सबै दलसँग सहमति गर्न काँग्रेस तयार

This post has already been read 147 times!

समानुपातिक सभासदबारे छलफल सुरु
काठमाडौं,  नेपाली कांग्रेसले सरकार गठन र संविधान निर्माणमा सबै दलसँग सहमति गरेर अघि बढ्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस संसदीय बोर्डको बैठकले सहमतीय सरकार गठन र संविधान लेखनका कामलाई अगाडि बढाउन सबै राजनीतिक दलहरुलाई एकसाथ लिएर अघि वढ्ने निर्णय गरेको काँग्रेस सहमहामन्त्री पूर्णवहादुर खड्काले congress-party-officeजानकारी दिनुभयो ।
‘निर्वाचनमा जनताले दिएको अभिमत सबै राजनीतिक दलहरु मिलेर सहमतिका साथ संविधान निर्माण हुनुपर्छ भन्ने हो’ खड्काले भन्नुभयो(’त्यसैले हामी संविधान निर्माण र राज्य संचालनमा दलहरुसँग सहमति र सहकार्यका साथ अघि बढ्न चाहन्छौँ ।’ खड्काका अनुसार सरकार सञ्चालनका लागि दलहरुसंग वार्ता र संवादलाई सघन रुपमा अघि बढाउने निर्णय वैठकले गरेको छ । खड्काले अनलाइनखबरसंग भन्नुभयो,’ जनताले काँग्रेसलाई सवैभन्दा ठूलो शक्तिको रुपमा स्थापित गरेका छन् । ठूलो दल हुनुको नाताले काँग्रेसकै नेतृत्वमा सरकार गठन गर्ने भन्ने हो । सरकार सञ्चालनका लागि अन्य राजनीतिक दलहरुलाई सहमतिमा ल्याउनुको विकल्प छैन । ‘ खड्काले सहमति, सहकार्य र एकताका साथ सवै दलहरुलाई सहमतिय सरकारमा सहभागी गराउने र संविधान लेखनको काममा तदारुकताका साथ अघि बढाउन काँग्रेसले कदम चाल्नेछ । संसदीय बोर्डको बैठक भोलि शनिवार विहान ९ बजे पुन बस्नेछ।
समानुपातिक सभासद चयनवारे छलफल सुरु
काँग्रेस संसदीय बोर्डको बैठकमा पार्टीको भागमा परेका ९१ जना सभासद चयन र त्यसको मापदण्डका वारेमा छलफल सुरु भएको छ । काँग्रेस सहमहामन्त्री एवम् वोर्ड सदस्य खड्काका अनुसार शुक्रवारको बैठकमा सभासद चयन र मापदण्डका विषयमा सामान्य छलफलमात्रै भएको छ । खड्काका अनुसार यसअघि संसदीय बोर्डमा भएको सहमति अनुसार नै समानुपातिक सभासदहरुको चयन गरिने छ । निर्वाचन आयोगले मंसिर २५ भित्रमा समानुपातिक सभासदहरुको सूची बुझाउन दलहरुलाई समयदिएपछि काँग्रेसले सभासदि चयनका विषयमा छलफल सुरु गरेको हो । निर्वाचन आयोगले महिला, आदिवासी जनजाति, दलित लगायत जातिको प्रतिनिधित्व हुने गरी समानुपातिक सभासदको सूची पठाउन सवै दललाई निर्देशन दिइसकेको छ ।

मतदातालाई धन्यवाद ज्ञापन
बैठकले चुनावमा काँग्रेसलाई मत दिएर सहयोग गर्ने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेको छ । काँग्रेस संसदीय बोर्डको वैठकले चुनाव सफल पार्न सहयोग गर्नु हुने आम मतदाता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समूदायप्रति कृतज्ञता व्यक्त गरेको खड्काले जानकारी दिनुभयो । वैठकले जनताको काँग्रेसप्रतिको आशा र भरोसालाई टुट्ने नदिने निर्णय गरेको छ ।

निर्वाचन आयोग र सरकारप्रति धन्यवाद ज्ञापन
काँग्रेस संसदीइ बोर्डको शुक्रवार बसेको बैठकले मंसिर ४ को निर्वाचनलाई शान्त, निष्पक्ष र भयरहित वातावरणमा सफल बनाउने खिलराज रेग्मी नेतृत्वको अन्तरिम चुनावी सरकार र निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन गरेको छ । तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउन नेपाल सरकारले आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गरेकोमा मन्त्रिपरिषद् लगायत राज्यका सम्पूर्ण राष्ट्रसेवकहरु सेना, प्रहरी तथा निर्वाचनमा संलग्न अंगहरुप्रति समेत काँग्रेसले आभार व्यक्त गरेको छ । यसैगरी वैठकले निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गराएकोमा निर्वाचन आयोगलाई धन्यवाद दिएको छ ।

नेल्सन मण्डेलाको निधनप्रति दुःख व्यक्त
संसदीय बोर्डको बैठकले विश्वका महान लोकतन्त्रवादी नेता, रंगभेद नीतिबाट मानवतालाई मुक्ति दिलाउने दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नोबेल शान्ति पुरस्कारबाट सम्मानित नेल्सन मण्डेलाको निधनप्रति दुख व्यक्त गरेको छ । आफ्नो जीवनको अमूल्य २८ वर्ष कठोर कारावासमा बिताएका मण्डेलाले द्वन्द्वरत दक्षिण अफ्रिकाका जनताबीच स्वतन्त्रता पश्चात् राष्ट्रिय मेलमिलाप स्थापित गराएर त्यस देशको महान परिवर्तनलाई सहजता र सौहादर््रतामा अवतरण गराएको महान कार्यले संसारलाई ठूलो मानविय सन्देश दिएको बैठकको ठहर छ । मानवतावादी नेता मण्डेलाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दे समस्त दक्षिण अफ्रिकी जनता र उहाँका स्वजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ,बैठकपछि काँग्रेस मुख्यसचिव चिनकाजी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।