एक करोडको लगानीमा कृषि र्फम

यो समाचार 315 पटक पढिएको

स्याङ्जा,  १६ चैत / गाउँ गाउँमा कृषि फार्म सञ्चालन हुने लहरसँगै तुल्सीभञ्ज्याङ-२ मा एक करोडको लगानीमा कृषि फार्मको सुरुवात भएको छ ।तरकारी खेती,वाख्रापालनसहित कृषि तालिम केन्द्र सञ्चालन गर्ने उदेश्यले फार्म सञ्चालन गर्न लागिएको हो । करिव १ सय १० रोपनी जग्गा किनेर स्थानीय ६ जनाले सामूहिक रूपमा कृषि फार्म सञ्चालनमा ल्याएका हुन् ।

Agriculture-land-300x205एपी एग्रोलाइभस्टक एन्ड रिसर्च कम्पनीमार्फत फार्म सञ्चालन गर्न लागिएको हो । फार्ममा सुरुमा १ सय बोयर जातको बाख्रापालन गर्ने योजना रहेको छ । फार्मको योजनाअनुसार करिब ३० रोपनीमा कागती खेती लगाइएको छ भने १५ रोपनीमा टमाटर खेती गर्ने योजना रहेको छ ।

 

 

‘युवालाई लक्षित गरी तालिम केन्द्रसहितको कृषि फार्म सञ्चालनमा ल्याउन लागेका हौं,’ बज्रेभञ्ज्याङ माविमा स्थायी शिक्षकसमेत रहेका एपी एग्रोलाइभस्टक एन्ड रिसर्च कम्पनीका अध्यक्ष्ा यामप्रसाद पाण्डेले भने, ‘युवालाई कृषिको फार्मको वारेमा तालिम सञ्चालन गरी यस पेसातर्फ काम गर्ने प्रेरणा जाओस् भन्ने हो ।’ पाण्डेसहित नेकपा एमालेका जिल्ला नेता पुण्यप्रसाद भुसाल, अनन्तकुमार श्रेष्ठ, भुपराज अधिकारी, पशु सेवा कार्यालयका प्राविधिक सुशील अर्याल र युवा व्यवसायी प्रकाश थापाले संयुक्त रूपमा फार्म सञ्चालन गरेका हुन् ।

 

प्fmार्मका लागि तीनदोबाटे गाविसबाट पानी लिफटङमार्फत लगिएको छ । गत वैशाखबाट फार्म सञ्चालनमा ल्याइएको हो । ‘अहिले घाँस खेती र बाख्राको खोर निर्माणमा जुटेका छौं,’ अर्का सञ्चालक सुशील अर्यालले भने, ‘अब केही महिनामा नै फार्मको सबै काम सम्पन्न हुन्छ ।’ ‘व्यावसायिक तरिकाबाट सञ्चालन गर्दा यसबाट आम्दानी पनि पर्याप्त हुन्छ भन्ने सोचेका छौं,’ उनले भने । पछिल्ला केही वर्षमा जिल्लामा कृषि फार्म गर्ने लहर बढेको छ । यसभन्दा अगाडि पेलाकोट-३ मा ३ करोडको लगानीमा कृषि फार्म सञ्चालन आइसकेको छ ।

– जानु पंगेनी

रचनात्मक प्रतिक्रिया दिनुहोस् :