तरकारी उत्पादन बढ्दो, फलफूलमा उतारचढाव

This post has already been read 148 times!

काठमाडौं, २९ चैत/ फलफूल तथा तरकारीको माग बर्सेनि बढ्दो क्रममा रहे पनि उत्पादनमा भने उल्लेख्य वृद्धि हुन सकेको छैन । पछिल्लो आधा दशकमा तरकारीको उत्पादन बढ्दो दरमा देखिएको छ भने फलफूलको उत्पादनमा भने उतारचढाव देखिएको छ ।
Vegetablenewsagrocom
पछिल्ला ५ वर्षमा तरकारीको उत्पादन बढ्दो गतिमा देखिए पनि मात्रा भने बढ्न सकेको छैन । आर्थिक वर्ष ०६९/७० मा देशभर ३ लाख ३० हजार टन तरकारी उत्पादन भएको कृषि विकास मन्त्रालयको तथ्यांक छ । गत वर्षको उत्पादन आधा दशककै कम वृद्धि हो भने त्यसअघिका वर्षहरूमा भने उत्पादन दर करिब १ लाख टन देखिन्छ ।
आव ०६७/६८ मा अघिल्लो वर्षको तुलनामा बढेर तरकारीको उत्पादन ३२ लाख ३ हजार टन पुगेको थियो भने आव ०६८/६९ मा ३२ लाख ९८ हजार टन तरकारी उत्पादन भएको मन्त्रालयको तथ्यांक छ । आव ०५६/६६ मा २७ लाख ५४ हजार टन तरकारी उत्पादन भएकोमा ०६६/६७ मा बढेर ३० लाख ३ हजार टन पुगेको थियो । पछिल्लो समय विदेशबाट फर्केर आउने युवा कृषि पेसामा लागेकाले तरकारीजन्य उत्पादनको वृद्धि भएको मन्त्रालयले जनाएको छ ।
गत वर्ष फलफूलको उत्पादन भने घटेको तथ्यांक छ । आव ०६८/६९ मा १० लाख २९ हजार टन फलफूल उत्पादन भएकोमा गत वर्ष घटेर ९ लाख ३८ हजार टनमात्र उत्पादन भएको छ । आव ०६७/६७ मा मुलुकभर ७९ हजार टन उत्पादन भएको थियो । त्यसैगरी आव ०६५/६६ मा ६ लाख ८६ हजार टन फलफूल उत्पादन भएकोमा त्यसपछिको आव ०६६/६७ मा बढेर ७ लाख टन पुगेको थियो ।
बजारमा बर्सेनि माग बढे पनि उत्पादन वृद्धि नहुँदा छिमेकी मुलुक चीन र भारतको भरमा देशको तरकारी बजार चलिरहेको छ । फलफूलको बोट रोपेदेखि फल लाग्न लामो समय लाग्ने भएकाले फलफूलको उत्पादन तरकारीको जस्तो बर्सेनि नबढेको फलफूल विकास निर्देशनालयका कार्यक्रम निर्देशक महेन्द्रमान श्रेष्ठले बताए । “कतिपय फलफूल १ वर्ष फल्ने र अर्को वर्ष नफल्ने प्रकृतिका समेत हुने भएकाले वार्षिक तथ्यांक घटबढ भएको हो,” उनले भने ।