अनुमति बिना नै रेडबुल आयात

यो समाचार 92 पटक पढिएको

काठमाडौं, २५ चैत नेपालमा सबैभन्दा बढी विक्री हुँदै आएको पेय पदार्थ रेडबुल आयातका लागि गोर्खा ब्रअरी अन्तर्गतको जीबी मार्केटिङ प्रालिले चालू आर्थिक वर्षको ८ महिना वित्तिसक्दासम्म एकपटक पनि आयात अनुमति पत्र नलिएको खुलासा भएको छ ।

Redbull

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार जीबी मार्केटिङ बाहेक १० ओटा कम्पनीले विभिन्न पेयपदार्थ आयातका लागि अनुमति पत्र लिएका छन् । ‘तर, चालू आवको शुरुदेखि आजसम्म जीबी मार्केटिङले रेडबुल आयातका लागि अनुमति पत्र लिएको छैन्,’ विभागका प्रवक्ता प्रमोद कोइरालाले नागरिकसँग भने, ‘नेपालमा रेडबुल कसरी आयात भएर विक्री हुँदै आएको छ, हामीलाई थाहा छैन् ।’

 

 
खाद्य ऐन २०२३ अनुसार विदेशबाट भित्रिने खाद्य वस्तु तथा पेय पदार्थ आयात गर्न विभागले अनुमति पत्र उपलब्ध गराउनुपर्ने प्रावधान रहेको छ । प्रवक्ता कोइरालाले गत आर्थिक वर्षमा रेडबुल आयातका लागि जीबी मार्केटिङले अनुमति पत्र लिएको भएपनि यसवर्ष अनुमति नलिएको बताए । ‘बजारमा रेडबुलको खपत कम भएर पनि जीबी मार्केटिङले आयात अनुमति पत्र लिएको होला’ उनले भने । यता, बजारमा विक्री हुने पेयपदार्थमध्ये सबैभन्दा बढी रेडबुल नै छ । अहिलेपनि नेपालमा सबैभन्दा बढी रेडबुल नै विक्री हुने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ । विभागका अनुसार १० ओटा कम्पनीले ओटा तीन देशबाट पेयपदार्थ आयातका लागि अनुमति पत्र लिएका छन् ।

 
विभागले चालू आवको साउन महिनामा रेडबुलले लेवल नखुलाएको भन्दै आयातमा रोक लगाएपछि जीबी मार्केटिङले अहिलेसम्म अनुमति पत्र नै नलिइ रेडबुल आयात गरिरहेको विभागका अधिकारीहरूको भनाइ छ । यता, जीबी मार्केटिङका महाप्रवन्धक आशिष विष्टका अनुसार कम्पनीले अनुमति पत्र लिएर मात्रै रेडबुल आयात गरिरहेको बताए । ‘हामीलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयात अनुमति पत्र उपलब्ध गराएपछि रेडबुल आयात गरेका हौं, । कम्पनीसँग विभागले रेडबुल आयातका लागि अनुमति पत्र दिएको डकुमेण्ट अझै सुरक्षित छ, ।’ गत वर्ष विभागले विदेशबाट आयात गरिएको रेडबुल रोकेपछि सरकारी मापदण्ड पूरा गरेर मात्र नेपाल भिœयाएको उनको भनाइ छ ।

 

विभागले नेपालमा आयात हुने खाद्य वस्तु तथा पेयपदार्थको लेवल नेपाली र अङ्ग्रजी भाषामा हुनुपर्ने बताएको छ । तर, जीबी मार्केटिङले साउनका आयात गरेको रेडबुलमा लेवल नखुलेपछि उक्त सामान भन्सारमै रोकेको थियो । ‘त्यसपछि रेडबुल आयातका लागि कम्पनीले विभागसँग अनुमति पत्र नै लिन आएको छैन्’ कोइरालाले भने, ‘यति लामो समयसम्म अनुमति पत्र लिन नआउनुले व्यवासयप्रति शङ्का उब्जिएको छ, ।’

रचनात्मक प्रतिक्रिया दिनुहोस् :