मकवानपुरमा सिताके च्याउको सफल उत्पादन शुरु

This post has already been read 168 times!

  • सुरजकुमार भुजेल

मकवानपुर,  ‘परीक्षण नगरी थाहा हुन्न’ भन्ने उदारहण मकवानपुर दामनपालुङका किसानहरुले सिद्ध गरेकाछन् । व्यवशायिक रुपमा पराले च्याउ खेती गरिरहेका मsitaकवानपुरे किसानहरुको लागि उनीहरुले अर्को अवसरको ढोका पनि खोलेकाछन् । एक वर्षअघि सुरु गरिएको सिताके च्याउले सफल उत्पादन दिन थालेको छ । राम्रोे आम्दानी लिन सकिने विश्वासका साथ उनीहरुले १ हजार ५ सय उत्तीसका मुढामा च्याउको बीउ राखेका थिए । स्थानीय भाषामा मिर्गे च्याउले चिनिने सिताके च्याउ सामान्यतया नौ महिनामा निस्कने भए पनि पालुङमा चिसो हावापानी भएका कारण एक वर्षमा निस्केको हो । औषधीय गुणले युक्त र तुलनात्मक रुपमा महंगो मानिने सिताके च्याउको मकवानपुरमा पहिलो पटक व्यावसायिक रुपमा उत्पादन सुरु भएको छ ।

पोखराको इको फर्म नेपालको प्राविधिक सहयोगमा मकवानपुर दामनपालुङका चारजना मेहनती किसानले सामूहिक रुपमा खेती सुरु गरेका हुन् । अहिले आपूmले उत्पादन गरेको च्याउ गाउँमै प्रतिकिलो सातसय रुपैयाँमा बिक्री भइरहेको उत्पादकमध्येका मनश्याम बस्नेतले जानकारी दिए । उत्तरी मकवानपुरका दामनका मनश्याम बस्नेत र पुरुषोत्तम भट्ट तथा पालुङका सहदेव ढकाल र सुरेन्द्र प्रधानले एक वर्षअघि ५ लाख रुपैयाँ लगानी गरेरच्याउ खेती सुरु गरेका थिए । उनीहरुलाई इको फर्म नेपाल पोखराका राजेश श्रेष्ठ र प्राविधिक टीका अर्यालले पनि साथ दिएका छन् । प्राविधिक ज्ञानको अभावमा सोचेजति भने उत्पादन हुन नसकेको उत्पादक समूहका सदस्य सहदेव ढकालले बताए । ‘एक दिन फोनबाटै प्राविधिक ज्ञान लिएको भरमा सुरु गरियो, प्राविधिक रुपमा परिपक्व नहुँदा पहिलो पटक खासै धेरै उत्पादन भएन,’ मनश्याम बस्नेतले भने ।

उत्पादन भएको जति सजिलै बजारमा गइरहेको र उपभोक्ताको मागलाई पूरा गर्न नसकेको उनले सुनाए । सिताके च्याउ एउटै मुढाबाट तीन वर्षसम्म पटक–पटक उत्पादन लिन सकिन्छ । करिब ३ सय वर्षअघि चिनियाँहरुले सिताके च्याउ काठका मुढाहरुमा उमार्ने प्रविधि निकालेका थिए । १ मिटर लम्बाइका काठका मुढामा ड्रिलिङ मेसिनबाट २ इन्चको प्वाल पारेर बीउ हाल्ने गरिन्छ । हरेक महिनामा एक पल्ट मुढाहरुको चाङलाई पल्टाउने र एक दिन बिराएर पानी दिनुपर्ने प्राविधिकहरुले बताएका छन् । सामान्यतया यसरी सात महिनासम्म राखेपछि काठका मुढालाई पानीमा २४ देखि ४८ घन्टासम्म डुबाएर ठाडो पारेर राख्ने गरिन्छ । तीन वर्षमा ४० लाख आम्दानी लिने लक्ष्यका साथ सुरु गरिएको च्याउ खेती पोखरीको उचित व्यवस्थापन गर्न नसक्दा प्रभावित भएको बस्नेतले बताए ।

उनले प्राविधिक सहयोगका लागि आग्रह गर्दा सरकारी निकायले चासो नदिएको गुनासो गरे । सिताके च्याउमा प्रोटिनको मात्रा ३ दशमलव ५ देखि ४ प्रतिशतसम्म हुने र मानव शरीरलाई चाहिने ९ प्रकारका एमिनो एसिड्स यही च्याउमा मात्र पाइने कृषि सेवा केन्द्र पालुङका प्रमुख महेश चौधरीले जानकारी दिए । यसमा भिटामिन, पोटास, क्याल्सियम, माग्नेसियम, सोडियम, फोस्फोरसजस्ता खनिज पनि पाइने बताइएको छ । इको फर्म नेपालका अध्यक्ष राजेश श्रेष्ठका अनुसार सिताके च्याउको बजार राम्रोे भए पनि मागअनुसार पु¥याउन सकिएको छैन । विदेशीहरुले विशेष मन पराउने यो च्याउ विभिन्न डिपार्टमेन्टल स्टोरहरुमा आकर्षक मूल्यमा बिक्रि भइरहेको उनले जानकारी दिए ।