‘कृषि क्रान्तिबाट मात्रै आर्थिक विकास’

यो समाचार 142 पटक पढिएको

‘कृषि क्रान्ति, पर्यटनको विस्तार र जलस्रोतको विकासबाट मात्रै आर्थिक विकास’काठमाडौं, २३ चैत/  नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले कृषि क्रान्ति, पर्यटनको विस्तार र जलस्रोतको विकासबाट मात्रै नेपालको आर्थिक विकास सम्भव हुने बताएका छन् ।

नेपाली कांग्रेस वैचारिक अभियानद्वारा शनिबार राजधानीमा आयोजित “नेपालको आर्थिक क्रान्ति र समाजवाद विषयक” कार्यक्रममा उपसभापति पौडेलले आर्थिक  क्रान्ति गर्न सामाजिक सुरक्षा र सामाजिक सम्बन्ध पनि सुमधुर हुनुपर्ने बिचार ब्यक्त गरे ।

 

उपसभापति पौडेलले भन, “सामाजिक न्यायबिना हुने विकास पनि दमनकारी हुन सक्छ, महिला, बालबालिका, पिछडिएका वर्गको हित हुने गरी सामाजिक न्यायसहितको विकास गर्नुपर्छ ।” उपसभापति पौडेलले भने ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :