तरकारी बेचेर फेरीदै जीवनशैली

यो समाचार 213 पटक पढिएको

बर्दिया, २२ चैत/ महिनाको ६० हजार कमाउन बर्दियाको गुलरिया ४, खैरीका दिनानाथ कंडेललाई अहिले विदेश जानुपरेको छैन । तरकारी व्यापारवाट उनलाई मासीक ५० देखि ६० हजार आर्जन हुन्छ । अन्य व्यवसाय भन्दा तरकारी खरिद विक्रिवाट राम्रो आम्दानी हुन थालेपछि उनको दैनिकी फेरीदै छ । तरकारी बेच्न व्यस्त कडेंलले भने ‘मेरो यही हो विदेशको कमाई ।’ तरकारी व्यापारले उनि आत्मनिर्भर बनेका छन् ।

Vegetable market

 

पहिले–पहिले विभिन्न बैठक गोष्ठिमा समय विताउने कडेंललाई आजभोली व्यवसायीक क्रियाकलापले व्यस्त बनाएको छ । कृषि बजार बहुउद्देश्यीय सहकारी संस्था गुलरियाका पुर्व अध्यक्ष समेत रहेका कडेंलले संस्थाले तरकारी खरिद विक्रि लगाएत कृषिकार्य संग सम्वन्धीत अन्य कार्य गर्न नसेकेपछि संस्थाको गुलरियामा रहेको भवन भाडामा लिएर निरन्तर रुपमा व्यवसाय संचालन गर्दै आईरहका छन ।

 

२०६३ सालमा एकलाख रुपैया लगानी गरेर कडेंल तरकारी खरिद विक्रि केन्द्र संचालन गरेका उनले हाल बार्षिक १ करोड सम्मको तरकारी खरिद विक्रि गर्छन् । यसवाट उनी बार्षिक १० लाख सम्म आम्दानी गर्न सफल भएका छन । दैनिक १० हजार बढीको कारोवार हुने उनले बताए । तरकारी व्यवसायवाटै उनले गुलरिया नगरपालीकामा ३ वटा घडेरी जोडनुका साथै एउटा पक्किघर बनाउन सफल भएकोमा गर्व गरे । निरन्तरको लगनसिलता, मेहेनत र परिश्रमले मानिसलाई सफल बनाउछ भन्ने उदाहरण प्रस्तुत गरेका छन उनले ।

 

जिल्लाको राजापुर, ताराताल, बासगढी, भुरीगाउ, गुलरियाका साथै सीमावर्ती भारतीय गाउ“का स्थानीय व्यापारी तथा उपभोक्ताहरु उनका मुख्य ग्राहक हुन् । गुलरियामा संकलन गरेको तरकारी ठुला व्यापारीहरुको माग बमोजीम काठमाण्डौ, नारायणघाट, पोखरा र सुर्खेत सम्म निर्यात गर्ने गरेका कडेंलले तरकारी व्यवसायमा राम्रो आम्दानी हुन थालेपछि छोरालाई समेत जयमाँता तरकारी खरिद विक्रि केन्द्र खोलेर तरकारी व्यवसाय गर्न लगाएका छन् । उनको जोस जाँगरमा उनका परिवारले पनि साथ र समर्थन दिएका छन् ।

 

स्थानिय कृÈकहरुले उत्पादन गरेका तरकारी खरिद विक्रि केन्द्र मार्फत विक्रि वितरण गर्नुका साथै सही बजारीकरण र उपभोक्तालाई सुपथ मुल्यमा कृÈि उपजको खरीद गर्ने व्यवस्था मिलाउने उद्देश्यले व्यवसाय सुरु गरेको कडेंल बताउछन् । कामको खोजीमा विभिन्न व्यवसायको अनुभव बटुलेका कडेंलले तरकारी खरिद विक्रिवाटै आफुलाई सन्तुष्टि मिलेको बताए ।

 

गुलरियामा चिस्यान केन्द्र नभएका कारण तरकारी स्टोर गर्न समस्या भएको कडेंलको भनाई छ । जिल्लामा उत्पादीत तरकारी प्रयाप्त नभएकोले ६० प्रतिशत तरकारी सल्यानको कपुरकोटका साथै भारतवाट आयात गर्नु परेको उनी वताउछन् । खुला सिमानाका साथै भन्सारले निगरानी नगरी चोरी निकासी गुणस्तरहीन तरकारी भारतवाट आयात हुँदा कृषकहरु मारमा पर्ने गरेका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :