कलिमाटी बजारमा बिषादी जाँच्ने उपकरण

यो समाचार 262 पटक पढिएको

काठमाडौं, असार ४ / विगत लामो समयको प्रयासपछि कालीमाटी तरकारी तथा फलफूल बजारमा विषादी परीक्षण प्रयोगशाला स्थापना भएको छ ।

बुधबार प्रयोगशालाको उद्घाटन गर्दै मुख्य सचिव लिलामणि पौडेलले उपभोक्तालाई विषादीमुक्त तरकारी उपलव्ध गराउन देशैभरी विषादी परीक्षण प्रयोगशलामा स्थापना गर्न निर्देशन दिए । त्यसका लागि आगामी बजेटमै आवश्यक बजेट विनियोजन गर्न सुझाव समेत दिएका छन् । उनले भने– विषादीमुक्त तरकारी उपभोक्तालाई उपलव्ध गराउन देशैभरी यस्तो प्रयोशाला हुनुपर्छ, त्यसलाई उच्च प्रथामिकता दिएर बजेटमै छुुट्टै व्यवस्था गर्नुपर्छ । उनले उक्त कार्य आफू मुख्य सचिव वहाल रहेकै अवस्थामा पूरा गर्न सम्वद्ध निकायका अधिकारीहरुलाई निर्देशन दिएका छन् । त्यसका लागि आफ्नोतर्फबाट गर्नुपर्ने सहयोगमा कुनै कसर बाँकी नराख्ने पनि उनले बताएका छन् ।

 
प्रयोगशाला विस्तारसँगै आवश्यक प्राविधिक जनशक्ति उत्पादन लागि पनि आजैदेखि तयारी थाल्न उनले निर्देशन दिए । प्रयोशालामा काम गर्ने कर्मचारीको जोखिम न्यूनीकरणका लागि पनि आवश्यक व्यवस्था गरिनुपर्ने उनको भनाइ थियो । कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले विषादी ल्यावले उपभोक्तामात्र नभई व्यापारीलाई पनि फाइदा पुग्ने भएकोले यस्तो कार्यमा सबैले सहयोग गर्नुपर्ने बताए । राजधानीमा मात्र नभई देशैभरी विषादी प्रयोगलाई न्युनीकरण गर्दै लैजान सरकारले अन्य बजारमा पनि विषादी परिक्षण ल्याव स्थापना गर्दै जाने बताए ।

 
उपभोक्ता हीत संरक्षण मञ्चका महासचिव ज्योती वानियाले विषादीरहित तरकारी उपभोक्ताको अधिकार भएको कुरालाई आत्मसात गर्दै सरकारले कालीमाटी तरकारी बजारबाट यस्तो अभियान सुरु गर्नु उपभोक्ताका लागि निकै खुशीको विषय भएको बताए । उनले यस्तो उपकरणलाई क्रमिकरुपमा नेपालभरी नै विस्तार गरिनुपर्नेमा जोड दिए ।

 

विश्वमा सूर्तिको क्यान्सबाटभन्दा पनि खाद्यन्नमा विषादी प्रयोगका कारण हुने क्यान्सरबाट मुत्यु हुने मानिसको संख्या दोव्वर रहेको जानकारी दिँदै खाद्यन्नमा विषादी प्रयोगलाई सबैले निरुत्साहित गर्नुपर्ने बताए । कालीमाटी तरकारी तथा फलफूल विकास समितिका अध्यक्ष मोहनबहादुर चापागाईले लामो समयको प्रयासपछि ल्याव स्थापना संभव भएको उल्लेख गर्दै बजारको उचित व्यवस्थापनका लागि अन्य सुधारका कार्यलाई पनि निरन्तता दिँदै जाने बताए । विश्व खाद्य संगठनको आर्थिक सहयोगमा स्थापना भएको द्रुत विषादी अवशेष विश्लेषण प्रयोगशालाबाट आधा घण्टामै रिर्पोट आउने बताइएको छ । ल्यावले अन्य विषयभन्दा पनि विषादीको मात्रा पहिचानमा जोड दिने र खान हुने र नहुने तरकारीको पहिचान गर्ने अधिकारीहरुले बताएका छन् । विषादी परीक्षण ल्याव वाली संरक्षण निर्र्देशनालयअन्तर्गत रहेको छ ।

 

बाली संरक्षण निर्देशनालयका प्रमुख डिल्लीराम शर्माका अनुसार संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन(एफएओ) को प्राविधिक सहकार्यमा मुलुकमै पहिलो पटक बिषादीयुक्त तरकारी परीक्षण गर्ने उपकरण स्पेक्टो फोटो मिटर भित्र्याइएको छ । यो उपकरण ताइवानबाट १५ लाख रुपैयाँंको लागतमा खरिद गरिएको हो । एफएओमार्फत उक्त उपकरण तथा बिषादीयुक्त तरकारी परीक्षण गर्न रयापिड पेस्टिसाइड रेस्युडु एनालाइजर किट  १५ थान नेपाल भित्रिएको हो । स्पेक्टो फोटो मिटरले एक पटकमा तरकारीका एकहजारवटा नमूनाको परीक्षण गर्न सकिनेछ ।  उपकरण खरिद गर्नका लागि राष्ट्रिय एकीकृत शत्रुजिव व्यवस्थापन कार्यक्रम(आईपीएम) को बाँंकी रहेको २५ लाख रुपैयाँं एफएओलाई उपलब्ध गराएको थियो ।

यो उपकरणको सहयोगमा निर्देशनालयले बाहिरबाट कालिमाटी बजारमा भित्रिने तरकारीको नमूना संकलन गरेर दैनिक परीक्षण गर्नेछ । परीक्षणका लागि सिंगापुरबाट तालिम प्राप्त चार जना प्राविधिक कर्मचारीको व्यवस्थासमेत निर्देशनालयले गरेको छ । कालिमाटी बजारमा दैनिक करिब पाँंच घण्टासम्म तरकारीको नमूनाको परीक्षण गरिनेछ । नमूनाको बिष्लेषण प्रतिवेदन ३० मिनेटमै उपलब्ध हुने भएकाले त्यसको आधारमा मात्र बजारमा तरकारी प्रवेश गर्न दिइने प्रमुख शर्माले जानकारी दिए ।  उनले भने,“हरियो तरकारी उत्पादन गर्दा र उत्पादन पश्चात बिक्रि गर्नुअघि घातक बिषादी प्रयोग नगर्न पटक पटक आग्रह गर्दा पनि सरोकारवाला निकायले व्यवहारमा लागु गरेनन् । बिषादीलाई नियन्त्रण गर्न सर्वोत्तम उपाय नै उपकरण हो ।”

 
उनका अनुसार परीक्षणको क्रममा बिषादीयुक्त तरकारी उत्पादन गर्ने किसानलाई नै फिर्ता गरेर बिषादीरहित तरकारी उत्पादन गर्न प्रोत्साहन गरिनेछ । यसका साथै बिषादीयुक्त तरकारी परीक्षणको सम्बन्धमा कालिमाटी तरकारी बजारको सहकार्यमा कार्यविधिसमेत तयार गरिनेछ । कार्यविधि तयार भएपछि दण्ड र जरिवानासम्मको व्यवस्था गरिने निर्देशनालयले जनाएको छ ।

 
बिषादीयुक्त तरकारीको उपभोगका कारण क्यान्सर, पक्षाघात, अन्धोपन, कलेजो, टयुमर, गर्भ तुहिने, नपुंसकता, मृगौलालगायतका जटिल रोग लाग्ने प्रवल सम्भावना रहेको निर्देशनालयको ठहर छ । अन्नपूर्ण पोष्टले कालिमाटीसहित बालाजु, बल्खु, बानेश्वर, टुकुचा, चावहिल, लगनखेल, कलंकी, कोटेश्वर, बनस्थली, सामाखुशीसहित मुलुकभरका २४ बटा तरकारीको थोकबजारसहित दुईसय ४५ वटा संकलन केन्द्रमा बिषादीसम्बन्धी अवशेषको परीक्षण नगरेर संकलन तथा बिक्रि हुँंदै आएको छ ।
निर्देशनालयकाअनुसार आयात हुने कूल बिषादीको परिमाणमध्ये ८५ प्रतिशतभन्दा बढी सघन तरकारी बालीमा प्रयोग हुँंदै आएको छ । शर्माकाअनुसार गत आर्थिक बषशर्् ०६८/०६९ मा तीनसय ३५ मेट्रिक टन बिषादी नेपालमा आयात भएको थियो ।

 

त्यसमध्ये ८५ प्रतिशत हरियो तरकारी उत्पादनका लािग र बाँंकी ८ प्रतिशत खाद्यान्नवालीका लागि प्रयोग भएको थियो । ८५ प्रतिशतमध्ये झण्डै ९० प्रतिशतको हाराहारीमा बार, धांदिग, सर्लाही र काभ्रेका किसानहरुले तरकारीबालीमा बिषादी प्रयोग गर्दैआएको निर्देशनालयले जनाएको छ । मुख्यगरी आलु, काउली, भान्टा, परवल, टमाटर, बोडी, फर्सिलगायतका तरकारीमा बिषादीको प्रयोग अत्याधिक छ ।
विश्व व्यांकको तथ्यांकअनुसार बिषादीका कारण विश्वभर बार्षिक तीनलाख ७५ हजार व्यक्तिको अनाहकमा मृत्यु भइरहेको छ ।