कलेक्टरसहितको कम्बाइनमात्र प्रयोग गर्न पाइने

यो समाचार 198 पटक पढिएको

काठमाडौं, ३० चैत / सरकारले धान तथा गहुँलगायतका बाली काट्न प्रयोग हुने कृषि उपकरण (कम्बाइन हार्भेष्ट) मा प्रतिबन्ध नलगाएको स्पष्ट पारेको छ ।

Harvester, yantrikसरकारले कृषिकोे व्यवसायिकरणका लागि यान्त्रीकरणमा जोड दिइरहेका बेला कृषि क्षेत्रमा प्रयोग हुने कम्बाइन मेसिनमा प्रतिबन्ध लगाउनै नसक्ने कृषि विकास मन्त्रालयलले जिकिरसमेत गरेको छ । केही दिनअघि सरकारले रूपन्देही र बाँकेमा गहुँ काट्दै गरेको कम्बाइन मेसिनमा प्रतिबन्ध लगाएको भन्दै स्थानीय किसान आन्दोलनमा उत्रिएका थिए ।

 

 

सरकारले भने कम्बाइन मेसिन थप सुधारसहित प्रयोग गर्न निर्देशन दिएको तर प्रतिबन्ध भने नलाइएको स्पष्ट पारेको छ । सरकारले मेसिन सुधारसहित प्रयोग गर्न निर्देशन दिए पनि कम्बाइन मेसिन किसानमा भने मेसिन प्रतिबन्ध गरेको सन्देश गएको कृषि विकास मन्त्रालयका सहायक प्रवक्ता टेकप्रसाद लुइँटेलले बताए ।

 

हालको मेसिन पराल तथा गहुँको छ्वाली नष्ट पार्ने खालको भएकाले बालिका साथै पशुपालनका लागि उपयोगी पराल तथा छ्वालीको पनि सदुपयोग हुने गरी उपकरण सुधार गरिनुपर्ने उनले बताए । हाल कृषि क्षेत्रमा प्रयोग भइरहेको कम्बाइन हार्भेष्टमा कलेक्टर थप्नुपर्ने र कलेक्टर जडान नभएको उपकरण आयात गर्न नपाउने व्यवस्था गरिएको सहायक प्रवक्ता लुइँटेलले जानकारी दिए ।

 

हालको उपकरणका कारण गहुँको छ्वाली त्यतिकै खेतमा खेर जाने भएकाले किसानले छ्वाली खेतमै आगो लगाउने क्रम बढेको र आगलागीको जोखिम बढेको उनले बताए । आगलागीको जोखिमका साथै वातावरणमासमेत नकारात्मक असर पर्ने भएकेले कम्बाइन हार्भेष्ट प्रयोगमा नयाँ व्यवस्था गरिएको सहायक प्रवक्ता लुइँटेलले स्पष्ट पारेका छन् । कलेक्टरसहितको कम्बाइन मेसिनको प्रयोगले बालीको कुनै पनि पदार्थ खेर नजाने र घासका रूपमा पशुपालनका लागि प्रयोग गर्न सकिने भएकाले नयाँ व्यवस्था सबैको हितमा रहेको उनले बताए ।

 
त्यसो त अहिले पनि किसानले कामै रोक्नुपर्ने अवस्था नभएको उनले बताए । उता सरकारको नयाँ व्यवस्थाको फाइदा उठाउँदै कतिपय कम्बाइनमालिकहरूले किसानसँग बढी भाडा लिएको स्थानीयवासीले गुनासो गरेका छन् । सरकारले नयाँ व्यवस्था गरेसँगै कम्बाइनधनीहरूले किसानसँग बढी भाडा लिएर रातारात गहुँ काट्न लगाएको स्थानीयवासीले बताएका थिए ।

 
मन्त्रालयको नयाँ व्यवस्थाका बारेमा मातहतका निकायहरू पनि स्पष्ट हुन नसकेका कारण सम्बद्ध अधिकारीहरूले असन्तुष्टि व्यक्त गरेका थिए । खासगरी कृषि विकास मन्त्रालयअन्तर्गत कृषि इन्जिनियरिङ क्षेत्रमा क्रियाशील निकायका अधिकारीहरू मन्त्रालयको निर्णयबाट रुष्ट बनेका थिए । कृषि विभागअन्तर्गतको कृषि इन्जिनियरिङ निर्देशनालयका एक अधिकारीले भन्दैथिए– कृषि विकास मन्त्रालयले किन यस्तो निर्णय ग¥यो हामीलाई आश्चर्य लागेको छ । एकातिर कृषि क्षेत्रको व्यावसायीककरणको कुरा गर्ने अर्कोतिर यान्त्रीकरण प्रयोगमा प्रतिबन्ध लगाउने द्वैध चरित्र देखियो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :