अनुदानको बीउ तस्करी

यो समाचार 281 पटक पढिएको

सुनसरी,  पूर्वाञ्चलका किसानलाई वितरण गर्न सरकारले अनुदानमा उपलब्ध गराएको गहुँको बीउ ठूलो परिमाणमा तस्करी भएको खुलासा भएको छ। राष्ट्रिय बीउविजन कम्पनीको पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीले पूर्वाञ्चलका किसानलाई वितरण गर्न भनी छुट्टाएको अनुदानको बीउ तस्करी भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन प्रक्रिया अगाडि बढाएको छ। यो प्रकरणमा अख्तियारले शुक्रबार बीउविजन कार्यालय इटहरीका प्रमुख भगवानलाल साहलाई कार्यालयमा बोलाएर बयान लिएको छ।

सामान्य तारेखमा छोडिएका साहसँग अख्तियारले आइतबार फेरि बयान लिनेछ। अन्य अधिकारीलाई पनि अख्तियारले निगरानीमा राखेको छ। सरका

seedरले किसानलाई सहुलियत दरमा प्रतिकेजी ३६ रुपैयाँ ४० पैसामा बिक्री गर्ने भनी छुट्याइएको गहुँको बीउ सम्बन्धित पूर्वाञ्चलका किसानले आफूहरूले अनुदानको बीउ नपाएको भनी छानबिनको माग गरेपछि अख्तियारले बीउविजन कार्यालयमा निगरानी बढाएको थियो। अख्तियारका क्षेत्रीय प्रमुख हरिराज पन्तले किसानलाई अनुदानमा दिएको भनिएको १० बोरा गहुँको बीउ सप्तरीबाट भारततर्फ तस्करी गरी लैजाँदै गरेको अवस्थामा भेटिएको बताए। ुगहुँको बीउ वितरणमा अनियमितता भएको विषयमा छानबिन थालिसकेका छौुं, उनले भने, ुथप कारबाहीका लागि गहुँको बीउमा तस्करी भएको भेटिएपछि बीउविजन कार्यालय इटहरीका प्रमुख साहलाई बयानका लागि अख्तियारमा बोलाइसकेका छौं।ुकिसानलाई नदिई बीउविजन कार्यालय इटहरीका प्रमुख साहलगायतका कर्मचारीको मिलेमतोमा विभिन्न ठेकेदार तथा सीमापारिका तस्करलाई बढी मूल्यमा बेचेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

अख्तियार क्षेत्रीय प्रमुख पन्तले विभिन्न ठेकेदार र सहकारीका नाममा मनोमानी ढंगले गहुँको बीउ बिक्री गरिएको र किसानले नपाएको गुनासो आएपछि अख्तियारले छानबिन थालेको बताए। गहुँ छर्न खेत जोतेर बीउविजन कार्यालयमा बीउ लिन साता दिनसम्म धाउँदा समेत किसानले गहुँको बीउ पाउन सकेका छैनन्। यस कार्यालयले पूर्वाञ्चलका १६ जिल्लालाई सम्बन्धित जिल्लाका कृषि विकास कार्यालय, जिविस र जिल्ला प्रशासन कार्यालयको सिफारिसमा मात्र किसान र आधिकारिक डिलरलाई गहुँको बीउ बिक्री गर्नुपर्नेमा आर्थिक प्रलोभनमा परी अन्यत्रै बिक्री गरेको पाइएको छ।

बीउविजन कार्यालयले हालसम्म आठ सय ८० टन अनुदानको बीउ बिक्री गरेको दाबी गरेको छ। किसानले भने अहिलेसम्म अनुदानको बीउ नपाएको गुनासो गरेका छन्। गहुँको बीउ भारततर्फ तस्करी हुने गरेको सूचना पाएपछि भारतीय सिमाना जोडिएका नाकामा पनि स्थानीय प्रहरी प्रशासनले कडाइ गरेको छ। एक साताअगाडि इटहरीबाट बिक्री गरिएको अनुदानको गहुँको बीउ झावाबाट भारततर्फ लैजाँदै गर्दा बरामद गरिएको थियो।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :