१० हजार अस्ट्रिच चल्ला उत्पादन लक्ष्य

यो समाचार 239 पटक पढिएको

” सय टन मासु बजारमा आउने

भैरहवा, ३ बैशाख/ अस्ट्रिच नेपाल प्रालिले ०७१ सालभित्रमा १० हजार अस्ट्रिचका नयाँ चल्ला उत्पादन गर्ने लक्ष्य लिएको छ । “०७० चैत अन्तिमसम्म माउ र चल्ला अस्ट्रिच गरी ३ हजार ५ सयभन्दा बढी पुगिसकेका छन्, ०७१ सालभित्र १० हजार चल्ला उत्पादन गरी कृषकको घरघरमा पु¥याउने योजना छ,”  अस्ट्रिच नेपालका सञ्चालक तथा अध्यक्ष सीपी शर्माले भने ।

Austirich 2

अहिले दैनिक ३० वटा अन्डा उत्पादन भइरहेको कम्पनीले जनाएको छ । कम्पनीले पीपीपी (सार्वजनिक–निजी साझेदारी) कार्यक्रमअनुसार कृषकलाई अस्ट्रिचपालनका लागि उत्साहित पनि गराएको छ । अन्डा उत्पादन गरी अस्ट्रिचपालनका लागि कृषकलाई आग्रह गरिने कम्पनीले जनाएको छ ।

कृषकले कम्तीमा २० वटा अस्ट्रिच पाल्नेछन् । ९ महिना पालेपछि कम्पनीले सोझै खरिद गर्ने भएकाले पनि कृषकलाई अझ राम्रो हुने र डेढ वर्षमा २ पटक आम्दानी गर्न सक्ने शर्माले बताए । कृषकलाई यो व्यवसायतर्फ प्रत्यक्ष सहभागी गराउन गत वर्षबाटै अस्ट्रिचको दानाका रूपमा प्रयोग हुने घाँसखेती कृषकले सुरु गरिसकेका छन् । “अहिले सबै घाँस कृषकबाटै खरिद गरिरहेका छौं, कृषकले राम्रो प्रतिफल पाएका छन् । धान काटेपछि सुरु हुने घाँस ४ महिनामा काट्न योग्य हुन्छ, गहुँखेतीबाट भन्दा बढी कमाइ हुन्छ, कृषकलाई,” शर्माले भने ।
अहिले रूपन्देहीको मधवलिया, गंगोलिया, मानमटेरिया, दयानगर (छपिया) फर्साटिकर, सूर्यपुरा र मर्चवारका कृषकले घाँसखेती गरिरहेका छन् । “कृषकले न्यूनतम पनि २ कठ्ठादेखि १० बिघामा घाँसखेती गरिरहेका छन्,” सञ्चालक शर्माले भने, “हरियो घाँस किलोको ३ रुपैयाँ ५० पैसा र सुकेको घाँस ५४ रुपैयाँ प्रतिकिलोले किनिरहेका छौं ।”
उनका अनुसार कृषकले १ बिघामा घाँसखेती गर्दा एकै सिजनमा खुद २ लाखसम्म आम्दानी गर्न सक्छन् । अहिले ७ सय कृषकले घाँसखेती गरिरहेका छन् । घाँसखेतीका लागि आग्रह गर्न आउने कृषकको संख्यासमेत अत्यधिक रहेको कम्पनीले जनाएको छ ।
अस्ट्रिच नेपालले ०७० सालमा १० टनभन्दा बढी अस्ट्रिचको मासु बजारमा ल्याएको छ भने ०७१ सालमा सय पु¥याउने लक्ष्य लिएको छ । अहिले रूपन्देहीको मधवलियाका साथै दाङमा पनि कम्पनीको दोस्रो युनिट सञ्चालनमा छ, जहाँ करिब ७ सय माउ अस्ट्रिच छन् । अस्ट्रिच नेपालमा ०७१ सम्ममा १ अर्बभन्दा बढी लगानी पुग्ने कम्पनीले जनाएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :