कृषि क्रान्तिका लागि नयाँ वर्षले नयाँ आयाम ल्याउने छ : कृषिमन्त्री हरि पराजुली

यो समाचार 211 पटक पढिएको

काठमाडौं, १ बैशाख / कृषिमन्त्री हरि पराजुलीले नयाँ वर्ष २०७१ साल नेपाली किसानहरुका लागि नयाँ आयाम हुने बताउनुभएको छ ।
Hari Parajuli, Ministerसोमबार(आज) विहान प्रतिष्ठानलाई शुभकामना सन्देश दिदैंमन्त्री पराजुलीले नेपाली किसानहरुका लागि सरकारले नयाँ वर्षसँगै नयाँ कार्यक्रम ल्याएर समग्र कृषि क्षेत्रको विकासलागि नयाँ आयाम ल्याउने बताउनुभएको हो ।
उहाँले पराम्परागत निर्वाहमुखी कृषिलाई निरुत्साहित गर्दे व्यवसायिक कृषिका लागि राज्यले सबै खाले कृषिमुखी नयाँ कार्यक्रम ल्याउन लागेको जानकारी दिदै यूवा कृषिमा विशेष जोड दिने पनि जानकरी दिनुभयो ।

 

 

बिदेशा रहेका यूवाहरुलाई स्वदेशमै कृषि पेशामा आर्कषित गर्न नयाँ कार्यक्रम ल्याउने तयारी भइरहेको भन्दै मन्त्री पराजुलीले बुहपक्षीय नेपाली किसानहरुको हकअधिकार सुश्चिित हुने गरि नयाँ संविधान पनि आउने दाबी गर्नुभयो ।
उहाँले मुलुकको आर्थिक विकासका लागि कृषि क्रान्ति बिना सम्भव नभएको भन्दै नयाँ वर्षले सबैलाई कृषिमा लाग्न र राज्यले त्यसका लागि गर्नु पर्ने सबै खाले सहयोग गर्न तयार रहेकोमा जोड दिनुभयो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :