विदेशबाट फर्केर भैसीपालनमा लगानी

यो समाचार 241 पटक पढिएको

पर्वत, १ वैशाख / प्रायजसो विदेशवाट फर्केपछि शहबजारमा घर घडेरी जोड्नेहरु प्रसस्तै भेटिन्छन् । लामो समय विदेशमा दुःख गरेपछि बजारमा घडेरी किन्ने र गतिलो घर बनाएर बस्नुपर्छ भन्ने मानसकिता धेरैजसो विदेशिएका युवा युवतीका परिवारमा हुन्छ । तर यहाँका एक युवा भने बिदेशवाट फर्केर भैसीफारम खोलेका छन् । 

Buffalonewsaagrocom

सात वर्ष मलेसियामा काम गरेर फर्केका पर्वत जिल्लाको खुर्कोट गाविस वडा नं ३ निवासी खेमराज रेग्मीले व्यावसायीक भैसीपालन गर्न थालेका हुन् । उनले बिदेशमा कमाएको ११लाख रुपैया लगानी गरेर भैसीफाराम खोलेका छन् । शुरुमा २ वटा भैसी किनेर बिगत तीन वर्षदेखि व्यावसाय शुरु गरेका रेग्मीले अहिले ८ वटा भैसी  र १ वटा गाई पालेका छन् । दुध बिक्रिबाट  मासिक रुपमा एक लाख भन्दा बढि आम्दानी हुने रेग्मी बताउँछन् । बिदेशमा भन्दा स्वदेशमा श्रम गरेमा राम्रो आम्दानी गर्न सकिने देखेपछि अहिले  नेपालमा नै भैसी पाल्न थालेको रेग्मीको भनाई छ ।

 
रेग्मीले सदरमुकाम कुश्माबजार स्थित शिवालय ९ ब्यवसाय गरेका छन् । ‘दैनिक ६० लिटर दुध उत्पादन हुन्छ’ उनले भने – मैले माग अनुसार दुध पु¥याउन सकेको छैन’ । पर्वतमा भैसीको दुध बढी ग्राहकले खोज्ने भएकाले बजारको समेत समस्या नभएको उनको भनाई छ । ‘अहिले बजारमा ७० रुपैंया प्रतिलिटरमा दुध बिक्रि हुने गरेको छ’ उनले भने –‘माग अनुसार पु¥याउन कठिन भैरहेको छ ।’

 
मलेसियाको लबड कम्पनीमा काम गरेका रेग्मी स्वदेश फर्के पछि विदेशमा गर्ने दुःख नेपालमानै गर्ने सके मनग्गे कमाई गर्न सकिने सोचेर व्यावसायीक भैसीपालनमा हात हालेको बताए । उनले परीवारसँग बसेर कमाएको थोरै रकम पनि धेरै भएकाले आफूलाई यस ब्यवसायले आत्म सन्तुष्टि मिलेको बताउँछन् । सदरमुकाम भन्दा केहि घण्टाको दुरीमा उनको घर भएपनि बजारको सुलभताका कारण बजारमै जग्गा भाडामा लिएर भैसीपालन ब्यवसाय सञ्चालन गरेका हुन् ।

 
कुस्माबजारमा भएपछि घाँसको समस्याका कारण भैसी थप्न नसकेको रेग्मी बताउँछन । ‘बजारमा ब्याबसाय गर्दा घाँस र पानीको समस्या हुँदोरहेछ’ उनले भने ‘दुध बिक्री र अन्य सामान ढुवानीमा भने सहज भएको छ’ । घाँसको समस्या नभएको भए अझै १० वटा भैसी थप्ने योजना थियो उनले भने–‘नजिकमा घाँसपातको व्यवस्था नहुँदा समस्या भएको हो  ।’ यस वर्ष खडेरी धेरै परेकाले घाँसको अझै बढि समस्या र पानीको समेत अभाव भएको छ । विहान बेलुका मात्रै एउटा धारामा आउने पानीले भैसीलाई खुवाउन नपुगेको र ट्याक्टरमार्फत टाढाबाट ल्याउनुपर्ने बाध्यता छ । विगत १५ दिन देखि भैसीलाई पेटभरी पानी समेत खुवाउन नपाएको उनको गुनासो छ ।

 
परिवारमा छोरा र १ श्रीमती सहित रहेका छन । उनको यो व्यावसायमा परिवारले पनि पुर्ण साथ दिने गरेका छन् । खर्च कटाएर मासिक २५ देखि ३० हजारसम्म बचत हुने गरेको रेग्मी बताउँछन । पशु प्रतिको आफनो मोह सुनाउदै उनले ‘पशुले दानापानी खाएपछि मात्र आफूले खाना खाने गरेको’ सुनाए । सामान्य पशु स्वास्थ्यको समस्याको उपचार आफैले गर्ने गरेको र गोठको सरसफाईमा समेत आफूले विशेष ध्यान दिएकाले आफना पशुहरु स्वस्थ रहेको रेग्मीले बताए ।

 
धेरै युबाहरु रोजगारीको खोजीमा बिदेश गैरहेका छन । युबा संगै प्रौढहरु समेत रोजगारीकै खोजीमा अरबका खाडी र मलेसियाका जंगल चाहर्दैैछन । तर बिदेशमा दुःख पाएर फर्केका एक युबाले भैसीपालनबाट मासिक लाखौ रुपैया कमाई गर्न सकिदो रहेछ उनले भने । उनले अब बिदेश नफर्किने समेत बताए । यसै व्यावसायलाई बढाउँछु बिदेश फर्किन्न उनले भने घरमै परिवारसँग बसेर सुन फलाउन सकिदो रहेछ किन बिदेश जानु ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :