भारतीय बीउको भर

यो समाचार 224 पटक पढिएको

झापा,  हिउँदेखेती सुरु गर्ने समय भए पनि झापाका कृषकले सहज रूपमा बीउ पाउन सकेका छैनन् । तोरी, गहुँ , मकै तथा अन्य विभिन्न तरकारीको बीउ राख्ने बेला भए पनि बजारमा गुणस्तरीय बीउ सहज रूपमा पाईंंदैन । बजारमा नेपाली बीउ सहज रूपमा उपलब्ध नभएकै कारण दक्षिण भेगका कृषक विभिन्न बालीको बीउ खरिदका लागि सिमावर्ती भारतीय बजार धाउन बाध्य छन् । जिल्लाका खजुरगाछी, कोरोबारी, आँपगाछी, शिवगन्ज, कुमरखोदजस्ता नाका भएर भारतीय बजार जाने व्यापारीदेखि सर्वसाधारण कृषक यतिबेला कुनै न कुनै कृषि उपजको बीउ लिएरै आएका हुन्छन् । भारतीय बजारमा सस्तो र राम्रो बीउ पाइने भन्दै कृषक त्यतातर्फ आकर्षित हुँदा बर्सेनी लाखौं रुपैयाँ भारतीय बजारमा गइरहेको छ ।

गाउँका साना बजारमा आउने भारतीय व्यापारीले साइकलमा बोकेर कृषकका घरघरमै बीउ पुया¥इदिने गरेकाले पनि कृषक भारतीय बीउमा निर्भर हुन थालेका छन् । कोरोबारीका कृषक खड्ग राजवंशी नेपाली बजारको तुलनामा भारतीय बजारमा सबैखाले बीउ सस्तो पाइने भएकाले आफूहरू छिमेकी भारतीय बजारहरू, पूर्णया, दिघलबैंकलगायतका ठाउँमा गएर बीउ ल्याउने गरेको बताउँछन् । यताको बजारमा पाइने बीउ पनि भारतकै बजारबाट ल्याएका हुन्छन् ।
स्थानीय बीउ व्यवसायी रामजनक शाहले नेपाल र भारतका विभिन्न स्थानबाट बीउ आउने भए पनि कृÈकको माग धेरैजसो भारतीय बीउ नै हुने गरेको बताए । उनका अनुसार स्थानीय बजारमा नेपाली कृÈकले आलु उत्पादन गरे पनि भण्डारणका लागि समस्या भएकाले भारतीय बीउमा परनिर्भर हुनुपरेको छ । कृÈकका अनुसार गत वर्Èको तुलनामा यो वर्È आलुको बीउको मूल्य झन्डै दोब्बर भएको छ ।
लखनपुर–६ का कृÈक वीरेन्द्र सुब्बा बीउ महँगो हुँदा आलुलगायतका हिउँदे खेती लगाउनै धौ–धौ परेको बताउँछन् । शीतभण्डारमा आलुको बीउ राख्ने सहज व्यवस्था नहुँदा कृषकले वर्सेनि बीउको समस्या भोग्नु परिरहेको छ । हाल झापामा २ वटामात्र व्यावसायिक शीतभण्डार छन् । दमक र बिर्तामोडमा रहेका १÷१ वटा शीतभण्डारमा कृषकले सामूहिक रुपमा वा ठूलो परीमाणमा लैजाँदा मात्र आलुको बीउ राख्न पाउँछन् । यसबाट आफूहरू समस्यामा परेको कृषक बताउँछन् । भारतीय बजारप्रति कृषक र व्यापारीको बढ्दो मोहका कारण भारतसँग जोडिएका नाकामार्फत वर्सेनि १ करोड रुपैयाँभन्दा बढी रकम बाहिरिने गरेको जानकारहरू बताउँछन् ।
सरकारले बिक्री गर्नेभन्दा अन्य बीउ नै कृषकले मन पराउने गरेको जिल्ला कृषि विकास कार्यालय झापाका प्राविधिक सहायक शालिकराम भट्टराइले बताए । सरकारद्वारा सूचिकृत नभएका तथा प्याकिङ नगरिएका बीउ कृषकले रोज्ने गरेकाले उत्पादनमा समस्या आउने गरेको उनले बताए । “सिफारिस नगरिएका तथा अनुमति नलिएका बीउ जथाभावी रोप्नाले पछि फल नलाग्ने, बिचैमा बोट मर्ने, सुक्नेजस्ता समस्या आएका छन् । यसले कृषकको लगानी पनि जोखिममा परिरहेको छ,” भट्टराइले भने । कार्यालयका अनुसार झापाको ९८ हजार ७ सय १६ हेक्टर खेतीयोग्य क्षेत्रमध्ये ७ हजार हेक्टरमा हिउँदे तरकारी, ३६ हजार ५ सय हेक्टरमा मकै तथा ७ हजार हेक्टरमा तेल्हन र साढे ७ हजार हेक्टरमा गहुँ खेती हुने गरेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :