अछाममा सुन्तलाको उत्पादनमा कमी

यो समाचार 295 पटक पढिएको

अछाम,  अघिल्लो वर्षभन्दा यो वर्ष अछाम जिल्लामा सुन्तलाको उत्पादनमा कमि आएपछि दैनिक खरिद बिक्रीमा समेत घटेको छ । जिल्लाको मुख्य ब्यापारीक केन्द्र साँफेबगर, सदरमुकाम मंगलसेन लगायत दिपायल, धनगढी, टिकापुर, महेन्द्रनगर र नेपालगञ्ज सम्म पुग्ने अछाम जिल्लाका सुन्तला यस बर्ष भने जिल्लाकै लागि अपूग भएको कृषकहरुको भनाई छ ।orange-tree

मौसम अनुकूल नहुनु तथा उत्पादन वर्षका रुपमा समय नदेखिएकाले पनि सुन्तला उत्पादन घटेको क्षेत्रिय कृषि कार्यालयले जनाएको छ । गत बर्ष सुदूरपश्चिमका अन्य जिल्लाको तुलनामा अछाममा सुन्तलाको उत्पादन बढि भएको भएपनि यस बर्ष भने उत्पादन घटेको कार्यालयका कृष्ण प्रसाद केसीले बताउनुभयो । उहाँका अनुसार फलफूल एक वर्ष बढी र अर्को वर्ष कम फल्ने प्राकृतिक नियम रहेको छ । केसीका अनुसार अछाम जिल्लाबाट मात्रै गत बर्ष दैनिक ३ देखि ६ मेट्रिक टन सुन्तला निर्यात हुने हुने गरेको थियो । जसमध्ये २० प्रतिशतभन्दा बढी सुन्तला धनगढीमै खपत हुने गरेको थियो । तर यस बर्ष भने अहिले सम्म जिल्ला बाहीर सुन्तला निर्यातनै भएको छैन । राम्रो दाना लागेको सुन्तला किलोको ५५ रुपैया सम्ममा बिक्री हुनेगरेको मंगलसेनमा भेटिएका सुन्तला ब्यापारी दिलबहादुर धामीले बताउनुभयो । उहाँका अनुसार यस बर्ष सुन्तलामा अन्य बर्षको तुलनामा बिभीन्न रोगहरुको संक्रमण देखिएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :