गोरखामा पोषिलो मकै

यो समाचार 218 पटक पढिएको

गोरखा , १६ चैत / गोरखामा उन्नत जातको पोषिलो मकै खेती गरीने भएको छ ।  २०६५ सालमा नेपाल सरकारले सिफारीस गरेको उन्नत जातको पोषिलो मकै १ को  गोरखामा पनि प्रवद्र्घन गर्ने जिल्ला कृषी विकास कार्यालयको योजना छ ।
गोरखामा पोषिलो मकैजिल्लाको फुजेल, घैरुङ र ताक्लुङमा यो वर्ष प्रवद्र्धन कार्यक्रम गर्ने जिल्ला कृषि विकास कार्यालय गोरखाका कृषि प्रसार अधिकृत प्रकाश वस्ताकोटीले जानकारी दिए । करिव ९० जना लाभान्वित हुने गरि कार्यक्रम संचालन गर्न लागीएको हो । पोषिलो मकैको सेवनवाट कुपोषण घटाउन सकिने तथा कुखुरा र माछाको दानामा सो मकै प्रयोग गरेमा मासुको उत्पादनमा पनि वृद्घि हुने उनले बताए ।

 

 

बस्ताकोटिले भने “साधारण मकैको तुलनामा पोषिलो मकैमा प्रोटीन वढी हुन्छ । त्यसैले हामीले पोषिलो मकै १ को खेती गर्न कृषकलाई प्रोत्साहित गर्न लागेका हौ ।” यसअघि नारेश्वर र मनकामनामा यो जातको मकै लगाए पनि पर्याप्त मात्रामा बिऊ उपलब्ध गराउन नसकिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

 

 

समुदायमा आधारित दिगो विउ उत्पादन तथा वजार प्रणालीको विकास गरि ७५ जना कृषकहरुबाट तिन वटा कृषक समुह र एउटा कृषि सहकारीमार्फत पोषिलो मकै खेति प्रवद्र्घन गर्दै जाने कार्यालयको योजना छ । जिल्लाका कृषकहरुका लागी २० मेट्रिक टन विउ विक्रि गरिने र विउ उत्पादन कृषकको आम्दानी औषत २० प्रतिशतले वढाउने वस्ताकोटीको भनाइ छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :