झापामा गहुँखेती घट्दै

This post has already been read 186 times!

भद्रपुर, २३ मङ्सिर । धानबाली भित्र्याएपछि किसान यतिखेर गहुँ, तरकारी र आलुबालीखेतीको तयारीमा व्यस्त भएका छन् । झापामा गहुँखेती घट्दै  जिल्लामा सिँचाइको सुविधा पुगेको क्षेत्रमा किसान गँहुबालीका लागि खेत तयार गर्दै गहुँको बीउ छर्ने कार्य ७५ प्रतिशत सम्पन्न गरिसकेका छन् । मङ्सिर मसान्तसम्ममा गहुँको बीउ छर्ने कार्य सम्पन्न हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।Wheat
आव ०६७/०६८ मा झापाली किसानले ११ हजार ५०० हेक्टरमा गहुँकोखेती गरेकामा आव ०६८/०६९ मा सातहजार ५०० हेक्टरमा झरेको छ । गहुँखेतीमा बढी मिहेनत गरे पनि समयमा सिँचाइ, स्तरीय बीउका साथै मौसमले साथ नदिएका खण्डमा त्यति उत्पादन हुने सम्भावना नदेखेपछि किसान व्यावसायिक रुपमा गहुँकोखेती कम मात्रामा गर्न थालेको देखिन्छ । गहुँबालीको खेती घट्दै गइरहेका कारणले गत वर्षको तुलनामा रासायनिक मलको माग करिब ५० प्रतिशतको हाराहारीमा घटेको जिल्ला कृषि गोदाम कम्पनीले जनाएको छ ।

यतिखेर १९० टन डिएपी मल, ३९९ टन युरिया र दुई टन पोटास मोज्जदात रहेको उक्त कम्पनीका प्रमुख नरेश सापकोटाले जानकारी गराउनुभएको छ । विगतका वर्षमा उक्त कम्पनीले मात्र रासायनिक मल बिक्री वितरण गर्दै आइरहेकोमा अबदेखि साल्ट टे«डिङ लिमिटेडले पनि बिक्री वितरण सुरु गरेको छ । सहकारीमार्फत मात्र बिक्री वितरण गरिरहेका उक्त लिमिटेडले २०० टन बिक्री वितरण गरेको जनाएको छ । झापामा आलुबालीको रोपाइँको कार्य सम्पन्न भइसकेको छ । यस जिल्लाका प्रायः प्रत्येक गाविसका खेतीयोग्य जग्गामा किसानले आलुकोखेती गरेका छन् । आव ०६७/०६८ मा १४ हजार १४० टनमा आलुकोखेती भएकामा आव ०६८/०६९मा १४ हजार २०० टनमा किसानले आलुकोखेती गरेको थियो भने यस वर्ष पनि सोही अनुपातमा आलुकोखेती किसानले गरेका छन् । किसानले विभिन्न जातका तरकारीकोखेती गरेका छन् । खासगरी, काउली, बन्दा, टमाटर, सिमी, मुला, भन्टा, विभिन्न जातका सागकोखेती गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।