केरा खेतीबाटै लाखौंको आम्दानी

यो समाचार 136 पटक पढिएको

स्याङ्जा, १ बैशाख केरा खेतीबाट पनि मनग्गे आम्दानी गर्न सकिन्छ भन्दा आर्श्चर्य पनि लाग्न सक्छ तर आर्श्चर्य मान्नुपर्दैन, स्याङ्जाको साखर गाविसका खुसीलाल ढकालले भनि केरा खेतीबाटै वर्षेनी लाखौंको आम्दानी गर्ने गरेका छन।खुसीलाल ढकालले आफूले १३ वर्ष पहिलेदेखि तराईका विभिन्न स्थानवाट मालबोक, झापाली,घ्यू केराका विरुवा गानो लगाई खेती सुभारम्भ गरेको बताएका छन्।कृषक ढकालले केराखेतीबाट पनि राम्रो आम्दानी हुने भएपछि अन्य खाद्यबालीभन्दा पनि केराखेतीलाई प्राथमिकता दिएर केराको राम्रो आम्दानी गर्ने गरेको बताउँछन्।
Banana farm
केरा बिउ गानो बिक्रीबाट पनि राम्रो आम्दानी गर्न सकिने भएपछि अहिले गानो खरिदका लागि विभिन्न छिमेकी जिल्ला पाल्पा रामपुर, तनहुँलगायतका जिल्लाबाट आउने गरेको ढकालले बताएका थिए।ढकालले आफनो एक रोपनी बारीमा लगाएका केरामध्ये यस वर्षमात्रै एक हजार केरा पसाएको भने यसै वर्ष मात्रै चार लाख ५० हजारको केरा बिक्री गरिसकेको बताए।

 

कृषक ढकालले केरासँगै सागको समेत सुविधा हुने भएपछि घरमा पशु चौपायाँ समेत पालेका छन् भने विभिन्न जातका फलफूल बिक्रीबाट समेत लाखौ कमाउन सकिने बताएका छन्।गाउँ’मा कृषक ढकालकै सिको गरेर सागर गाविसका कृषकहरूले एक गाँज एक उत्पादन कार्यक्रमतर्फ आकषिर्त भएर लागेको स्थानीय सरिता ढकालले बताइन्।

 

विभिन्न महोत्वस तथा विभिन्न कार्यक्रमबाट पुरस्कृत भएको भए पनि राज्य तहबाट कुनै पनि चासो नजानु दुःख लाग्दो कुरा भएको कृषक ढकालले गुनासो गरेका थिए।

 
कम लगानीमा पनि धेरै उत्पालन र कम परिश्रम गरेर पनि राम्रो आम्दानी लिन सकिने र एकपटक लगाएको केराबाट पाँच वर्षसम्म उत्पादन लिन सकिने भएपछि सहजता समेत मिलेको ढकालले बताए।कृषक ढाकालका अनुसार अहिले सम्म त स्थानीय बजारमा आफूले उत्पादन गरेका केराले राम्रो बजार पाएको भए पनि आगामी दिनमा केरा उत्पादन गर्ने कृषकको सङख्यामा वृद्धि भएका कारण केराको सड्ढलन केन्द्र तथा प्रशोधन केन्द्र स्थापना गर्न सकेको खण्डमा कृषकले उत्पादन गरेको केराले प्रभावकारी रूपमा बजार पाउनुको साथै उचित मुल्य समेत पाउनेमा कृषकले आशा गरेका छन।आफूहरूले उत्पादन गरेको केरा बोटबाटै काँचै बिक्री वितरण गर्दा सर्वसुलभ रूपमा खरिद गर्ने भए पनि त्यसलाई पकाएर बिक्री वितरण गर्दा दोब्बर मूल्यमा बिक्री वितरण गर्दा कृषक मर्कामा पर्ने गरेको कृषकहरूले गुनासो गरेका थिए।

 

केरा नगदेबाली भएको र एक हातले केरा अको हातले पैसा लिएर वस्तुको विनिमय गर्न सकिने र कम लगानीमा पनि पर्याप्त आम्दानी लिन सकिने भएकाले ढकालले गरेको कृषि वालीबाट प्रभावित भएर गाउँ’का केही कृषकले अन्नबाली छोडेर केराखेतीमा लागेको स्थानीयवासी कमल अधिकारीले जानकारी गराए।

 

उत्पादन गरिएका केरा बजार सम्म लैजान ढुवानी खर्च बढी लाग्ने कारणले केराको मूल्य जति पाउनुपर्ने हो त्यति पाउन नसकिएको र केराको प्रशोधन गरि विभिन्न किसिमको चिप्स, जुस बनाउन सकेको खण्डमा केरा खेती अझ प्रभावकारी हुने कृषकको भनाइ रहेको छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :