुर(६ का रविन अधिकारी, २८, भने अमेरकिाबाट फर्किएर स्वेदशमै सफल कृषि उद्यमीमा दरएिका छन्।  आठ वर्ष अघि स्वदेश मै विज्ञान संकायमा प्लस टू सकेका रविनले अमेरकिास्थित साउदर्न अर्कान्सस स्टेट विश्वविद्यालय र सेन्जेन्सेन्टी कलेजमा बीबीए पढे, चार वर्ष। तर, उनको रुचि किताबमा भन्दा बाहिरी कुरामा थियो। ०६२र६३ सालको जनआन्दोलन चर्किरहेको थियो मुलुकमा। त्यतिबेला नै उनी अध्ययन बिदामा आएका रहेछन्। मुलुक परविर्तनको संघारमा रहेको देखेछन्।

सबैभन्दा राम्रो सम्भावना देखेछन्, कृषि क्षेत्रमा। भन्छन्,”मैले अमेरकिाको एक गाई फार्ममा तीन महिना काम गरेँ। त्यहाँको फार्मले मेरो मन छोयो, नेपाल फर्किएर केही गरौँ भन्ने सोच पलायो।”  उनले अमेरकिा छाडेर नेपाल फर्किने निर्णय गरेको खबर सुन्दा परविार आश्चर्यमा पर्‍यो। कति आफन्तले बौलायो समेत भने। नेपाल मै केही गरेर देखाई सबैको मन जित्ने उनको अठोट सामु कसैको केही लागेन। भन्छन्,”निम्न मध्यम वर्गको जिन्दगी कसरी बित्छ भन्ने कुरा विदेशमा गएर थाहा पाएँ। केही सिकौँ भनेर विदेश गएको थिएँ, सिकेँ पनि।”

उनका बुबा कृष्ण उद्यमी हुन्। उनलाई सानै देखि उद्योग गर्नु पर्छ, उद्योगबाट विकास हुन्छ भन्दै सिकाउँथे। त्यसैले पनि उनले विदेश मोहलाई सजिलै त्याग्न सके। भन्छन्,”म विदेशमा बसेको भए सधैँ दोस्रो दर्जाको नागरकि हुन्थेँ।” स्वदेश फर्किए लगत्तै उनले बुबासँग छलफल गरी कृषि व्यवसायमा हात हाल्ने योजना बनाए। एग्रिकेयर नेपाल सञ्चालनमा ल्याए पछि किसानका समस्या प्रत्यक्ष रूपमा बुझ्न मेची देखि महाकाली सम्म घुमे। पत्ता लगाए कि सूचना र ज्ञानको कमी कै कारण अधिकांश किसान व्यावसायिक बन्न सकेका छैनन्।

कृषकले फलदायी आम्दानी गर्न नसकेको देखे पछि उनले ुकिसान कल सेन्टरु सञ्चालनमा ल्याएका छन्। किसानका कृषि समस्या समाधानका लागि टोल(प्रmी नम्बरको व्यवस्था गरेका छन्। जसमा फोन गरेर किसानले दक्ष प्राविधिक मार्फत तरकारीमा लाग्ने कीरा, निदानका उपाय, कुन मौसममा कस्तो तरकारी लगाउने, तरकारीमा कुन औषधी प्रयोग गर्ने जस्ता जानकारी लिइरहेका हुन्छन्।

अहिले सम्म किसान कल सेन्टरमा १० हजार किसान आबद्ध छन्। जिल्लामा पर्चा र पम्लेट मार्फत उनीहरूलाई किसान कल सेन्टर सञ्चालनमा आएको जानकारी गराउने काम गरएिको छ। सेन्टरमा चार जना प्राविधिक खटिएका छन्। तरकारीमा लाग्ने रोग निदानका लागि औषधी समेत बिक्री गर्दै आएका उनले ८० जनालाई रोजगारी दिएका छन्। उनी नेपाल मै पहिलो पटक जैविक विषादी र जैविक मल उत्पादन गर्ने तयारीमा छन्। हाल सम्म एक करोड भन्दा बढी लगानी गरसिकेका उनले बायोटेक्नोलोजी, माइक्रोबायोलोजी, जेनेटिक इन्जिनियरङ् िलगायत विषयमा दक्षता प्राप्त प्राविधिक राखेका छन्। भन्छन्, ूआगामी तीन वर्ष भित्र किसानका जस्तो सुकै समस्याको पनि समाधान गर्न सक्ने प्रविधिको विकास गर्न लागि परेको छु।ू

रचनात्मक प्रतिक्रिया दिनुहोस् :