पाल्पामा सडेगलेको मासु र अस्वस्थकर दुध विक्रि

This post has already been read 116 times!

पाल्पा,  १९ चैत / जिल्ला सदरमुकाम तानसेनका मासु तथा दुग्द्य व्यावसायीले उपभोक्तालाई अस्वस्थ मासु तथा दुध बिक्री गरेका छन् । व्यावसायीले एक हप्तासम्म फ्रिजमा राखेको बासी मासु बिक्री गरेको, फोहोर स्थानमा पशु बध गरेर बिक्री गरेको, पाडोको मासु भन्दै भैंसीको मासु र खसीको मासु भन्दै बाख्रीको मासु बिक्री अझै सम्म पनि रोकिएको छैन ।

milkजिल्ला बजार अनुगमन समितिले तानसेन बजारका मासु पसल तथा दुध डेरीहरूमा गरेको अनुगमनका क्रममा मासु व्यावसायीले उपभोक्ताको स्वास्थ्यलाई ख्याल नगरी अस्वस्थ मासु र दुध बिक्री गरेको पाइएको हो । उनीहरूले विद्युत् नभएको अवस्थामा फ्रिजमा राखेको हप्ता दिनको मासु उपभोक्तालाई बिक्री गरेको पाइएको पशु सेवा कार्यालयका प्रमूख तुल्सीराम भण्डारीले बताए ।

 

 

मासु व्यावसयाीलाई अस्वस्थ मासुका बारेमा यसअघि नै सचेत बनाएपनि अटेर गरेर बासी र छलेर मासु बिक्री गर्ने व्यासायीलाई प्रशासनले कारबाही गर्नुपर्ने प्रमूख भण्डारीले उल्लेख गरे ।

 

पहिलेको तुलनामा उपभोक्ताले स्वस्थ मासु पाइएको भएपनि अझै व्यवसायीले मनपरी गरेर उपभोक्तालाई छलेको ठगेका छन् । अनुगमन समितिका अनुसार खसीको मासुमा बाख्रीको मासु मिसाएर बिक्री गरेको, पाडोको मासु भन्दै अधिकांश पसलमा भैंसीको मासु बिक्री प्रशस्त भेटिएको छ । यस्तै पशु बध स्थल फोहोर भएको, स्वास्थ्य परीक्षण नगरी पशुको बध गरेर बिक्री गरेको जस्ता कमजोरी भेटिएको छ ।

 
जिल्लाका तीन दर्जन पसलमा गरिएको अनुगमनका क्रममा मासु व्यावसायीले उपभोक्ताको स्वास्थ्यलाई भन्दा आफ्नो व्यक्तिगत फाइदालाई मात्र ध्यान दिएको पाइएको छ । उपभोक्ता ऐनमा व्यवसायीले पालना गर्नुपर्ने सामान्य नियमलाई पालना नगरेको जिल्ला उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष कष्ण अधिकारीले आरोप लगाए  । उनले पटक–पटक अनुगमन समितिले व्यवसायीलाई सुध्रिन दिएको चेतावनी कार्यान्वयन नगर्ने र उपभोक्ताको स्वास्थ्यमा ख्याल नगर्ने व्यावसायीलाई कारबाही गर्नुपर्ने माग गरे । अनुगमनमा दुध बिक्री गर्ने व्यवसायीले मापदण्ड बिपरीत दुध बिक्री गरेको पाइएको छ ।