च्याउ उत्पादन तालिम सुरु

यो समाचार 306 पटक पढिएको

काठमाण्डौ, १७ चैत / घरेलु तथा साना उद्योग कार्यालय, काठमाण्डौको आर्थिक सहयोग तथा सिर्जशील कृषि फार्मको आयोजनामा काठमाण्डौको कपनमा व्यावसायिक च्याउ उत्पादन तालिम सुरु भएको छ ।

moooooos

आर्थिक रुपले पछि परेका समुदायको आयआर्जनमा टेवा पु¥याउने उद्धेश्यले तालिम आयोजना गरिएको कार्यालयका उद्योग अधिकृत बसन्त भट्टराईले बताए । काठमाण्डौमा च्याउको राम्रो बजार भएको र उत्पादनमा कम लगानी र छिटो प्रतिफल आउने भएकोले च्याउ खेती राम्रो विकल्प भएको फार्मका सञ्चालक खड्ग लिम्बु बताउँछन् ।

 

 

सोमबारदेखि सुरु भएको तालिममा २५ जना कृषक सहभागी छन् । तालिममा च्याउ उत्पादन गर्ने टहरा निर्माण, कम्पोष्ट तयारी, रोग, किरा व्यवस्थापन, भण्डारण र बजारीकरण आदिबारे जानकारी दिइने बताइएको छ । तालिम दुई सातासम्म चल्नेछ ।

 

सो तालिममा सहज उत्पादन र स्थायी बजार भएको कन्ये च्याउ उत्पादनको बारेमा बढी जानकारी प्रवाह गरिने योजना रहेको लिम्बु बताउँछन् । तालिमपछि सहभागीहरुले एकल रुपमा च्याउ खेती गर्ने तयारीमा रहेको पनि उनले जानकारी गराए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :