यसरी गरौं तरकारी खेती

यो समाचार 5203 पटक पढिएको

तरकारीको नस्ररी सवेर्ना उत्पादन प्रविधिस् क्रमशः मलखादको प्रयोगस् १ वर्ग मिटर वा २ हात चौढाई र २ हात लम्बाई व्याडको लागि ५ केजी राम्रोसंग पाकेको गोबर मल हाल्ने वा २० हात लम्बाईको लागि ५० के।जी। गोबर मल हाल्ने । गोबर मल हाल्दा मललाई राम्रोसंग मसिनो पारेर व्याडमा छरि माटोमा राम्रोसंग मिसाउने । माटोको उपचारस् माटो उपचार रासायनिक विषादी जैविक विषादी र माटो निर्मलीकरण मध्ये एक तरिकाले गर्न सकिन्छ । माटो निर्मलीकरण तरिकाबाट वातावरण तथा पर्यावरणलाई असर पार्दैन ।Tarkari Kheti

माटोको निर्मलीकरण विधिः माटो निर्मलिकरण गर्न चैत्र बैशाख वा भाद्र असोजमा गर्न सकिन्छ । १।५ मीटर चौडाई १५ से मी उचाई र लम्वाई आबश्यक्ता अनुसार ड्याङ्ग बनाउने माटोलाई चिनी जस्तो बुरबुराउँदो बनाउने र ड्याङ्गको वरिपरि नाला खन्ने । ड्याङ्ग बनाईसकेपछि माटोमा राम्रोसंग गोबर मल मिसाउने र ७ से मी जती गहिराई सम्म भिज्ने गरी िसंचाई गर्ने । ड्याङ्ग माथिबाट २५० गेजको प्लाष्टिकले ढाक्ने र बाँकी रहेको प्लाष्टिकलाई नालामा राखेर माटोले पुर्ने । प्लाष्टिकले ३ हप्ता वा २१ दिनसम्म ढाक्ने । प्लाष्टिकले ढाकेको २३ दिनपछि झारपात उम्रन थाल्छ र पछि झारपात पहेंलो भएर कुिहंन थाल्छ । यदि झारपात कुहिएन भने प्लाष्टिक प्वाल परेको हुनु पर्छ वा छोपेको नमिलेको हुनु पर्छ । त्यस्तो देखिएमा प्वाल टाल्ने र नमिलेको ठाउँमा राम्ररी छोप्ने । २१ दिनपछि प्लाष्टिक हटाउने र ड्याङ्गको माटोलाई कुटोले चलाई ३ दिनसम्म चिसाउने । रासायनीक विषादीको प्रयोग ४(५ औंल गहिराई बराबर ड्याङ्गमा भिज्ने गरि साधा पानीले िसंचाई गर्ने र त्यस माथि एक लिटर बराबर २ ग्राम बेभिष्टिन ढुसी रोगको लागि हाली घोलेर छर्ने । रातसम्म २५० गेजको प्लाष्टिकले व्याडलाई ढाकी हावा नछिर्ने गरि कुलेसोमा प्लाष्टिकलाई माटोले पुर्ने ।

रातपछि प्लाष्टिक झिकेर चिस्याउनको लागि कुटोले माटो चलाई दिने र किरा नियन्त्रणको लागि मालाथायन क्रिफेन वा डस्रवान् ५० केजी २ केजी खरानीसंग मिसाएर व्याडमा छरि माटोमा मिलाउने । लगातार पानी परीरहेको वेलामा प्लाष्टिक झिक्नु हुँदैन । २० ग्राम वेभिष्टिन र ५० ग्राम मालाथायनलाई २ के।जी। खरानीसंग मिसाई एक दिनसम्म रहने गरि व्याडमा छरि माटोमा मिलाउने । वीउ रोप्ने तरिका व्याडमा ६(८ से।मी। ४ औंल को फरकमा धसो्र कोर्ने धसो्र कोर्दा २ सेमी १ अंगुल को गहिराईमा कोर्नु पर्छ वीउ रोप्दा ३(४ सेमी २ औंल को फरकमा एक एक वटा गरी रोप्नु पर्छ वीउ रोपी सकेपछि माटोले राम्ररी हल्कारुपले छोप्ने । छापो दिने चराचुरुङ्गीबाट वीउ वचाउन माटोको चिस्यान कायम राख्नको लागि माटोको तापक्रम कायम राख्नको लागि घाम र पानीबाट जोगाउन ३(७ दिन भित्रमा टुसा निस्के पछि छापो हटाई दिने । टुसा ननिस्केसम्म दिनदिनै रेखदेख गर्ने । छापो भित्र विरुवा बढ्न थाल्यो भने विरुवा बाङ्गो हुन्छ र छापो झिक्दा चुँडिन्छ । िसंचाई ड्डसुरुमा छापो हालेपछि हल्कारुमपमा िसंचाई गर्ने ड्डपछि माटोको चिस्यानको अवस्था हेरी िसंचाई दिनु पर्छ ।

छाना दिने बढि घामको कारणले सुख्खा हुन्छ भने खर तथा परालको छाना दिने । बढि पानी पर्छ भने प्लाष्टिकको अर्ध टनेल बनाई दिने । वेर्नाको हेरचाहा वेर्नालाई कम्तिमा दिनको १ पटक निरिक्षण गर्नु पर्छ । वीउ छरेपछि छिटो वा अघि उम्रिएको वेर्नाले वढी उत्पादन दिने भएकोले व्याडमा पटकपटक गरी पछि वा ढिलो उम्रिएका वेर्नालाई उखेलेर हटाउनु पर्छ । यस्ता वेर्नाले राम्रो उत्पादन दिदैन । वेर्ना २ पाते भएपछि वा वेर्ना उम्रेको १०(१२ दिनमा गाई भैंसीको गहुँत पिसाब १ भागमा ४ भाग पानी मिसाएर छरेमा विरुवा हर्लक्क वढ्छ । वेर्नालाई रोग सहन सक्ने शक्ति प्रदान गर्न पेन्सीबाबा १ मिलि प्रति ५ लिटर पानीका दरले छर्नुपर्छ र ई एम २ मिलि प्रति लिटर पानीका दरले १० दिनको फरकमा वेर्ना र माटो भिज्ने गरी छर्नु पर्छ । यदी कीराले दुःख दिन थाल्यो भने सूर्ती वकाईनो निम तितेपाती असुरो सिस्नु मध्ये जे भेटाउँछ त्यसलाई १ भागमा १० भाग पानीमा मिसाएर २४ घण्टासम्म भिजाएर त्यसको रससंग अलिकति सावुन मिसाई छर्न सकिन्छ । नीमबाट बनेको विषादी जस्तै मल्टिनीम मारगोसोम २ मि।लि। प्रति लिटर पानीमा मिसाएर छर्न सकिन्छ । पात चुस्ने किराले दुख दिएको छ भने रोगर १ मिलि प्रति लिटर पानीमा मिसाएर छर्ने र पात खाने किराले दुख दिएको छ भने नुभान १ मि।लि। प्रति लिटर पानीमा मिसाएर छर्ने । वेर्ना बाक्लो छ भने छाँट्नु पर्छ नत्र भने वेर्ना कुहिने वढी सम्भावना हुन्छ । वेर्ना बृद्धिको लागि मल्टिप्लेक्स २ मि।लि। र एटोनिक २ थोपा प्रति लिटर पानीमा मिसाएर वेर्ना भिज्ने गरी छर्ने । झारपात देखिने वित्तिकै उखेलेर हटाउनु पर्छ र चुच्चे कुटोले हल्कारुपमा खोस्री १ वा २ पटक व्याडमा गोड्नु पर्छ ।

वेर्ना कुहिने रोग वा ढुसीजन्य रोग लागेमा वेभिष्टिन २ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्ने । वेर्ना उखेल्ने तरिका वेर्ना प्राय ४(६ हप्तामा सार्न तयार हुन्छ तर अगौटे जातका लागि ३ हप्ते वेर्ना सार्न उपयुक्त हुन्छ । वेर्ना उखेल्नु अगाडी हल्का िसंचाई गर्ने र केहि वेरपछि वेर्ना उखेल्ने । २। गुमोज नस्र्ररी व्याड बसन्त तथा हिउँदे मौसमको लागिस्( यस्तो किसिमको नस्ररी अक्सरगरी समय भन्दा केही अगाडी तरकारी उत्पादन गर्न वा जाडो समयमा चाँडै वेर्ना तयार पार्न गुमोज नस्ररी प्रविधि अप्नाईन्छ । साह्रै चिसो हुने ठाउँ छ भने तातो नस्ररी अप्नाउन सकिन्छ । यस नस्ररीमा गर्मी मौसममा हुने लहरे वाली जातका वीउ प्लाष्टिक थैला तथा पातको थैलामा वीउ रोपेर वेर्ना उत्पादन गर्न सकिन्छ । जस्तैस् काक्रो जुकुनी करेला घिरौला लौका चिचिण्डो अदि पर्दछन् । साह्रै चिसो हुने ठाउँमा अन्य तरकारीको वेर्ना तयार गर्नु परे गुमोज भित्र १ नम्वरमा जस्तै व्याड तयार पारेर गर्न सकिन्छ । गुमोज नस्ररी तयार पार्ने तरिकास् ठाउँको छनौट गरी सकेपछि माटोको तयार गर्ने । माटो चाही वनको माटो वा कहिल्यै खेती नगरेको जग्गाको माटो भए राम्रो हुन्छ । आवश्यक सामग्रीहरु जस्तै बाँस वा चोया ४०० गेजको प्लाष्टिक प्लाष्टिक तथा पातको थैलो डोरी काट्ने र खन्ने औजार विषादी वीउ मल जुटाउने । मल माटो र वालुवा माटोको अवस्था हेरीकन अनुपात मिलाएर एकै ठाउँमा मिसाएर मोल्ने ।

जस्तैस् मलिलो माटो२ भाग पाकेको मल२ भाग वालुवा१ भाग चिम्टाईलो माटो भएमा मालाथायन५० ग्राम किराको लागि माटो उपचार यसरी माटो तयार भएकोलाई प्लाष्टिक थैलो वा पातको थैलोमा भर्ने । भर्दा खेरी माटो खुकुलो हुनु हुदैन केही कसिएको हुनु पर्छ । माटो भर्दा थैलो ४ भागको १ भाग जति खाली हुनु पर्छ । माटो भरेको थैलो ठाडो पारी मिलाएर राख्नको लागि १ मिटर चौडाई ८ ईन्च गहिराई र आवश्यक्ता अनुसारको लम्वाईको चारकुना मिलाएर सम्म परेको खाल्डो तयार पार्ने । भरसक जमिनको सतह माथि काठ वा बाँसको चारकुने प्रुेम बनाउने । त्यस खाल्डो वा प्रुेममा माटो भरेको थैलो सिधा ठाडो हुने गरी लम्वाई र चौडाई तिर २(३ से मी को फरकमा लाईन मिलाएर राख्ने र एवंरितले थैलो खाल्डोमा भर्दै जाने । लाईन फरक पार्नको लागि बाँसको भाटा प्रयोग गर्न सकिन्छ । नियमपूर्वक माटो उपचार गरी सकेपछि ११ वटा थैलोमा २ २ वटा वीउ नखप्टिने गरी राख्ने र पछि माटोले थैलाको मुखसम्म पुर्ने । वीउ रोप्नु भन्दा पहिले ध्यान दिनु पर्ने कुराहरु लहरे बालीका वीउहरु कडा हुने भएकोले विभिन्न वीउहरुलाई निम्न अनुसार भिजाउनु पर्छ ।

लौका ४८ घण्टा करेला ३६ घण्टा घरौला ३६ घण्टा काक्रो२४ घण्टा यसरी भिजाएको वीउलाई सेतो सुतीको कपडामा पोको पारी २४ घण्टासम्म घाम नपर्ने ठाउँमा झुण्डाएर राख्ने र जरा निस्कने भाग नफुटेमा पातमा पोको पारी आलो गोबर भित्र राख्ने वा तातो बस्तु भित्र राख्ने । जरा निस्कने भाग फुटेपछि सो भागलाई माटोमा गाडेर रोप्ने । ड्डअव वीउलाई तातो वनाउनको लागि नस्ररीमा चन्द्राकारको गोलो १ मिटर अग्लो र लम्बाई पट्टी ६ ईन्च छोडेर बाँसको भाटा गाड्ने । गाड्दा खेरी १ १ हातको फरकमा गाड्ने र ३ ठाउँमा तेसो्र भाटा हली दिने । ड्डत्यसपछि एकसरो भिज्ने गरी िसंचाई गरी दिने । िसंचाई गरी सकेपछि माथिबाट पुरै प्लाष्टिकले ढाकी दिने र जमिनमा चारै तिरबाट माटोले प्लाष्टिकलाई ढाकी दिने । यसरी ढाक्दा कतैबाट हावा छिर्न पाउदैन । ड्डवेर्नाको पात २३ वटा भएपछि अलीअली प्लाष्टिक खोल्दै वाहिरको चिसो हावा खुवाउने । तर वादल लागेको वेला र साँझ परेपछि पहिलाको जस्तै हावा नपस्ने गरी प्लाष्टिकलाई माटोले छोप्ने । घाम लागेको वेलामा पानीको आवश्यक्ता परे िसंचाई गरी दिने । ड्डवेर्ना रोप्नु भन्दा २ दिन अगाडी पुरै दिन रात प्लाष्टिक हटाई दिने विरुवा केही भएन भने जग्गामा वेर्ना सार्दा राम्रो हुन्छ । वेर्नाको हेरचाहास् १।नस्ररीमा आवश्यक चिस्यान कायम राख्नु पर्छ । जाडो महिनामा हरेक दिन वा केही दिन विराएर हजारीले दिनको १०(१२ बजे एकनाससंग पानी दिनु पर्छ । त्यस्तै गर्मी महिनामा पानी दिने काम बेलुकीपख गर्नु राम्रो हुन्छ । २।गुमोज भित्र वेर्ना उम्रे पछि घाम लागेको वेलामा जमिनबाट पूर्व तिरबाट अलिअलि प्लाष्टिक खोल्दै चिसो हावामा हुर्कने वानी पार्ने तर वादल लागेको वेला र साँझ परेपछि प्लाष्टिकले ढाकेर माटोले पुर्ने । पछि वेर्ना सार्नु भन्दा २ दिन अगाडी चौविसै घण्टा प्लाष्टिक खोली दिने यसोगर्दा वेर्ना कडा हुन्छ र रोप्दा सजिलैसँग हुर्किन्छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :