दूध संकलन गरेर मासिक ३० हजार

यो समाचार 181 पटक पढिएको

बर्दिया,  स्वदेशमा काम नपाएको भन्दै युवाहरू विदेश पलाएन भइरहेका बेला बर्दियाका एक युवा गाउँघरबाट दूध संकलन गरेरै राम्रो आम्दानी गर्न सफल

Milkभएका छन् । बर्दियाको दौलतपुर–७, मनपरीपुरका भरथरी चौधरी राजापुर क्षेत्रबाट दूध संकलन गरी कैलालीको टीकापुरमा बेचेर मासिक ३० हजार कमाउन सफल भएका हुन् । चौधरी दैनिक १ सय ६० लिटर दूध खरिद गरेर टीकापुरमा पु¥याउँछन् ।

बिहान सबेरै भाले बासेको आवाजसँगै उठेर गाउँ–गाउँ र घर–घरबाट दूध सकलन गर्नु र संकलित दूधलाई कैलालीको टीकापुरस्थित दूध चिस्यान केन्द्रलगायत डेरीमा बेच्नु उनको दैनिकी नै बनेको छ । राजापुर क्षेत्रका ११ गाविसमा दूध डेरी नभएकाले भरथरी जस्तै कृष्णदत्त चौधरी, प्रेम थारू, सरजु

थारूलगायतका १०–१२ जन युवा दैनिक दूध संकलन गरी टीकापुर पु¥याउँछन् । बर्दियामा २८ रुपैयाँ प्रतिलिटरमा खरिद गरेको दूधलाई टीकापुरसम्म ल्याएर ३५ देखि ४० रुपैयाँमा बेच्ने गर्छन् उनीहरू ।

त्यसो त राजापुर क्षेत्रमा दूधको बजार नभएको भने होइन । राजापुरमा दूध डेरी नहुनुका साथै टीकापुरको तुलनामा दूधको मूल्य पनि कम भएकाले

एकाविहानै टीकापुरसम्म दूध पु¥याउनु आफ्नो बाध्यता भएको भरथरी बताउँछन् । “बजार भए पनि उचित मूल्य छैन,” उनले भने, “त्यसैले त प्रत्येक दिन सबेरै १ सय ६० लिटर दूध बोकेर टीकापुरसम्म आउनुपर्छ ।” प्रत्येक दिन पाताभार, वनकट्टी, टिहुनी हिमालीपुर, सोनपुर र दौलतपुरबाट दूध संकलन गरी ३ घण्टा श्रम गरेर मासिक ३० हजारभन्दा बढी कमाउँछन् । निरन्तरको परिश्रम र इमानदारीले मानिसलाई सफल बनाउँछ भन्ने प्रमाणित गर्न सफल भएको उनले बताए । न कुनै लगानी न त झन्झट नै, केवल मेहनत र लगनशिलता भए यसरी व्यापार गर्न सकिने उनको धारणा छ ।

यो उनको ‘पार्टटाइम जब’ जस्तोमात्रै हो । मुख्य पेसा त होटल र किराना पसल नै हो । दौलतपुर गाविस मनपरिपुरमा उनको व्यापार छ । निरन्तरको मेहनत कडा परिश्रम र इमानदारीले सफलता चुम्न सकिनेमा विश्वस्त छन्, १२ कक्षा पढेका भरथरी । भरथरीले सुरुमा आफ्नै पसलमा दूध किनेर चिया बेच्ने गरेका थिए । पछि धेरै दूध संकलन हुन थालेपछि पसलमा खपत नहुने दूधलाई बेच्न सम्भावित बजार खोजी गर्दै टीकापुरका डेरीसम्म पुगे । गाउँको भन्दा प्रतिलिटर ५ देखि १० रुपैयाँ बढी नाफा हुने भएपछि उनी एउटा मोटरसाइकल खरिद गरी प्रत्यक दिन दूध पु¥याउन टीकापुर जान थाले । दूध बेचेर केही पैसा कमाएपछि गाउँमै डेरी खोल्ने सोच राखेको पनि उनले बताए । राजापुर क्षेत्रमा डेरी पनि नभएको साथै भएका ठाउँमा पनि दूध, दही, घ्यू, खरिद बिक्रीमा मात्र सीमित रहेकोले दूध र दूधका नयाँ–नयाँ परिकार, आइस्क्रिम बनाउने उनको सोच छ । “यस क्षेत्रका मानिसलाई दूधको परिकारबारे जनचेतना नभएका कारण दूध डेरीप्रति धेरैलाई थाहै छैन,” उनले भने ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :