युवा किसान संघद्वारा ज्ञापनपत्र

यो समाचार 223 पटक पढिएको

काठमाडौं,१८ चैत/ युवा किसान संघ नेपालले कृषिमन्त्री हरिप्रसाद पराजुलीलाई ज्ञापनपत्र बुझाएका छन् । संघको नेतृत्वमा मंगलबार गएको एक प्रतिनिधिले कृषि क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न विभिन्न मागहरु राखी ज्ञापनपत्र बुझाएका हुन् ।

Mechanijmnewsagrocom

संघले मा.वि तहसम्म कृषि प्राविधिक शिक्षाको पाठ्यक्रममा समावेश गरिनुपर्ने, गाविस स्तरीय कृषि तथा प्राविध केन्द्र स्थापना गरिनुपर्ने माग राखेका छन् । कृषि साामाग्री मल, वीउ, कृषि यन्त्र र उपकरणहरु प्रयाप्त अनुदानको व्यवस्था गरिनुपर्ने, मोन्सान्टोको आनुवंशि मकैको वीउको आयातमा प्रतिवन्ध लगाउनुपर्ने माग गरेका छ ।

 

 
संघका अध्यक्ष बाबुराम थापाले कृषि क्षेत्रमा देखिएका समस्यालाई समाधान मन्त्रीसमक्ष विभिन्न मागसहितको १६ बुँदै ज्ञापनपत्र बुझाइएको बताए ।कृषि उपजमा समर्थन मुल्य कायम गरिनुपर्ने साना किसानमैत्री बजार व्यवस्थापन गरिनुपर्ने उनले जानकारी दिए । कृषि मन्त्री हरिप्रसाद पराजुलीले कृषिमा परम्परागत खेतिप्रणाली, निर्वाहमुखी खेतिप्रणाली युवाजनशक्ति अभाव जस्ता समस्याहरु कायम रहेको बताए । किसानले उठाएका मागहरु महत्वपुर्णभएकाले कार्यान्वयन गर्न मन्त्रालय तयार रहेको मन्त्री पराजुलीले जानकारी दिए । संघले विभिन्न समयमा गठित कृषि सँग सम्बन्धित आयोग र समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने, सुलभ कृषि ऋणको व्यस्था गरिनुपर्ने लगायतका अन्य मागहरु अघि सारेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :