घासँको वीउले आम्दानी बढाउदै

यो समाचार 212 पटक पढिएको

गोरखा, २३ चैत/ गोरखाका विभिन्न कबुलियती वन समूहका सदस्यहरुले घाँसको वीऊ उत्पादन गरेर लाखौं रुपैया कमाई गर्न थालेका छन् । विशेष गरि स्टाइलो जातको घाँसको बिऊ उत्पादन गरेर किसानहरुले वार्षिक एक लाख रुपैया भन्दा बढी कमाई गर्न थालेका हुन् ।

Grassजिल्लाका विभिन्न वन समूहका सदस्यहरुले वार्षिक सवा २ क्विन्टलसम्म घाँसको विऊ उत्पादन गर्ने गरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । उत्पादित बिऊ कार्यालयले प्रतिकिलो ५ शय ५० रुपैयामा खरीद गर्दै आएको छ ।

 

मनकामना गाविसबाट सबैभन्दा धेरै बिऊ उत्पादन हुने गरेको वरिष्ठ पशु विकास अधिकृत जीवलाल लम्सालले बताए । उनले भने “मनकामनाबाट  वार्षिक १ शय ६० किलोसम्म बिऊ उत्पादन हुन्छ । यस्तै गोरखा नगरपालिकाको कट्टेलडाँडाबाट वार्षिक ४० किलो र गाइखुरको पौवाटार क्षेत्रबाट पनि सोही मात्रामा स्टाइलो जातको घाँसको बिऊ उत्पादन हुदै आएको छ ।”

 

जिल्लाको करीब ८ हेक्टर जमिनमा स्टाइलो लगायत घाँसको बिऊ उत्पादन हुँदै आएको छ । कतिपय वन समूहका किसानले जै घाँस, मोलासेस, मोलाटो लगायतको जातको बिऊ उत्पादन गरेपनि किसानको आकर्षण भने स्टाइलो जातमै देखिएको वरिष्ठ पशु विकास अधिकृत लम्सालले बताए । उनले भने “ जिल्लाको हावापानी घासखेतीलाई उपयुक्त छ । त्यसैले पनि  घाँसको बिऊ उत्पादनतर्फ किसानको आकर्षण बढेको हो ।” सल्लाघारी बाहेक १२ शय मिटरभन्दा कम उचाईका जमिनमा घाँस खेती गर्नु उपयुक्त हुने उनको सुझाव छ ।

 

किसानसँग खरीद गरेको बिऊ कार्यालयले अन्य वन समूह र पशुपालक किसानहरुलाई बिक्री गर्दै आएको छ । जिल्लामा पछिल्लो समय पशुपालन गर्ने किसानको संख्या बढेको छ । यसले गर्दा घाँस खेती र घाँसको बिऊ उत्पादनबाट राम्रो कमाई गर्ने सम्भावना अझ बढ्दै गएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :