एउटै गाविसबाट एक करोडको सुन्तला बिक्री

यो समाचार 241 पटक पढिएको

तानसेन, २३ मङ्सिर । पाल्पा जिल्लाको छहरा गाविसमा उत्पादित रु एक करोड बराबर सुन्तला जिल्ला बाहिर बिक्रि हुने गरेको छ । छहरा गाविस–५ अम्लाबास र सल्लेधाराबाट रु एक करोड मूल्यको सुन्तला जिल्ला बाहिर पठाउने तयारीमा यहाँका सुन्तला किसान जुटेका हुन् । सुन्तलाखेतीको भण्डार भनेर परिचित मानिएको पाल्पा अम्लाबासका किसानले सुन्तलाबाट गत वर्ष प्रतिकिसान रु दुई लाखसम्म आम्दानी गरेका थिए ।

orange-tree
यसवर्ष पनि सुन्तला राम्रो उत्पादन भएका कारण उनीहरुले लाखाँै आम्दानी गर्ने सोचमा रहेका हुन् । छहरा–५ अम्लाबास बाहुनडाँडाका झन्डै ३५ घरपरिवारले सुन्तलाखेती गर्दै आएको किसान नित्यानन्द पोखरेलले बताउनुहुन्छ । यस वर्ष किसानले सुन्तला रु दुई लाखभन्दा बढी मूल्य सुन्तला बेच्ने तयारीमा रहेको पोखरेलले बताउनुहुन्छ । सुन्तालका बोक्रा पातलो हुने र बढी गुलिया हुने भएकाले यहाँको सुन्तला बढी बिक्री हुने किसानको दाबी छ । प्राङ्गारिक खेतीमार्फत सुन्तलाखेती गरिएका कारण सुन्तला बढी स्वादिलो हुने गरेको किसानले बताएका हुन् ।

यस वर्ष सुन्तला उत्पादन पहिलेका तुलनामा राम्रो भएको र सुन्तलाको भाउ समेत गत वर्षको तुलनामा राम्रो भएपछि किसान लाखाँै रकम आम्दानी गर्न सफल बन्ने सुन्तालका बोक्रा पातलो हुने र बढी गुलिया हुने भएकाले यहाँको सुन्तला बढी बिक्री हुने किसानको दाबी छ । गाउँमा फलेका सुन्तला रुपन्देही, नवलपरासी, कपिलवस्तु, नेपालगन्ज, काठमाडाँैलगायतका जिल्लामा पुग्ने गरेको किसानको भनाइ छ । सुन्तला व्यापारीले बोट मै किन्न आउने र व्यापारीले लैजाने गरेको किसानले बताउछन् ।
सुन्तलाले पाल्पा जिल्लाका छहरा–५ अम्लाबासमा यस वर्ष झन्डै रु एक करोड सुन्तला निकासी गर्ने तयारीमा किसान लागेका छन् । यस वर्ष प्रतिकिलो रु ५० देखि १०० सम्म सुन्तलाले बजार पाएका कारण रु एक करोडको सुन्तला जिल्ला बाहिर निकासी गर्ने तयारीमा रहेको स्थानीय नित्यानन्द पोखरेलले बताउनुहुन्छ । एउटा सुन्तलाको बोटमा दुई हजार सुन्तला फल्ने गरेको पोखरेलको दाबी छ । छहरा–६ तीनधारेबाट पनि यस वर्ष झन्डै २० हजार सुन्तला निकासी गर्ने तयारीमा किसान लागेको स्थानीय ज्ञानप्रसाद पोखरेलले बताउनुभयो । पहिलेको तुलनामा सुन्तला बढी उत्पादन भएको र सुन्तलाको बजार पनि राम्रो भएका कारण यहाँका किसानले राम्रो आम्दानी गर्ने बताउनुहुन्छ ।
सुन्तलाबाट आम्दानी भएको रकमबाट वर्ष दिनको खर्चसमेत किसानले जुटाउने गर्छन् । आम्दानी मुख्य स्रोतका रुपमा सुन्तलाखेती हो । यस वर्ष राम्रो उत्पादन भएपछि किसान खुसी बनेको पोखरेलले बताउनुहुन्छ । बारीका कान्लामा मकैखेती गर्न छाडेर यहाँका किसानले १० वर्षअघिदेखि सुन्तला कागती, जुनार, अमिलो र कफीखेती गर्दै आएका छन् । सुन्तला उत्पादनमा नाम कमाएका छहरा, मुझुङ, कुसुमखोला, भैरवस्थान, भुवनपोखरीलगायतका गाविसमा सुन्तला उत्पादन राम्रो हुने विज्ञको भनाइ छ । पछिल्लो वर्षमा सुन्तलाखेतीबाट यहाँका किसानले राम्रो आम्दानी गर्न सफल बनेका हुन् । जिल्लामा अहिले सुन्तलाखेतीबाट राम्रो आम्दानी भएपछि युवासमेत सुन्तला खेतीतर्फ आकर्षित बनेका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :