आलु महोत्सवमा हेमजामा ४ करोडको आलुको कारोबार

This post has already been read 137 times!

पोखरा, २२ चैत/  पोखरासंगै जोडिएको हेमजा गाविसमा आयोजना भएको पाचौं संस्करणको हेमजा आलु महोत्सव २०७० को अवसरमा हेमजामा करीब ४ करोड मुल्य बराबरको आलुको कारोबार भएको छ ।
Potato seedNewsagrocomविष्णुपादुका क्लव हेमजाको संयोजनमा यही चैत १४ देखि सुरु भएको महोत्सव भित्र तथा हेमजा क्षेत्रमा महोत्सवको अवसरमा करीब १४ लाख २८ हजार ५ सय ७१ केजी आलुको विक्रि हुदा करीब ४ करोड मुल्य बराबरको कारोवार भएको क्म्लवले जनाएको छ ।

 
“सुन्दर गाँउ हेमजा जाऔं आलुका स्वादिष्ट परिकार खाऔ ” भन्ने नाराका साथ एक साता चलेको महोत्सव विहीबार सम्पन्न भएको छ । महोत्सवमा करीब ९० हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेको प्रचार संयोजक प्रकाश सापकोटाले बताए । हेमजामा यस बर्ष करीब १० करोड मुल्य बराबरको आलु उत्पादन भए भए पनि महोत्सवको अवसरमा मात्र सो रकम बराबरको आलुको कारोवार भएको क्लवले जनाएको छ ।
महोत्सवमा यसपाली २८ रुपैयामा प्रतिकिलो आलु विक्रि भएको हो । यो बजार मुल्य भन्दा करीब प्रति केजी ७ रुपैया सस्तो हो । हेमजाको आलुको बजार मुल्य प्रतिकेजी ३५ रुपैया देखि ४० रुपैया रहेको छ ।