दोश्रो अन्तर्राष्ट्रिय पुष्प मेलामा ७८ लाखको कारोबार

यो समाचार 262 पटक पढिएको

काठमाडौं, १६ चैत /फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान)को आयोजनामा गत बिहिबारबाट सञ्चालन भइरहेको दोश्रो अन्तर्राष्ट्रिय पुष्पमेला आइतबार स पन्न भएको छ।

ranjeet Ray1मेलाको अन्तिम दिन नेपालका लागि भारतिय राजदुत रंजित रे तथा नेपाल राष्ट्र ब्यांकका डेपुटी गभर्नर महाप्रसाद अधिकारी अबलोकनका लागि भृकुटीमण्डप पुगेका थिए। मेलाको अन्तिम दिनस म करिब ७८ हजार अवलोकनकर्ताद्वारा अवलोकन गरिएको आयोजना संस्थाले जनाएको छ। मेलामा ५८ लाख मूल्य बराबरको कारोबार भएको फ्यानका उपाध्यक्ष कुमारकसजु श्रेष्ठले जानकारी दिए।

 

 

उनकाअनुसार मेलामा मौसमी फूल, आलंकारीक बोट बिरु वा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, क पोष्ट मल, फूलको गानो, विउ विजन, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिंचाई प्रबिधी र विषादीका प्रदर्शनी तथा विक्री कक्ष राखिएको थियो। मेलामा नेपालसहित भारत, बंगलादेश, हल्याण्ड, जापान, अमेरिकाका पुष्प व्यवसायी क पनी तथा फर्महरूले सहभागिता जनाएका थिए। मेलामा ५ सय बढी प्रजातिका आलङ्गकरिक बोट–बिरुवाहरुको प्रदर्शनीका तथा बिक्रीका लागि राखिएको  थियो।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :