मत्स्यपालनलाई रोजगारीको अवसरका रूपमा विकास गर्ने लक्ष्य छ

यो समाचार 295 पटक पढिएको

मुलुक कृषिप्रधान देश भए पनि व्यासायिक रूपमा विस्तार हुन सकेको छैन । स्थानीयस्तरमा उत्पादन वृद्धि हुन नसक्दा अधिकांश कृषि उत्पादन बाहिरी मुलुकबाट आयात हुने गरेको छ । पर्याप्त स्रोत साधन र सम्भावना हुँदाहुँदै पनि लगानी विस्तार हुन नसक्दा कृषिमा विविधीकरण र आधुनिकीकरण बन्न सकेको छैन । पछिल्लो समय मुलुकमा व्यावसायिक रूपमा माछापालन सुरु भएको छ । बजारमा माछाको माग बढ्न थालेपछि विभिन्न तराई र पहाडका ११ जिल्लामा माछापालन कार्यक्रम अगाडि बढाइएको छ । लगानी पर्याप्त नहुन, काम गर्ने वैज्ञानिक र दक्ष प्राविधिकको कमीले माछापालन व्यसाय तीव्र रूपमा विस्तार हुन सकेको छैन ।

take sir
डा. टेकबहादुर गुरुङ,
(अनुसन्धान निर्देशक)
पशु तथा मत्स्य, नार्क

स्थानीय उत्पादनले माग धान्न नसेपछि ८० प्रतिशत माछा बाहिरी मुलुकबाट आउने गरेको छ । माछामा पोषकतत्व बढी पाइने, विभिन्न रोगका बिरामीलाई औषधिको रूपमा माछा बढी प्रयोग हुने भएकाले पनि यसको लोकप्रियता दिन प्रतिदिन बढ्दै गएको छ । स्थानीय माग धान्नका लागि पछिल्लो समय निजीस्तरबाट समेत माछापालन व्यवसाय सुरु गरिएको छ । कृषिमा अध्ययन अनुसन्धान गर्दै आएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले चिसो पानीमा पनि उत्पादन गर्न सकिने माछाको जात सिफारिस गरिसकेको छ । नार्कले माछाको उत्पादन बढाउनका लागि अनुसन्धानको काम अगाडि बढाइरहेको छ । विगत तीन दशकदेखि माछासँगै पशुमा अनुसन्धान र विकासको काम गर्दै आएका नार्कका पशु तथा मत्स्य अनुसन्धान निर्देशक डा.टेकबहादुर गुरुङसँग माछापालन व्यवसायको वर्तमान अवस्था, सम्भावना, भावी कार्यक्रमलगायतका अन्य विषयमा गरिएको  कुराकानी ः

० मुलुकमा माछापालन व्यवसायको अवस्था कस्तो छ ?

माछापालन व्यवसाय मुलुकमा मात्र नभएर विश्वभर अत्यन्त गतिशील भएर अगाडि बढिरहेको छ । बजार मागअनुरूप यसको व्यवसाय तीव्र रूपमा विस्तार भइरहेको छ । दिगो खाद्यान्न उत्पादनमा सघाउन पु¥याउनका लागि मुलुकमा पछिल्लो समय माछापालन व्यवसाय तीव्र रूपमा विस्तार भइरहेको छ । यसको विकास र विस्तारका लागि विभिन्न मत्स्य विकास केन्द्रले विभिन्न काम अगाडि बढाएको छ । आर्थिक आयआर्जन, रोजगारीको सशक्त माध्ययनको रूपमा माछापालन व्यवसाय बनेको छ । सरकारले व्यवसाय विस्तार गर्नका लागि विभिन्न प्रयास गरिरहेको छ । बजारमा माछाको माग दिन प्रतिदिन बढ्न थालेपछि व्यावसायिक रूपमा विस्तार गर्नुपर्छ भन्ने सबैमा चेतना पुगेको छ । सरकाले युवालाई लक्षित गरी स्वेदशमै रोजगारी दिने उद्देश्यका साथ माछापालन कार्यक्रम विस्तार गरिरहेको छ । मुलुक कृषिप्रधान भएकाले पनि उत्पादन नबढाई आर्थिक जग बलियो पार्न सकिँदैन भन्ने चेतना आएकाले पनि दिगो खाद्यान्न उत्पादन गर्न यसले मद्दत पु¥याउन सक्छ । मुलुकमा पर्याप्त सम्भावना र अवसर भए पनि लक्ष्यअनुरूप व्यवसाय विस्तार हुन सकेको छैन । कृषि क्षेत्रमा लगानी कम हुनु, दक्ष जनशक्ति अभाव, उन्नत प्रविधिको अभावले व्यवसायले तीव्र रूपमा नयाँ फड्को मार्न सकेको छैन । कृषिमा आधुनिकीकरण र व्यवसायीकरण गर्न नसक्दा आयातमा निर्भर बन्नुपरेको छ । जलस्रोतको दोस्रो धनी देश भए पनि माछाको व्यवसाय फस्टाउन नसक्दा बाहिरी मुलुकमै भर पर्नुपरेको छ । माछाको लागि बर्सेनि करोडांै रुपैयाँ विदेशी गएको छ । मुलुकमा फाट्टफुट्ट रूपमा व्यवसाय गरिए पनि अझै तीव्र रूपमा विस्तार हुन सकेको छैन । लागत धेरै लाग्ने भएकाले पनि किसान अझै माछापालनलाई व्यावसायिक बनाउन सकेका छैनन् ।

० कुन–कुन जिल्लामा माछापालन कार्यक्रम सञ्चालन भइरहेको छ ?

विशेषगरी तराई र पहाडका ११ जिल्लामा माछापालन कार्यक्रम लागू गरिएको छ । प्रत्येक वर्ष माछापालनका लागि विभिन्न कार्यक्रम सञ्चालन हुने गरेका छन् । अहिले ११ जिल्लामा माछापालन कार्यक्रम लागू गरिएको र आगामी वर्ष थप अन्य जिल्लामा विस्तार गर्न लागिएको छ । माछापालन व्यवसायलाई युवा रोजगारी गर्ने पेसाको रूपमा विस्तार गर्न लागिएको छ । वैदेशिक रोजगारमा गएका युवा वर्गलाई लक्षित गरी माछापालन कार्यक्रम सञ्चालन गरिरहेको छ । कृषिको कुनै पनि उपजलाई बजारसम्म पु¥याउनका लागि यातायातको सेवा अनिवार्य आवश्यक पर्छ । जसको कारणले गर्दा पनि किसानलाई व्यवसायमा आकर्षण गर्नका लागि ढुवानीमा छुटको व्यवस्था गरिएको छ । माछाको खपत बढ्दै गएकाले पनि पछिल्लो समय किसान व्यावसायिक रूपमा लागेका छन् । कृषि विकास मन्त्रालयले यस वर्ष अधिकांश कृषिमा युवालाई लक्षित गर्ने कार्यक्रम अगाडि बढाएको छ । व्यवसायमा लाग्नेलाई उत्साहित गर्नका लागि माछापालन व्यवसायमा अनुदान, सहुलियतको व्यवस्था गरिएको छ ।

० व्यसाय विस्तारका लागि सरकारी तवरबाट के कस्ता कार्यक्रम सञ्चालन गरिएको छ ?

सरकारले कालीगण्डकीमा नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरेर माछा संकलन गरी भुरा उत्पादन गर्ने काम गरिरहेको छ । भियतनाममा प्रतिहेक्टरबाट ४ सय मेट्रिक टन माछा उत्पादन गर्न सक्षम भएको पंगास जातको माछालाई हामीले प्रजनन गर्न सफल भएका छौं । यसलाई विस्तार गरी केही वर्षभित्रमा भुरा उत्पादन गर्ने योजनासहित काम अगाडि बढिरहेको छ । किसानलाई कृषि उत्पादन बढाउनका लागि जनचेतना, शिक्षामूलक कार्यक्रम विस्तार भइरहेको छ । माछापालन व्यसाय विस्तार गर्न सिँचाइ सुविधा पनि विस्तार गर्दै जानुपर्छ । कृषि क्षेत्रको उत्पादन बढाउनका लागि सरकारले यस क्षेत्रमा लगानी विस्तार गर्दै जानुपर्छ । कृषि क्षेत्रमा काम गर्ने वैज्ञानिक र प्राविधिकको अभावले प्रभावकारी ढंगले काम अगाडि बढ्न सकेको छ । आठजना वैज्ञानिक र २० जना प्राविधिकले कृषि अनुसन्धानको काम अगाडि बढाइरहेका छौं । चालू आर्थिक वर्षमा सरकारले मध्यपहाडी क्षेत्रमा समेत माछापालनको विशेष कार्यक्रम लागू गर्न लागेको छ । कृषि सेवा विभागले विभिन्न जिल्लामा माछा मिसन कार्यक्रम सञ्चालन गरिरहेको छ । माछाको व्यावसायिक विस्तारका लागि किसानलाई जिल्लाका कृषि सेवा कार्यलयबाट उचित अनुदानको व्यवस्थासमेत गरिएको छ । एक हेक्टर जलाशय पोखरी खन्नका लागि १ लाख रुपैयाँ अनुदानको व्यवस्था गरिएको छ । माछापालन व्यवसायमा लागेका किसानले सम्बन्धित जिल्लाका कार्यालयबाट उचित सेवा सुविधा लिन सक्नेछन् ।

० स्थानीय उत्पादनले कति माग धान्न सक्छ ?

बजारमा माछाको माग दिन प्रतिदिन बढ्दै गएको छ । खपत बढ्दै गए पनि स्थानीय उत्पादनले माग धान्न सकेको छैन । होटेल, रेस्टुरेन्टमा माछाको खपत धेरै हुने गरेको छ । पछिल्लो समय आयातीत ड्राई फिसको माग पनि बढ्दै गएको छ । मुख्य–मुख्य सहर उपत्यका, पोखरा, वीरगन्ज, भैरहवा, जनकपुरलगायत अन्य सहरमा ८० प्रतिशत माछा बाहिरी मुलुकबाट आउने गरेको छ । स्थानीय उत्पादन कम हुने भएकाले पनि बजारसम्म आउन नसकी स्थानीयस्तरमै खपत हुने गरेको छ । बालबालिकादेखि वृद्धसम्मका लागि अतिउपयोगी हुने भएकाले पनि माग दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । पछिल्लो समय निजीस्तरबाट पनि व्यवसाय विस्तारका लागि पहल भइरहेको छ । माछामा पोषक तŒव बढी पाइने भएकाले पनि यो स्वास्थ्यवद्र्धक बनेको छ । सुगर, रक्तचाप, हृदयघात जस्ता अन्य रोगका बिरामीका लागि लाभदायक हुने भएकाले पनि यसको लोकप्रियता बढ्दै गएको छ ।

० कुन–कुन जातका माछा बढी लोकप्रिय रहेका छन ?

तराई पहाडी क्षेत्रको हावापानीमा सुहाउने माछा रहेका छन् । जुनसुकै क्षेत्रमा पनि उत्पादन विस्तार गर्न सकिने विभिन्न जातका माछा व्यावसायिक रूपमा पालिएको छ । विशेषगरी, बिरामीका लागि औषधिको रूपमा प्रयोग हुने असला, ग्रासकार्ट, सहर कत्ले माछाको माग बजारमा बढी हुने गरेको छ । मुलुकमा कमन कार्प, रेन्ब्रो ट्राउट, बिगहेड, कत्ले, सिल्भर कार्प, टिलापिया, फेन्सी कार्प, रहु, नैनी, भ्याकुरलगायतका अन्य जातका माछापालन गरिएको छ । माछाको व्यवसाय गर्दा राम्रो उत्पादन हुने खालका माछा बढी किसानले पाल्ने गरेका छन् । किसानले फरक–फरक जातको माछा पाल्ने गरेका छन् ।

० नार्कले माछामा के कस्ता उन्नत प्रविधि निकालेको छ ?

मुलुक जलस्रोतको दोस्रो धनी देश भएकाले पनि भौगोलिक अवस्थालाई सुहाउने उन्नत जातका माछा प्रविधि सिफारिस भइहेको छ । नार्कले चिसो पानीमा पहाडी क्षेत्रमा पनि राम्रो उत्पादन गर्न सकिने खालको प्रविधि सिफारिस गरी लागू गरिसकेको छ । कम लागतमा किसानले कस्तो खालको प्रविधि रुचाउने गर्छन्, त्यही अनुरूप प्रविधि अनुसन्धान गर्न सकिन्छ । कम लागतमा सिल्भर कार्प, बिगहेड माछाको उत्पादन गर्न सक्छन् । माछामा काम गर्ने वैज्ञानिक र प्राविधिकको संख्या अत्यन्त कम हुँदा लक्ष्य अनुरूप उन्नत प्रविधि सिफारिस गर्न सकिएको छैन । किसानको मागका आधारमा नार्कले उन्नत प्रविधिमा जोड दिँदै आएको छ । माछामा मात्र नभएर कृषिका विभिन्न क्षेत्रमा हामीले उन्नत प्रविधि सिफारिस गर्दै आइरहेका छौं । लागत खर्च बढी हुने र अध्ययन अनुसन्धान गर्न धेरै समय लाग्ने भएकाले तत्काल प्रविधि सिफारिस गर्न कठिन हुन्छ । भौगोलिक अवस्थालाई सुहाउने जातका माछाका उन्नत प्रविधि सिफारिस गर्न लागिएको छ । विभिन्न उन्नत जातका माछा नार्कले सिफारिस गरी किसान समक्ष पु¥याएको छ । नार्कले पहाडी क्षेत्रमा चिसो पानीमा पनि उत्पादन गर्न सक्ने जातका माछा अनुसन्धान गरेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :