पानीले काउली खेती नष्ट

यो समाचार 165 पटक पढिएको

कलैया, १४ भदौं / दुइ साता देखि लगातार रुपमा परिरहेको वर्षाका कारण बाराको सिम्रौनगढमा काउलीको खेती गर्दै आएका कृषकहरु मर्कामा परेका छन् ।
प्रत्येक दिन लगातारको वर्षाका कारण नर्सरीमा तयार भईसकेका काउलीको बेर्नाहरु कुहिएकाले कृषकहरु मर्का परेका हुन् । वर्षाको पानीले नर्सरी नै जलमग्न भएकाले तयार भईसकेका बेर्ना समेत कुहिएर नष्ट भएको अमृतगन्जका कृषक महेन्द्र कुशवाहाले बताउनुभयो ।
पानीले बेर्ना नष्ट भएकाले असोज र कात्तिकमा उत्पादन हुने काउली लगाउने सम्भावना नै सकिएको स्थानीय किसानहरुको भनाइ छ । यसका साथै मङसीरमा उत्पादन हुने काउलीका लागि पनि बेर्ना तयार पार्न अहिले तत्कालै सम्भावना नदेखिएको त्यस भेगका किसानहरुले बताएका छन् ।
पानीका कारण नष्ट हुनबाट जोगिएका केहि बेर्ना रहे पनि खेत नै डुबानमा परेकाले ती बेर्ना रोप्ने अवस्था पनि नरहेको अर्का गोलागन्ज ९ का कृषक ताज महम्मद चुरीहारले जानकारी दिनुभयो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :