सोह्र जिल्लामा डिभिजन, दुईसय खाद्य निरिक्षक

यो समाचार 223 पटक पढिएको

खाद्य स्वच्छता तथा गुणस्तर सुधारका लागि जनशक्ति थपिदैं

काठमाडौं, २५ चैत/ मुलुकभर खाद्य स्वच्छता र त्यसस बन्धी गुणस्तरियता कायम गराउन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य निरिक्षक थप्ने गृहकार्य शुरू गरेको छ। विभागले संगठन विस्तार गर्ने योजनाअनुसार हाल रहेको खाद्य निरिक्षकको सं या बढाएर दुईसयको हाराहारीमा पु:याउने तयारी अन्तिम चरणमा पु:याएको छ। Dftqc

खाद्य निरीक्षकको सं या थपिएपछि मुलुकभरका उपभोक्ताले स्वच्छ र गुणस्तरिय खाद्य तथा पेयजन्य पदार्थ सेवन गर्न सक्ने विभागको दावी छ। विभागका महानिर्देशक जीवनप्रभा लामाकाअनुसार नेपालको जनसं या, उद्योग र पसलअनुसार आवश्यक खाद्य निरीक्षक नहुँदा खाद्य स्वच्छता तथा गुणस्तर कायम गराउनेस बन्धी काम प्रभावकारी रूपमा गराउन सकिएको छैन्। हाल ७५ वटै जिल्लाको उपभोक्ता, उद्योग र पसललाई हेर्ने गरी स्वीकृत दरवन्दीअनुसार ज मा ३७ जना खाद्य निरीक्षक मात्र कार्यरत छन्।

 

 

‘हालको विभागको संरचना र खाद्य निरीक्षकको अभावमा खाद्य पदार्थ तथा पेयजन्य पदार्थको स्वच्छता र गुणस्तर नियमन, प्रविधि विकास र पोषण कायमस बन्धी काम प्रभावकारी रूपमा सञ्चालन गर्न सकिएको छ,’ महानिर्देशक लामाले भनिन,’मुलुकभरका उपभोक्ताको स्वास्थ्यलाई दृष्टिगत गरेर आगामी आर्थिक बर्षदेखि यो व्यवस्था कार्यान्वयनमा ल्याउदै छौं।’

 

 

विभागको संरचना विस्तार गर्ने योजनाअन्तर्गत यो सं यामा खाद्य निरीक्षक थप्न थालिएको विभागले जनाएको छ। विभागको अहिलेको जनशक्ति व्यवस्थाअनुसार एउटा निरीक्षकको थाप्लोमा सातलाख १९ हजार उपभोक्ता, पसल र उद्योगको अनुगमन गर्ने जि मेबारी छ। छिमेकी मुलुक भारतमा भने तीनहजारका लागि एउटा निरीक्षक रहने व्यवस्था छ। विभागसँग रहेका खाद्य निरीक्षकमध्ये सातजना विभागमा, बीसवटा जिल्ला प्रशासन कार्यालयमा रहेका इकाई कार्यालयमा एक/एकजना र काकडभिट्टा, विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्जमा दुई/दुईजनाका सं यामा कार्यरत छन्।

 

 

लामाकाअनुसार खाद्य निरीक्षणको दरवन्दी नथपिदाँ विभागका सातजना निरीक्षकको थाप्लोमा उपत्यका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरसहित काभ्रे, नुवाकोट, धादिङ र सिन्धुपाल्चोक जिल्लाको जि मेबारी दिइएको छ। राजधानीमा करिब तीनहजारको सं यामा खाद्य पदार्थ तथा पेयजन्य उद्योग र चारहजारको सं यामा रेष्टुँरा, मिष्ठान्न भण्डार तथा होटेलहरू सञ्चालनमा छन्। थप्न लागिएको खाद्य निरीक्षकबाट प्रभावकारी रूपमा कार्यस पादन हुन सक्यो भने धेरै हदस म खाद्य मिसावट तथा गुणस्तरहिनस बन्धी समस्या समाधान गर्न सकिने उनले दावी गरिन्। दुईसयको सं यामा निरीक्षक थपिएपछि एउटाको काँधमा सातलाखबाट घटेर एकलाख ३२ हजार चारसय ७२ वटा उपभोक्ता, पसल र उद्योगको अनुगमन गर्ने जि मेबारी आउछ।

 

 

विभागका प्रवक्ता प्रमोद कोइरालाकाअनुसार गुणस्तरयुक्त खाद्य पदार्थ सर्वसाधारणलाई उपलब्ध गराउनका लागि संरचनालाई विस्तार पनि गर्ने तयारी गरेको छ। जनघनत्व, उपभोक्ता, उद्योग र पसलको सं या हेरेर १६ वटा जिल्लामा सोह्रवटा डिभिजन कार्यालय स्थापना गरेर उक्त कार्यालयमार्फत थपिएका खाद्य निरीक्षकलाई कार्यक्षेत्रमा खटाइनेछ। करिब चारदेखि पाँचवटा जिल्ला हेर्ने गरी डिभिजन कार्यालय स्थापना गर्ने गृहकार्यलाई पनि अन्तिम चरणमा पु:याइएको छ।

 

कोइरालाकाअनुसार जनशक्ति थप्न र डिभिजन कार्यालय स्थापना गर्ने स बन्धमा आवश्यक प्रस्ताव तयार पारेर आगामी बैशाखमा कृषि विकास मन्त्रालयसहित सामान्य प्रशासन र अर्थमन्त्रालयसँग सहमति लिइनेछ। ‘तीनवटै मन्त्रालयको सल्लाह बमोजिम थप जनशक्ति र डिभिजन कार्यालय स्थापना गर्ने कार्यलाई तिव्रता दिइएको हो,’उनले भने।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :