चपली हाइटकी नायिका भन्छिन,“कृषि पनि निक्कै ग्ल्यामर छ”

This post has already been read 172 times!

Binita

सामाखुशीको टोखास्थित एउटा फार्म हाउसमा मंगलबार सर्वसाधारणको निक्कै भिड लागेको थियो। त्यहाँको वातावरणलाई हेर्दा लाग्थ्यो कुनै चलचित्रको सुटिङ भइरहेको छ। प्रचण्ड घामको तापलाई छेक्न सबैले टाउकोमा छाता सोझ्याइएका थिए। चलचित्रमा अभिनय गरेजस्तै एउटी युवती हातमा ग्लोभ लगाएर धमाधम विभिन्न जातका तरकारीको जरोबाट अनावश्यक झारपात झिक्दै गरेको दृश्य देखियो। अनुहार र कपालबाट चिट्चिट् पसिनाका थोप्ला खसाउँदै कृषकले अनावश्यक झारपात झिकेजस्तै उनी आनन्द मानेर झारपात उखेल्दै थिइन।

जिज्ञासुहरू चलचित्रको नायिकाले पनि खेतीपाती मजैले गर्दा रहेछन भनेर आनन्द मानेर हेर्दैथिए। भिडलाई छिचोल्दै गएपछि त्यहाँ न चलचित्र सुटिङ गर्ने क्यामेरा देखियो, न त स्पट व्याई नै। हेर्दै जाँदा त्यहाँ एक्सन, कट र टेक गर्ने कारिन्दा पनि देखिएन। अच म सर्वसाधारणले ठूलो चाख मानेर हेरिरहेको उक्त  दृश्य भने कुनै चलचित्रजस्तो देखिएन। बुझ्दै जाँंदा त्यो त चलचित्र कि नायिका विनिता वरालले आफै स्थापना गरेको फ ार्म हाउसको सक्कली दृश्य पो रहेछ। हातमा खुर्पा र कुटो लिएर विभिन्न जातका तरकारीको बोटको स्याहार गरिरहेको दृश्यलाई बडो चाख मानेर सर्वसाधारणले कुनै चलचित्रको दृश्य ठानेर पो हेरेका रहेछन।

विनिताले कुनै चलचित्रका लागि नभई कृषि पेशालाई माया गरेर आफै उक्त  फार्म हाउस संचालन गरेको रहस्यको पोका खुल्यो। कृषि पेशा फ ोहोरी, गन्हाउने र हेला हो भनेर पर परावादी सोचलाई चुनौती दिदैं नायिका विनिताले यो पेशालाई अंगालेकी रहेछिन । उनी भन्छिन, ‘यो पेशा त् चलचित्रभन्दा पनि बढी ग्लामरस रहेछ। मलाई चलचित्रभन्दा यो पेशासँग बढी माया लाग्यो। त्यसैले चलचित्रसँंगसँंगै कृषि पेशालाई पनि अंगालेको छु।’ स्थानीय दीपक पन्त र बद्री पाण्डेको सहकार्यमा बिनिताले टोखामा ७५ हजार रूपैयाँमा ६ रोपनी जग्गा भाडामा लिएर तीन महिनाअघि व्यवसायिक तरकारी खेतीमा हात हालेकी थिइन। चलचित्र र कृषिमा केही समान पक्षहरू रहेको उनको ठ याई छ। ‘घाम, पानी, हावा र माटो विना चलचित्रको कल्पना नगरेजस्तै कृषिलाई पनि घाम, पानी, हावा र माटो नभई हुन्न। यो पेशामा लागेर अहिले मलाई धेरै सन्तुष्टि भेटेको छ,’ उनी भन्छिन,‘चलचित्रमा लागेर पेट भर्न गाहे हुन्छ। तर कृषि कर्ममा लागेर कहिल्यै भोको मरिन्न । कृषिमा नामसँंगै दाम पनि मनग्गै छ।’

तीनजनाले जनही फार्म हाउस संचालनका लागि तीन/तीन लाख रूपैयाँ लगानी गरेका छन। पेष्टिसाइड(बिषादीरहित) बेमौसमी तरकारी फलाउने उनीहरूको सपना अहिले साकार भएको छ। फार्ममा काउली, टमाटर, भान्टा, कुरिलो, खुर्सानी, साग, वन्दा, सिमी र बोडीका बोटहरू यतिखेर माटो छोडेर झाँगिएको छ । चलचित्रको सुटिंग नभएको हरेक दिन उनी विहान ६ देखि ९ र साँंझ ४ देखि ६ बजेस म उक्त  फार्मलाई समय दिन्छिन । गोडमेल गर्नुपरोस वा माटो खनजोत गर्नुपरोस वा विरूवा स्याहार गर्नुपरोस। यस्ता काममा विनिता आफै अहोरात्र खट्दिै आएकी छिन। यसका लागि कुनै कामदार राखेकी छैनन उनी । ‘आ नो कामका लागि अरूलाई किन रा ने ? यो काम मेरो लागि सिकेर अनुभव पनि लिने भएर पनि मैले कामदार राखेको छैन। सबै काम आफै गर्छु,’ टाउकोमा ज मा भएको पसिना हातले पुछ्दै उनले भनिन,‘कृषिप्रधान मुलुक नेपाललाई साँच्चिकै कृषि प्रधान बनाउने हो भने यो क्षेत्रमा मजस्ता अन्य युवाहरू आउन आवश्यक छ।’

कृषि पेशामा लागेर विगत तीन महिनाको अवधीमा बिनिताले एउटा गज्जवको अनुभव गरेकी रहिछिन । चलचित्रको सुटिंग स्पटमा कुनै कारणवश एकदिन जान नपाए त्यहाँं सबैको रूवावासी हुन्छ। ‘तर बोट विरूवालाई कुनै दिन समय दिन नसक्दा उनीहरू रूदैनन। कराउदैनन । उनीहरू बोल्दैनन भने उनीहरूलाई पीडा नै हुँदैन भनेर भन्न हुन्न। मैले उनीहरूको पीडा बुझ्ने प्रयास गरेको छु,’ उनी भन्छिन,‘त्यही भएर सधै साँंझ बिहान बोटविरूवालाई अनिवार्य रूपमा समय दिदै आएको छु।’