किन अभाव भयो गहुँको बीउ

यो समाचार 239 पटक पढिएको

काठमाडौ, उत्पादन र खाद्य सुरक्षा वृद्धि गर्न कृषि विकास मन्त्रालयले गहुँको बीउ पहिलोपटक अनुदानमा बिक्री गर्न थालेपछि यस वर्ष मंसिर नसकिँदै तराईमा अभाव देखिएको छ । बीउ बिक्रीको जिम्मेवारी पाएको सरकार स्वामित्वको राष्ट्रिय बीउ बिजन कम्पनीका निमित्त प्रबन्ध सञ्चालक ननु झाका अनुसार, सरकारले मुख्य खाद्य बालीअन्तर्गत गहुँको बीउमा अनुदान लागू गरेका कारण तराईमा बीउ अभाव भएको हो ।Wheat 2

गत वर्षसम्म अनुदान कार्यक्रम थिएन, गहुँको बीउको बिक्री पनि लक्ष्यअनुसार भएको थिएन, यस वर्ष अनुदानका कारण मौज्दात बीउ सकिने अवस्था भयो,ु कम्पनीका निमित्त प्रबन्ध सञ्चालक झाले भने । उनका अनुसार, गत वर्ष कम्पनीले देशभरका बिक्री केन्द्र, सहकारी, डिलरमार्फत करिब ३ हजार टन बीउ बिक्रीको लक्ष्य राखेको थियो ।

मंसिरको अन्त्यतिर ८० टन हाराहारी बीउ कम्पनीको गोदाममा फिर्ता आएको थियो । गहुँको उत्पादन वृद्धि गर्न यस वर्ष सरकारले अनुदानमा बिक्री गर्ने घोषणा गरेपछि कम्पनीले ५ हजार टन बीउ बिक्री गर्ने लक्ष्य राखेको छ । हालसम्म ३८ सय टन बिक्री भइसकेको र अब १२ सय टन हाराहारी मात्रै मौज्दात रहेको बताइएको छ । पूर्वी नेपालमा भने गहुँको बीउ सकिएपछि कालोबजारी सुरु भएको छ ।

ुभैरहवादेखी पूर्वी तराईसम्मका जिल्लामा बीउको अभाव देखीएको छ । अनुदानमा बिक्री हुन थालेपछि माग बढ्यो,ु निमित्त प्रबन्ध सञ्चालक झाले भने । उनका अनुसार, मौज्दात बीउ पनि मंसिरभित्रै बिक्री भइसक्ने सम्भावना देखिएको छ । सरकारले यस वर्ष गहुँको बीउ बिक्री गर्न १२ करोड अनुदान रकम छुट्याएको छ । अनुदानका कारण बीउको मूल्य यस वर्ष गत वर्षको दाँजोमा प्रतिकिलोग्राम कम्तीमा ८ रुपैयाँदेखि १० रुपैयाँसम्म सस्तो दरमा बिक्री भइरहेको छ ।

कम्पनीले गत वर्ष देशभर ४४ रुपैयाँ प्रतिकिलो गहँुको बीउ बिक्री गरेको थियो । तर यस वर्ष ३२ रुपैयाँ ५० पैसा प्रतिकिलोदेखि ३६ रुपैयाँसम्ममा बिक्री गरिरहेको छ । कृषि अनुसन्धान परिषद् (नार्क० ले सिफारिस गरेको करिब १० वटा जातका बीउ कम्पनीले बिक्री गरिरहेको छ । देशभर बिक्री भइरहेको बीउ नेपालमै उत्पादन भएको हो । हाल छुट्याइएको बीउमध्ये आधा कम्पनीले निजी कम्पनीहरूसँग खरिद गरेको थियो । कम्पनीको नियमले तराईमा ४ बिघा तथा पहाडमा २० रोपनीसम्म जग्गा भएका किसानलाई तोकिएको मात्राभन्दा बढी बीउ बिक्री नगर्न भनेको छ ।

बीउ बिजन गुण नियन्त्रण केन्द्रका प्रमुख डिलाराम भण्डारीका अनुसार, सरकारले पहिलोपटक लागू गरेको बीउमा अनुदान कार्यक्रमका साथसाथै गत वर्षको हिउँदमा भएको खडेरीका कारण पनि यस वर्ष पूर्वी नेपालमा बीउको माग बढेको हो । त्यसैगरी पूर्वी तराईका किसानहरूले कम्पनीले बिक्री गरिरहेको बीउ केही डिलर, सहकारीले भारततर्फ निकासी गरेको गुनासो गरेका छन् । यसबारे कम्पनीले काठमाडौंबाट अनुगमनका लागि कर्मचारी खटाइसकेको छ । ुकहीं कतै बीउ भारततर्फ निकासी भएको सुनियो, कतै प्रहरीले बरामद गरेको पनि थाहा पाइएको छ, यसलाई अनुगमन गर्न कर्मचारी खटाइसकेको छु,ु झाले भने । उनले भारतसँग सीमा जोडिएका जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हुने बीउ समितिलाई पनि अनुगमनका लागि निर्देशन दिइएको बताए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :