हरियो तरकारीमा झण्डै ९२ प्रतिशत बिषादी

यो समाचार 294 पटक पढिएको

 मानव स्वास्थ्य जोखिममा

  ‘भित्रिएको बिषादीमध्ये ९२ प्रतिशतको हाराहारीमा हरियो तरकारीमा मात्र प्रयोग भएको पाइएको छ,Ó कार्यकारी निर्देशक शर्माले भने,’यो परिमाणले मानवस्वास्थ्यको अवस्था भयावह छ भनेर उजागर गरेको छ।ÓVegetavle pesti

काठमाडौं,  बजारमा हरियो र ताजा तरकारी हेरेर हुरूक्क भएर खरिद गर्दैहुनुहुन्छ भनेर एकपटक चेत्नैपर्ने वेला आएको छ। बजारबाट खरिद गरेर दैनिक रूपमा मिठो मानेर सेवन गरिने तरकारीमा व्यापक रूपमा बिषादी(बिष)को प्रयोग हुने गरेको तथ्य सार्वजनिक भएपछि एकपटक आ नो स्वास्थ्यको बारेमा सोच्नैपर्ने वेला आएको छ।

कृषि विकास मन्त्रालयअन्तर्गतको बाली संरक्षण निर्देशनालयका अनुसार बाहिरी मुलुकहरूबाट आयात भएर आउने बिषादीमध्ये ९२ प्रतिशत हरियो तरकारीमा मात्र प्रयोग हुँदै आएको छ। किसानहरूले विभिन्न प्रकारका रोगका किरा, मुसा र चराचुरूङीहरूबाट जोगाउन तरकारीवालीमा विभिन्न प्रकारका बिषादीहरू प्रयोग गर्दैआएका छन। मु यगरी आलु, काउली, भान्टा, परवल, टमाटर, बोडीलगायतका हरियो तरकारीमा बिषादीको प्रयोग हुँदै आएको छ।

निर्देशनालयका कार्यकारी निर्देशक डिल्लीराम शर्माका अनुसार गत आर्थिक बर्ष ०६८/०६९ मा ३ सय ३५ मेट्रिक टन बिषादी नेपालमा आयात गरिएको थियो। त्यसमध्ये ९२ प्रतिशत हरियो तरकारी उत्पादनका लागि र बाँकी ८ प्रतिशत खाद्यान्नवालीका लागि प्रयोग भएको थियो। ‘भित्रिएको बिषादीमध्ये ९२ प्रतिशतको हाराहारीमा हरियो तरकारीमा मात्र प्रयोग भएको पाइएको छ,Ó कार्यकारी निर्देशक शर्माले भने,’यो परिमाणले मानवस्वास्थ्यको अवस्था भयावह छ भनेर उजागर गरेको छ।Ó

कार्यकारी निर्देशक शर्माका अनुसार ९२ प्रतिशतमध्ये पनि सबैभन्दा बढी अर्थात करिब ९० प्रतिशत बिषादी काभ्रेका किसानहरूले तरकारीवालीमा प्रयोग गर्दैआएका छन। त्यसपछि बारा, धाँदिङ र सर्लाही जिल्लाका किसानहरूले बिषादीको उच्चतम प्रयोग गर्दैआएका छन। व्यवसायिक रूपमा तरकारी र बेमौसमी तरकारीको खेती गर्दैआएका किसानहरूले अत्याधिक परिमाणमा बिषादीको प्रयोग गर्दैआएको निर्देशनालयले जनाएको छ। अत्याधिक बिषादी प्रयोग भएका हरियो तरकारी मानब स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन सक्छ। ‘यसले तत्कालिन र दीर्घकालिन भयावह रोग नि त्याउन सक्छ,Ó निर्देशक शर्माले भने।

निर्देशनालयका अनुसार बिषादी प्रयोग भएका तरकारी क ितमा तीनपटकस म सफा पानीले नधोएर सेवन गर्दा प्रार िभक चरणमा वाकवाकी आउने, टाउको दु ने, आँखामा समस्या आउने, छाला पोल्ने वा डढ्ने, रिंगटा लाग्ने, पसिना आउने, थकाई लागेको महसुस हुने, फुड प्वाइजन हुने र पखाला लाग्नेजस्ता लक्षणहरू देखा पर्न सक्छ। यसैगरी दीर्घकालिन भयावह रोगहरूमा क्यान्सर, नपुँसकता, रोगविरूद्धको प्रतिरोधी क्षमता घटाएर मृगौला र लिभर(कलेजो) बिग्रने, ट्युमर हुने र गर्भवस्था तुहिनेजस्ता समस्याहरू आउन सक्छ। विश्व स्वास्थ्य संगठनका अनुसार बर्षेनी विश्वभर ३० लाखभन्दा बढी व्यक्ति यस्ता बिषादीका कारण प्रभावित हुँदैआएका छन। त्यसमध्ये २ लाख २० हजारको मृत्यु हुने गरेको छ। सरकारले बिषादीको परिमाण घटाउन वा बिषादी मुक्त खाद्यान्न, तरकारी र दालजन्य पदार्थ उत्पादन गर्न एकीकृत शत्रुजिव व्यवस्थापन कार्यक्रम लागु गरेपनि त्यो प्रभावकारी रूपमा कार्यान्वयनमा आउन नसक्दा बर्षेनी १० देखि २० प्रतिशतको दरले बिषादीको प्रयोग बढ्दै गएको छ।

किसानहरूले नेपालमा प्रतिवन्ध लगाइएको बिषादी लुकाई छिपाई ल्याएर प्रयोग गरेका कारण यस्तो तरकारीबाट मानव स्वास्थ्य जोखिममा पर्दैगएको हो। सरकारले प्रयोग र आयातमा प्रतिवन्ध लगाएपनि किसानहरूले क्लोरडाइन, डिडिटी, डाइलड्रिन, एलड्रिन, हेप्टाक्लोर, टोक्साफेन, माइरेक्स, लिण्डेन, बीएचसी, फोस्फामाइडन, ओरगानो मर्करी फंगिसाइड, मिथाइल प्याराथिन, मोनोक्रोटोफोस र इण्डोसल्फेन नामक बिषादीहरू व्यापक रूपमा प्रयोग गर्दैआएको छन। विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोग तथा भारतको भि टा ल्याव प्राविधिक सहयोगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागले गरेको एक अध्ययनले शरीरलाई सबैभन्दा बढी षोषण तथा भिटामिन दिने हरियो तरकारीमा मानव स्वास्थ्यलाई हानिकारक मानिने इण्डोसल्फेन, क्लोरसाइरिफोस, मालाथिन, प्याराथिन मिथाइल, प्रोफेनोफोस, साइपरमेथ्रिन र ला बडा साइक्लोथ्रिनलगायत १३ वटा बिषादी फेला परेको देखाएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागका अनुसार अध्ययन गरिएका खाद्यान्नमा ९० प्रतिशत साइपरमेथ्रिनको प्रयोग भएको पाइएको छ। त्यसपछि प्याराथिन मिथाइल र क्लोरसाइरिफोसको प्रयोग भएको देखिएको छ। स्थलगत अध्ययनमा स िमलित भारत र नेपालका वरिष्ठ खाद्य बिज्ञहरुले पकाइएको भात, बिभिन्न प्रकारका दाल, तरकारी, पाउरोटी, चिउरा, गहुँको पिठो, राजमा, चनामा मानवस्वास्थ्यलाई अत्यन्तै हानी गर्ने बिभिन्न प्रकारका बिषादी फेला पारेका थिए।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :