सत्रह सञ्चारकर्मीलाई साधारण सदस्य प्रदान

यो समाचार 175 पटक पढिएको

Jonna Hader

काठमाडौं, १८ चैत नेपाल कृषि पत्रकार प्रतिष्ठान(जोना) को केन्द्रिय समितिको बैठकले विभिन्न सञ्चारमाध्यममा कृषि क्षेत्रमा कार्यरत रहेका सञ्चारकर्मीहरुलाई साधारण सदस्यता प्रदान गरेको छ । यही २०७० चैत १५ गते सम्पन्न भएको केन्द्रिय समितिको बैटकले सदस्यता प्रदान गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानले रेडियोतर्फ कृष्ण न्योपाने(कान्तिपुर एफएम), किरण अर्याल (रेडियो नेपाल), संगम महत (नेपाल एफएम नेटवर्क) , सुभाष कार्की (रेडियो सगरमाथा), दिपक आचार्य (सामुदायिक रेडियो प्रसारक संघ–सिआईएन), रुपा गौतम(उज्यालो एफएम) लाई सदस्यता प्रदान गरेको छ ।

 

 

यस्तै टेलिभिजनतर्फ भागवत भट्टराई (माउन्टेन टेलिभिजन), निमेष अधिकारी (हिमालयन टेलिभिजन), सुरेन्द्र थापा (एभिन्युज टेलिभिजन), बिष्णु पोखरेल (एबीसी टेलिभिजन) र सविन धमला (नेपाल न्युज एजेन्सी–टेलिभिजन) लाई सदस्यता प्रदान गरेको छ । त्यसैगरी दैनिकतर्फ योगेस पोखरेल(द राईजिङ्ग नेपाल, अंग्रेजी दैनिक), सुवर्ण पौडेल( द हिमालयन टाइम्स्, अंग्रेजी दैनिक), राजेश खनाल (द काठमाडौं पोष्ट, अंग्रेजी दैनिक), तुलसी सुवेदी(नेपाल सामाचारपत्र, नेपाली दैनिक) र हिमा बिक(आर्थिक दैनिक) लाई पनि सदस्यता प्रदान गरेको छ । प्रतिष्ठानले समाचार उत्पादन गर्ने संस्थातर्फ राजाराम कार्की(राष्ट्रिय समाचार समिति) लाई पनि सदस्या दिएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :