कोलिफर्म न्यूनिकरण गर्न आल्मोनियम क्यान वितरण

यो समाचार 187 पटक पढिएको

ललितपुर, १७ चैत / दूधमा कोलिफर्म न्यूनिकरण गर्नका लागि ललितपुर जिल्ला दूग्ध उत्पादक सहकारी संघले आफ्ना सदस्यहरुलाई आल्मोनियम क्यान वितरण गरेको छ ।

Milk can

फ्लाष्टिकजन्य क्यानमा कोलिफर्मभित्रिने संभावना प्रचुर रहनेभएकाले त्यसको साबधानीका लागि संघले आल्मोनियम क्यान वितरण गरेको हो । क्यानले पहिलो चरणमा ३५ वटा सहकारीलाई २ सय बढी क्यान वितरण गरेको छ ।संघसंग ६३ सहकारी संस्था आबद्ध छन् । संघका अध्यक्ष अध्यक्ष रामप्रसाद आचार्यले गोठदेखि ओठसम्म दूधमा शुद्धता कायम गर्न क्यान प्रयोग गर्न थालिएको बताउनभुयो ।

 

 

“नेपालभर अहिले फ्लाष्टिकका भाडाहरु प्रयोग भइरहेका छन्, प्लाष्टिकका भाडामा जिवाणु सक्रिय हुने खतरा बढी हुन्छ, ” अध्यक्ष आचार्यले भन्नुभयो । दूधमा कोलिफर्म न्यूकिरणका लागि आफूहरुले अभियान चालेको उहांको भनाइ छ । ललितपुर जिल्ला संघका व्यवस्थापक उद्धबप्रसाद घिमिरेले संघमा आबद्ध सबै सहकारीलाई आल्मोनियम क्यान वितरण गर्ने तयारी भएको बताउनुभयो । “हामी प्लाष्टिकमुक्त देश बनाउन चाहन्छौं, त्यसको शुरुवात ललितपुरबाट भइसकेको छ, ” उहांले भन्नुभयो ।

 

 

यसैबीच क्यान वितरण कार्यक्रममा बोल्दै ललितपुर जिल्लाका स्थानीय विकास अधिकारी पशुपति पोखरेलले किसानदेखि नै दूधको शुद्वता अपनाउन जरुरी रहेको बताउनुभयो । सहकारीमार्फत दूध उत्पादन वृद्वि गर्न जोड दिदैं आगामी वर्षहरुमा दूग्ध उत्पादक सहकारीलाई विशेष प्राथमिकता दिने बताउनुभयो । प्लाष्टिक विस्थापनको अभियानलाई प्रशंसा गर्दा त्यसको प्लाष्टिकजन्य वस्तुको विस्थापन तथा आल्मुनियम क्यानको प्रयोगमा ध्यान दिनुपर्ने बताउनुभयो ।

 

 

ललितपुर पशुसेवा कार्यालयका प्रमुख डा. करुणा शर्माले दैनिक ५ लाख लिटर दूध अपुग भएको भन्दै त्यसतर्फ सबैको ध्यान जान आवश्यक भएको बताउनुभयो । पशुमा खोरेट, भ्यागुटे, चर्चरे खोप दिन छुटाउन नहुने भन्दै शर्माले किसानले पशुको स्वास्थ्यमा पनि ख्लाय राख्न जरुरी रहेको बताउनुभयो । दूध सम्पूर्णको आहार भएको भन्दै शर्माले फ्लाष्टिक जिवाणुको घर भएको भन्दै त्यसको विस्थापन अत्यावश्यक भइसकेको बताउनुभयो ।

 

 

दूग्ध विकास संस्थानका आयोजना प्रमुख राजगोविन्द राजकर्णिकारले संस्थानले पनि सहकारीलाई क्यान वितरण गरिरहेको बताउनुभयो ।आल्माुनियम क्यानले दूधको शुद्वतामा धेरै सहज हुने उहांको भनाइ थियो ।

 

 

दूग्ध उत्पादक सहकारी केन्द्रिय संघका कोेषाध्यक्ष कृष्णप्रसाद सापकोटाले दूध उत्पादन वृद्वि र गुणस्तरमा किसानले जोड दिन आवश्यक भएको बताउनुभयो । लधजूतो अमूल्य चिजलार्ई गुणस्तरीय बनाउन किसानको दायित्व भएको बताउनुभयो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :