उपत्यकामा ८ सय डेरी उद्योग गैर कानूनी

यो समाचार 238 पटक पढिएको

भर छैन् दूधको गुणस्तरको

  • अनुमति लिएका जम्मा २६ वटा डेरी उद्योग milk
  •  ८ सय वटा डेरी उद्योग बिना अनुमति सञ्चालन
  • यस्ता डेरीलाई अनुगमन गर्न सरकार स्वयम असक्षम

काठमाडौंं, ३ बैशाख / उपत्यकामा दर्ता भएर शुद्ध दूध उत्पादन गर्ने डेरीको संख्या कति होला ?  पचास,  सय वा पाँंचसय । अचम्म न मान्नुस् । उपत्यकामा सबै प्रकृया पुरयाएर सरोकारवाला निकायबाट अनुमति लिएका जम्मा २६ वटा डेरी उद्योग सञ्चालनमा छ । तपाई हाम्रो घरमा दैनिक प्रयोगमा आउदै गरेको दूध त्यही उद्योगबाट आउछ भनेर विश्वास नगरे हुन्छ । किनभने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकाअनुुसार दर्ता भएर सञ्चालनमा रहेका डेरीको तुलनामा ८ सय वटा डेरी उद्योग बिना अनुमति सञ्चालनमा छन् ।

 

यस्ता डेरीलाई अनुगमन गर्न सरकार स्वयम पनि असक्षम छ । सरकारले नियमन पनि गर्न सकेको छैन् । अनुमति नभएका यस्ता स साना डेरीहरु सरकारले निर्धारण गरेको कुनै मापदण्डसमेत पालना गरेका छैनन् । कुनै मापदण्ड पालना नगर्दा त्यस्ता डेरीबाट उत्पादित दूध पनि गुणस्तरयुक्त छ भनेर भर पर्नु आफ्नो स्वास्थ्यसँंग आफै खेलवाड गर्नुसरह भएको खाद्य विभागका प्रवक्ता प्रमोद कोइराला बताउछन् ।
उनकाअनुसार यस्ता डेरीहरु प्रायः गरेर ग्रामिण भेग, गल्ली र चोकहरुमा सञ्चालनमा छन् ।

 

 

साँंझ विहानको समयमा स साना पसल सञ्चालकहरुले सेतो पोलिथिनमा हालेर सजिलै यस्ता दूध उपभोक्तालाई विक्रि गर्दैआएका छन् । केहीले त् सिलवन्दी प्याकेटमा पनि बिक्रि गर्दैआएका छन् । दूधको प्याकेटमा खाद्य विभागबाट अनुमति लिएको उल्लेख छैन भने सजिलै बुझनुस, त्यो गुणस्तरहिन दूध हुनसक्छ । जसले तपाईसहित तपाईको पुरै परिबारलाई अस्वस्थ्य बनाउन सक्छ ।

 

 

खाद्य ऐन २०२३ अनुसार डेरी उद्योग सञ्चालन गर्नुपूर्व विभागबाट अनुज्ञापत्र लिनुपर्ने प्रावधान छ । तर, व्यवसायीले भएको मापदण्डलाई लत्याउँदै आफुखुशी डेरी उद्योग सञ्चालन गर्दैआएका छन् । ‘यस्ता डेरी उद्योगलाई पटक–पटक अनुज्ञापत्र लिन आग्रह गर्दा पनि उनीहरू मान्दैनन्,’ उनले भने, ‘यसले गर्दा उपभोक्ताले स्वस्थ दूध तथा दुग्धजन्य पदार्थ खानबाट बञ्चित भएका छन् ।’
अनुज्ञापत्र नलिइ सञ्चालन गरेका डेरी उद्योगको गुणस्तरको बारेमा विभागलाई केहि जानकारी नहुने उनको भनाइ छ । ‘ती उद्योगले कस्तो उत्पादन बजारमा ल्याउँछन् हामीलाई थाहा हुन्न्,’ उनले भने, ‘सरकारले डेरी उद्योग सञ्चालन गरेको ठाउँ पत्ता लगाउन नसकेका कारण ती डेरी उद्योगलाई अनुगमन गर्न सकिएको छैन् ।’ अनुज्ञापत्र नलिइ सञ्चालित डेरी उद्योगलाई विभागले गैरकानूनी उद्योगको रुपमा लिएको छ ।
कृषि विकास मन्त्रालयको तथ्यांक अनुसार नेपालमा साना ठूला गरी ८ सय वटा डेरी उद्योग रहेका छन । ती मध्ये २६ वटा डेरी उद्योगले मात्रै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुज्ञापत्र लिएका छन । विभागले अनुज्ञापत्र लिएका डेरीलाई मात्र अनुगमन गर्ने गरेको र अरु डेरीको बारेमा चासो नदिएकाले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड भइरहेको डेरी उद्योग संघका प्रदीप महर्जन बताउछन् ।
नेपाल डेरी एशोसिएशनका अध्यक्ष मेघराज भण्डारीले दाबी गर्दै भन्छन, भने ‘संघसँग आवद्ध १ सय २० वटा डेरी उद्योगमध्ये ७५ प्रतिशतले अनुज्ञापत्र लिएका छन् । विभागलाई आवश्यक परेमा हामी प्रमाण उपलब्ध गराउन सक्छौं ।’ भण्डारीले काठमाडौंबाट नेपालभर सञ्चालनमा रहेका डेरीको अवस्थाको बारेमा बुझन नसकिने भएकाले यर्थाथ जानकारी लिन कार्यक्षेत्रमा जान विभागलाई सुझाव दिन्छन् ।

 

 

उद्योग संघका अध्यक्ष महर्जनले सरकारले जहिले पनि कानूनसम्वत सञ्चालित डेरीलाई गिद्वे नजर लगाउने गरेको बताए । ‘जो सरकारको नीति नियमलाई अनुशरण गर्र्छ, सरकार उसैलाई समस्यामा पार्दैआएको छ,’ उनले भने, ‘बजारमा दुग्धजन्य पदार्थमा केहि खराबी आएमा सरकारको निसाना हामी पर्छांै ।’ सरकारले गैरकानूनी रुपमा सञ्चालित डेरी उद्योगमाथि अनुगमन नगर्दा उपभोक्ताहरू उच्च कोलिफर्मयुक्त दूध खान बाध्य भएका छन । त्यस्ता उद्योगमाथि अनुगमन नहुँदा उपभोक्ताहरू १० हजारभन्दा बढी कोलिफर्म भएको दूध खान बाध्य भएको बताइएको छ ।
अनुज्ञापत्र नलिएका ८ सय डेरी उद्योगले दूधमार्फत कति संख्यामा कोलिफर्म विक्री गर्दै आएका छन, त्यसको मापनसमेत हुन नसकेको उपभोक्ता अधिकारकर्मीहरूले बताएका छन् । त्यस्ता डेरीको पहिचान गरि अनुगमन आवश्यक भएको उनीहरूको भनाइ छ । ‘अनुज्ञापत्र नलिएका डेरी उद्योगले प्रयोगशालामा पश्चाराइजेशन समेत गर्दैनन्,’ उपभोक्तावादी प्रेमलाल महर्जन भन्छन ।
‘क्यानबाट पनि दूध विक्री भइरहेको छ,’ एक उद्योगले भने, ‘तर विभागले सबै मापदण्ड पुरा गरेका डेरी उद्योगलाई मात्र तनाव दिन्छ । उद्योगीका अनुसार दुगर्म क्षेत्रमा खोलिएका डेरी उद्योगसम्म यातायातको सहज पहँुच नहुनु, जनशक्तिको अभावलगायतका समस्या देखाउँदै सरकारले ती डेरी उद्योगमा अनुगमन गर्न नचाहेको हो ।
हाल नेपालमा दैनिक ४ लाख लिटर दूध विक्री हुँदै आएको छ । त्यसमा अनुज्ञापत्र नलिएका डेरी उद्योगले १ लाख लिटर दूधको माग धानेका छन् । वाँंकी ३ लाख लिटर दूध अनुज्ञापत्र नलिएका डेरीले उत्पादन गरेका हुन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :