मकवानपुरमा ५९ सिंचाइ योजना

यो समाचार 178 पटक पढिएको

  • सुरजकुमार भुजेल

मकवानपुर, २२ चैत/ जिल्ला कृषि विकास कार्यालय मकवानपुर मार्फत यसवर्ष ५९ वटा साना सिंचाइ आयोजना निर्माणका लागि योजना छनौंट भएको छ ।

Irrigationजिल्लामा रहेका सबै कृषि सेवा केन्द्र अन्तर्गतका गाविसमा सिंचाइ आयोजना निर्माण हुने भएको जिल्ला कृषि विकास कार्यालय मकवानपुरले जनाएको छ । सिंचाइ निर्माणका लागि गएको भदौ महिनामा दुई महिनाको म्याद राखेर जिल्ला कृषि विकास कार्यालयमा आबद्ध भएका कृषक समूहबाट माग भएको योजनामा आधारित भएर आयोजना छनौंट गरेको हो ।

 

 

सिंचाइ निर्माणका लागि कृषि सेवा केन्द्र पालुङ अन्तर्गतका गाविसबाट १८ वटा निवेदन परेकोमा ११ वटा योजना छनौंट भएको छ । छनौंट भएका योजनाहरुलाई ५० देखि ८० हजार रुपियाँसम्म बजेट विनियोजन भएको छ ।
छनौंट भएका योजना अन्तर्गत लेकाली कृषक समूह दामनले ५५ हजार रुपियाँ पाउने भएको छ । त्यस्तै एकीकृत कृषक समूह बज्रवाराहीलाई ७० हजार, सुन्तलाबारी कृषक समूह टिष्टुङ–९ लाई ० हजार, प्रगतिशील कृषक समूह टिष्टुङ–५ लाई ६० हजार, हातेमालो कृषक समूह पालुङ–७ लाई ५५ हजार, महाभिर सिद्धदेवी कृषक समूह पालुङ–९ लाई ६० हजार, झम्केश्वरी कृषक समूह पालुङ–१ लाई ७० हजार, मंगलेश्वर महिला कृषक समूह पालुङ–४ लाई ५० हजार, सृजनशील कृषक समूह पालुङ–९ लाई ५० हजार, चर्तुमुखी महिला कृषक समूह दामन–३ लाई ६० हजार र उन्नत कृषक समूह दामन–७ लाई ५० हजार रुपियाँ छुट्याइएको छ ।

 

पालुङ सेवा केन्द्र अन्तर्गत यति धेरै योजना छनौंट भएको पहिलो भएको सेवा केन्द्रका कृषि प्राविधिक मधुसुदन आचार्यले बताए । छनौंटमा परेको सिंचाइ योजना जिल्ला कृषि विकास कार्यालयको नगद सहयोग र कृषक समूहको श्रमदान समेतको सहभागितामा निर्माण गरिनेछ ।
साना सिंचाइका लागि परेको निवेदनका आधारमा सम्बन्धित कृषक समूह र कार्य क्षेत्रमा जिल्ला कृषि विकास कार्यालय मकवानपुर र सेवा केन्द्रका प्रतिनीधिले सम्भाव्यता अध्ययन समेत गरेका थिए ।

 

सेवा केन्द्र अन्तर्गत ३५ वटा कृषक समुह मात्र सक्रिय रहेको बताउँदै कृषि प्राविधिक आचार्यले कृषक समूह सक्रिय भए सरकारबाट पाइने सेवा सुविधा पनि क्रमैसंग पाइने बताए । ८ वटा ाविस कार्य क्षेत्र रहेको कृषि सेवा केन्द्र पालुङ अन्तर्गतका आग्रा, चित्लाङ, मार्खु र फाखेल गाविसमा एउटा पनि योजना परेको छैन । छनौंट योजना मध्ये सबैभन्दा बढि पालुङमा पाँचवटा योजना परेको छ भने दामनमा तीन, टिष्टुङमा दुई र बज्रवाराहीमा एउटा मात्र योजना परेको छ ।

 

यसैबीच सहकारी खेतीमा आधारित साना सिंचाइ आयोजना अन्तर्गत निबुवाटार गाविसको सम्झना कृषि सहकारी संस्था र जिल्लाको धमिले कृषि सहकारी संस्थालाई तीन÷तीन लाख रुपियाँ छुट्याइएको छ । यस योजना अन्तर्गत कृषि सेवा केन्द्र पालुङको सेवा क्षेत्रका कुनैपनि कृषि सहकारीहरुले योजना माग गरेका थिएनन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :