हिमालीबाट ८० प्रतिशत अनुदान

यो समाचार 328 पटक पढिएको

काठमाडौं, ३० चैत सरकारले कृषि र पशुपालनमा ठूलो परिमाणमा अनुदान दिंदा पनि युवा आकर्षित हुन सकेको छैनन् । ५० लाखको कृषि र पशुपालन व्यवसाय प्रस्तावमा ४० लाख अनुदान दिने व्यवस्था छ ।Krishna hari baskota
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिब कृष्णहरी बास्कोटो यस्तो अवसरको बारेमा जानकारी गराउंदा पनि युवाले प्रस्ताव लिएन नआएको बताए । दोलखामा सञ्चालित उच्च पहाडी कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार आयोजना(हिमाली प्रोेजेक्ट) का गतिविधिको स्थलगत अवलोकनका क्रममा बास्कोटाले वैदेशिक रोजगारमा जान चाहने युवा स्वदेशमा काम गर्न इच्छुक नदेखिनु आश्चर्यलाग्दो भएको बताए ।

 

 

बास्कोटा र कृषि विकास मन्त्रालयका सचिब जयमुकुन्द खनालसहितको उच्चस्तरिय टोली अवलोकनमा गएको छ । हिमाली आयोजनाले एसियाली विकास व्यांक, नेपाल सरकार र स्वयम उद्यमीसमेतको गरी तीन अर्ब २० करोडको व्यवसाय प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्नेछ । यसमा हालसम्म तीनसय १२ वटा कार्यक्रमको प्रस्ताव प्राप्त भएको र १५ करोड २३ लाखको आयोजना पहिचान भएको छ ।

 
विशेष गरी डाले चुकको जुस बनाउने, हर्वल टी, केशर उत्पादन, चिराइतो खेती, टनेलमा बेमौसमी तरकारी उत्पादन, ह्याचरी, स्याउ खेती, मौरिपालन, जटामसी प्रवद्र्धन, पशुपालन, रेन्बो ट्राउट उत्पादन, किवी, उत्पादन, नेपाली कागज उद्योग, बाख्रा र बंगुर पालनलगायतका क्षेत्रमा किसानलाई प्रत्यक्ष सहयोग पुरयाउदै आएको छ । यो कार्यक्रम हुम्ला, जुम्ला, मुगु, डोल्पा, मनांग, मुस्तांग, रसुवा, दोलखा, सोलुखुम्बु र संखुवासभा गरी १० जिल्लामा लागू गरिएको छ । तीन लाखसम्मको आयोजनामा सामान्य कागजातका आधारमा लगानी गरिने र ५० लाखसम्मको आयोजनामा ८० प्रतिशत अर्थात ४० लाखसम्म अनुदान दिइनेछ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :