रहेनन नेल्सन

This post has already been read 186 times!

 

Nelsonदक्षिण अफ्रिकी रंगभेद मुक्ति आन्दोलनका नेता नेल्सन मण्डेलाको ९५ बर्षको उमेरमा बिहीबार निधन भएको छ। मण्डेला लामो समयदेखि फोक्सोको संक्रमणबाट ग्रस्त थिए। बिहीबार राति राष्ट्रपति ज्याकोब जुमाले मण्डेलाको मृत्युको घोषणा गरेका थिए। गत जूलाईमा सिकिस्त बिरामी भएर प्रोटोरियो अस्पताल शैय्यामा उपचारकै क्रममा उनको ९५ औं जन्मदिन मनाइएको थियो। मण्डेलाको जन्मदिनमा दक्षिण अफ्रिकी जनताहरू प्रोटोरिया अस्पताल बाहिर र दक्षिण अफ्रिकाको सडकमा जम्मा भएका थिए। गत सेप्टेम्बरदेखि मण्डेलाको उपचार घरमै भइरहेको थियो।

‘संसारकै प्रसिद्ध कैदी’ भनेर चिनिने मण्डेलाले दक्षिण अफ्रिकामा रंगभेद अन्त्यका लागि संघर्ष गर्दा २७ वर्षसम्म जेलमा बिताउनु परेको थियो। वास्तविक लोकतन्त्रको अभ्यास गर्ने नेताका रूपमा चिनिने मण्डेलाले कालाहरूमाथि उत्पीडन गर्ने गोरालाई नै राष्ट्रपति स्वीकारेर पहिलो चुनाव गराएका थिए। उनी ‘ग्रेट ब्ल्याक होप अफ द साउथ अफ्रिका’ अर्थात् ‘दक्षिण अफ्रिकाका महान् काला आशा’ भनेर संसारभर सम्मानित छन्। शान्ति स्थापनामा महत्त्वपूर्ण योगदान गरेबापत उनी सन् १९९३ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएका थिए। कालाहरूको मुक्ति पछि २७ अप्रिल १९९४ मा भएको पहिलो प्रजातान्त्रिक निर्वाचनबाट ७७ वर्षमा मण्डेला दक्षिण अफ्रिकाका पहिलो काला राष्ट्रपति बने।

११ मे १९

९४ मा उनका प्रथम उपराष्ट्रपतिका रूपमा पूर्वराष्ट्रपति डी। क्लर्कलाई मनोनीत गरे। उनले रंगभेदविरुद्धको आन्दोलनका समयमा भएका मानवअधिकार उल्लंघनका घटना छानबिनका लागि १९९५ मा सत्य निरूपण तथा मेलमिलाप आयोगको गठन गरे। मण्डेलाले जेलमा गोप्य रूपमा लेखेको उनको जीवनी ‘लङ वाक टु फ्रिडम’ प्रकाशित छ।

रोलिह्लाह्ला, माडिबा

मण्डेलाको बाल्यकाल अफ्रिकी रुढिवादी रीतिरिवाज र संस्कृतिमा नै बित्यो। कालान्तरमा उनी थरीथरीका नामबाट परिचित भए। उनका पिताले दिएको नाम ‘रोलिह्लाह्ला’ थियो। जोसा भाषामा यसको अर्थ हुन्थ्यो ‘दुस्खको बीउ।’ उनको दोस्रो नाम नेल्सन प्राथमिक विद्यालयकी शिक्षिकाले विद्यालयको पहिलो दिन दिएकी हुन्। त्योबेला अफ्रिकी बच्‍चाहरूको नाम बेलायतीहरूले सजिलै उच्‍चारण गर्न सक्‍ने खालका राखिन्थ्यो। उनको परम्परागत नाम ‘माडिबा’ थियो। तत्कालीन दक्षिण अफ्रिकामा मण्डेलालाई माडिबा भन्ने प्रचलन थियो जुन थेम्बु वंशजको पुर्ख्यौली नाम थियो। मण्डेलाको चौथो नाम टाटा थियो। जोसा भाषामा टाटाको अ

र्थ पिता हो जुन मण्डेलालाई प्रजातन्त्रका संस्थापकको सम्मान स्वरूप दिइएको नाम हो। मण्डेलालाई दक्षिण अफ्रिकामा खुलु भनेर पनि चिनिन्छ। खुलु उवाओम्खुलुको छोटकरी रूप हो जसको अर्थ हजुरबुबा हुन्छ।

१६ वर्षको उमेरमा अरू दक्षिण अफ्रिकी केटाहरूजस्तै मण्डेला पनि जोसाको संस्कारअनुसार लोग्नेमान्छे बने। उक्‍त उत्सवमा मण्डेलालाई अर्को नाम दिइयो दालिभुंगा। दालिभुंगाको अर्थ परिषद्को संस्थापक वा वार्ता संयोजक हुन्छ।

बिबाहमा असफल

आफ्नो जीवनकालमा तीनवटा बिहे गरेका मण्डेलाको पहिलो विवाह सन् १९४४ मा एब्लिनसँग भएको थियो। एब्लिनसँगको वैवाहिक सम्बन्ध जीवनभर टिकेन। यी दम्पतीबाट दुई छोरा र दुई छोरीको जन्म भयो। १३ वर्षे सम्बन्ध बिग्रियो र पारपाचुके भयो। मण्डेलाको दोस्रो विवाह अफ्रिकाकी पहिली अश्वेत सामाजिक कार्यकर्ता विनी मडिजिकेला पण्डेलासँग भयो। विनीसँगको सम्बन्धबाट पनि दुई छोरीको जन्म भयो। यो वैवाहिक सम्बन्ध पनि दिगो हुन सकेन। विनीसँग १९९६ मा पारपाचुके भयो। आफ्नो ८१औं जन्मदिनको अवसरमा १९९८ मा मण्डेलाले ग्रासा माइकलसँग बिहे गरे। ग्रासा पूर्व मोजाम्वियन राष्ट्रपति तथा एएनसी सहयोगीकी विधवा थिइन् जो १९८६ को प्लेन दुर्घटनामा मारिएका थिए।

सन्यास तर सक्रिय

मण्डेलाको राष्ट्रपतिकाल रंगभेदकालीन दक्षिण अफ्रिकी नीतिगत सुधारका लागि उल्लेख्य रह्‍यो। शिक्षा, स्वास्थ्यजस्ता सामाजिक सुधारमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेका मण्डेला आफैंले भने जेलमा रहँदा क्षयरोगले समाउँदा निम्नस्तरको उपचार पाएका थिए। मण्डेलाले उनको राष्ट्रपतिकालमा देशको अर्थतन्त्र धराशायी हुनबाट बचाए। पुनर्निर्माण तथा विकास योजनाको माध्यमबाट दक्षिण अफ्रिकी सरकारले रोजगारी सिर्जना, आवास तथा अत्यावश्यक स्वास्थ्य सेवामा लगा

नी गर्‍यो।

सन् १९९६ मा मण्डेलाले नयाँ संविधानमा हस्ताक्षर गरे, जसअन्तर्गत बहुमत नियमका आधारमा एउटा बलियो केन्द्रीय सरकार स्थापना तथा अल्पसंख्यकको अधिकार तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरिएको छ। मण्डेलाले दोस्रो राष्ट्रपतिकालका लागि लोभ देखाएनन्। आफ्नो कार्यकाल सकिएपछि १९९९ मा थाबो माबेकीलाई राष्ट्रपतिको उत्तराधिकारी बनाएर आफूले राजनीतिक जीवनबाटै सन्न्यास लिए।

राजनीतिक जीवनबाट सन्न्यास लिए पनि मण्डेला चुप बसेनन्। मण्डेला फाउन्डेसन खोलेर त्यसका माध्यमबाट अन्तर्राष्ट्रिय रूपमै शान्ति, मेलमिलाप, सामाजिक न्यायजस्ता विषयमा वकालत गरिरहे। उनी दक्षिण अफ्रिकाका पिछडिएका गाउँमा स्कुल, स्वास्थ्य क्लिनिक स्थापनाका लागि सहयोग संकलनको काममा व्यस्त भए। उनले बुरुण्डीको जनयुद्ध अन्त्यको लागि मध्यस्थकर्ताको भूमिकासमेत निर्वाह गरे।

राजनीतिक यात्रा

मण्डेलाका जिजुबुबा गुबेन्सुका

थेम्बुका शासक थिए। मण्डेलाका पिता गाड्ला हेनरी स्थानीय प्रमुख तथा शाही पार्षद थिए। मण्डेलाका पिताका तीन श्रीमतीका १३ सन्तान थिए। मण्डेला भने गाड्लाकी तेस्री श्रीमती नोसेकिनीका छोरा हुन्। उनका पिताभन्दा अगाडिका शासकलाई मजिस्ट्रेटद्वारा भ्रष्टाचारको आरोपमा हटाएपछि १९१५ मा मण्डेलाका पितालाई नियुक्त गरिएको थियो। उनलाई पनि सन् १९२६ मा भ्रष्टाचारको अभियोग लगाएर बर्खास्त गरियो तर नेल्सन मण्डेलालाई भने अनुचित माग राखेका कारण बर्खास्त गरिएको सूचना प्राप्त भएको थियो।

मण्डेलाको माध्यमिक शिक्षा इंग्कोबोस्थित क्लाकबरी बोर्डिङ स्कुलमा भएको थियो। जुन काला जातिका अफ्रिकनका लागि प्रसिद्ध विद्यालय मानिन्थ्यो। उनी सन् १९३७ मा थेम्बुका शाही परिवार पढ्ने हेल्ड टाउनको फोर्टहारे विश्वविद्यालमा मानविकी संकायमा स्नातकमा भर्ना भए।

त्यहाँका प्रमुख अंग्रेजी संस्कृति र सरकारको श्रेष्ठतालाई प्राथमिकता दिन्थे तर मण्डेलालाई भने दक्षिण अफ्रिकी संस्कृतितिर चाख बढ्यो र उनले एकजना सोथो भाषा बोल्ने जोसा साथी बनाए। विश्वविद्यालयको नीति बहिष्कार गर्ने छात्र प्रतिनिधि परिषद्‍मा भाग लिएको निहुँमा उनलाई

विश्वविद्यालयबाट निष्कासित गरियो।

सन् १९४१ डिसेम्बरमा घर फर्किंदै गर्दा मण्डेलाले आफ्नो परम्परागत बिहे तय भएको थाहा पाए। निराश मण्डेला भागेर १९४१ को अप्रिलमा क्विन्सटाउन हुँदै जोहान्सवर्ग पुगे। त्यहाँ मण्डेलाले खानीमा रातिका लागि चौकीदारको काम पाए जहाँ उनले पहिलो पटक ‘दक्षिण अफ्रिकाको पुँजीवादको वास्तविकता’ देखे। भगुवा भएको थाहा पाएपछि खानी प्रमुखले उनलाई कामबाट निकालिदिए।

जर्ज गोच टाउनसिपमा आफ्नो काकाको छोरासँग बस्ने क्रममा मण्डेलाको परिचय अफ्रिकन नेसनल कंग्रेस कार्यकर्ता वाल्टर सि

सुलुसँग भयो जसले उदार यहुदी विटकिन, साइडल्स्की र इडेलम्यानको कानुनी परामर्श केन्द्रमा लेखनदासको काम लगाइदिए। ल फर्ममा काम गर्दागर्दै उनी अफ्रिकी नेसनल कंग्रेस तथा कम्युनिस्ट पार्टीका सदस्य गौर रेडेवे तथा यहुदी कम्युनिस्ट नट ब्रेगम्यानका साथी हुन पुगे। कम्युनिस्टसँगको संगत भए पनि उनी आफू भने कम्युनिस्ट बनेनन्।

ब्रेगम्यान मण्डेलाका पहिला गोरा साथी थिए। सन् १९४४ मा उनी अफ्रिकन नेसनल कंग्रेस ९एएनसी० मा प्रवेश गरे। १९४९ मा एएनसीको युवा गिगले आधिकारिक रूपमा बहिष्कार, हडताल, सार्वजनिक अवज्ञा तथा असहयोग विधिअनुसार भूमिको पुनर्वितरण, ट्रेड युनियन अधिकार, सबै बच्चाको लागि निस्शुल्क तथा अनिवार्य शिक्षा तथा पूर्ण नागरिकताको नीति अवलम्बन गर्‍यो।

मण्डेलाले लामो समय दक्षिण अफ्रिकी सरकारविरुद्ध शान्तिपूर्ण तथा अहिंसात्मक आन्दोलनको नेतृत्व गरे जसमा १९५२ को नस्लवादी नीतिविरुद्धको शान्तिपूर्ण अवज्ञा अभियान तथा १९५५ को कंग्रेसमा प्रतिनिधित्व नीति विरुद्धका संघर्ष प्रमुख छन्। सन् १९५६ मा दक्षिण अफ्रिकी सरकारले राजनीतिक वकालत गरेको अभियोगमा मण्डेलासहित एक सय ५१ जनालाई गिरफ्तार गर्‍यो र राजद्रोहको अभियोग लगायो।

यही बीचमा एएनसीको शान्तिपूर्ण आन्दोलन प्रभावकारी नभएको भन्दै काला जातिको अर्को झुन्ड अफ्रिकनिस्ट जन्मियो। १९५९ सम्ममा अफ्रिकनिस्टले पनि अफ्रिकानिस्ट कंग्रेस भन्ने नयाँ संगठन खोले जसले एएनसीको सैनिक सहभागितामा ठूलो चुनौती थपिदियो।

अहिंसा सूत्र

१९६१ मा आइपुग्दा मण्डेलालाई एकपटक त लाग्यो ‘सशस्त्र र हिंसात्मक आन्दोलन बिना परिवर्तन सम्भव छैन।’ तर गान्धीको अहिंसात्मक आन्दोलनबाट प्रभावित मण्डेलाले हिंसाको बाटो अँगालेनन्। श्रमिक हडताल गराएको आरोपमा उनलाई पाँच वर्षका लागि जेल चलान गरियो। १९६३ मा पुनस् मुद्दा चलाइयो र यसपटक उनीसहित एएनसीका अरू ११ जनालाई तोडफोड तथा राजनीतिक अपराधको अभियोगमा आजीवन कारावासको सजाय सुनाइयो।

मण्डेलाको २७ वर्षे जेलजीवनमध्ये १८ वर्ष रोबेल टापुको जेलमा बित्यो। जेल बसेकै समयमा उनले लन्डनको विश्वविद्यालयबाट कानुनमा स्नातक डिग्री पाए। सन् १९८५ मा राष्ट्रपति पी डब्लू बोथाले संघर्ष छोड्ने सर्तमा रिहा गर्ने प्रस्ताव गरे। तर मण्डेलासहितका कैदीले प्रस्ताव अस्वीकार गरे

। लगातारको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दबाबका बाबजुद दक्षिण अफ्रिकी सरकार र मण्डेलाबीच वार्ता चलिरह्यो। तर कुनै सम्झौता हुन सकेन। अचानक राष्ट्रपति बोथाको स्वास्थ्यस्थिति बिग्रियो र उनको ठाउँमा फ्रेडरिक विलेम डी। क्लर्क राष्ट्रपति भए।

अन्ततस् ११ फेब्रुवरी १९९१ का दिन मण्डेलालाई जेलमुक्त भएको घोषणा गरियो। उनले ‘शान्तिका लागि काम गर्न प्रतिबद्ध’ भएको बताउँदै ‘जबसम्म कालाजातिले भोट हाल्ने अधिकार प्राप्त गर्दैनन्, तबसम्म एएनसीको आन्दोलन जारी रहने’ घोषणा गरे।

गोरा दक्षिण अफ्रिकीहरू शक्ति बाँडफाँड गर्न चाहन्थे तर धेरै काला जातिहरू सम्पूर्ण शक्ति आफूमा आओस् भन्ने चाहन्थे। वार्ता चलिरहेका बेला मण्डेलाका उत्तराधिकारी ठानिएका क्रिस हानीको हत्या भयो। तर मण्डेलाले प्रतिकूल अवस्थामा पनि स्थितिलाई नियन्त्रण बाहिर जान दिएनन्। वार्ता चलिरह्यो। सुझबुझपूर्ण आन्दोलनको नेतृत्व गरेको र रंगभेद समाप्ततर्फ महत्त्वपूर्ण योगदानबापत मण्डेला र राष्ट्रपति डी। क्लर्कलाई सन् १९९३ मा संयुक्त रूपमा नोबल पुरस्कार प्रदान गरियो।

मण्डेलाले रंगभेदको सिकार बहुसंख्यक काला जातिको शासन स्थापित गर्न काम गरे। उनले काला र गोराबीचको मेलमिलापका लागि खेलकूदलाई माध्यम बनाए। काला जातिले घृणा गरेको रग्बी टिमलाई समर्थन गर्न मण्डेलाले प्रोत्साहनमात्र गरेनन् सन् १९९५ मा दक्षिण अफ्रिकाले रग्बीको विश्वकप आयोजना गर्‍यो। उनका ‘नो इज्जी वाक टु फ्रिडम, नेल्सन मण्डेला स् द स्ट्रगल इज माइ लाइफ, नेल्सल मण्डेलाज फेवरेट अफ्रिकन फकटेल्स’जस्ता पुस्तक प्रकाशित छन्।
दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोब जुमाले मण्डेलाको अन्त्येष्ठि राजकीय सम्मानका साथ गर्ने र शोक अवधिभर राष्ट्रिय झण्डा आधा झुकाउने बताएका छन्।