उन्नत बीउको अभावमा आलु उत्पादन न्यून

यो समाचार 166 पटक पढिएको

काठमाडौं,   १५ चैत / उन्नत बीउको अभावमा नेपालमा आलुको मागअनुसार आपूर्ति हुन सकिरहेको छैन । यसै समस्यालाई दृष्टिगत गर्दै राष्ट्रिय आलुबाली विकास कार्यक्रमले शुरू गरेको आलुको टिस्युकल्चर प्रविधिबाट उत्पादित उन्नत बीउको माग बढ्न थालेको छ । सो प्रविधिबाट उत्पादित करीब ४ लाख दाना आलु वार्षिक रूपमा कृषकले माग गर्ने भए पनि ४० हजारदेखि ५० हजारसम्म मात्र कृषकमाझ पु¥याउन सकिएको छ ।
Potato seedNewsagrocom

नेपालमा उत्पादन गरिने आलुको बिरुवा खाएर बाँकी रहेका वा खान नमिल्ने खालका आलु मात्र रोप्न प्रयोग गरिने भएकाले पनि आलुको राम्रो उत्पादन हुन नसकेको वरिष्ठ आलुबाली विकास अधिकृत दीपक पौडेल बताउँछन् । हाल कृषकले २५ प्रतिशत मात्र उत्रत जातका आलुका बीउ लगाउने गरेको र ७५ प्रतिशत बीउ अहिले पनि खान नमिल्ने, ताछ्न नमिल्ने र सस्तो खालको प्रयोग हुने गरेको छ । यसैकारण नेपालमा सम्भावना भएर पनि राम्रो र उन्नत जातको आलु उत्पादन गर्न नसकिएको पौडेलको भनाइ छ ।
‘टिस्युकल्चर प्रविधिबाट उत्पादित बीउले आलुको उत्पादन दोब्बर वृद्धि हुन्छ,’ उनले भने । आलुको बीउ रोपेर उम्रिएको नयाँ बिरुवामा जरा र बोटमा रोग लागिसकेको भए पनि बिरुवाको टुप्पासम्म रोग पुगेको हुँदैन । त्यतिबेला टुप्पो (मेरिष्टिम) लाई काटेर निकालिन्छ । त्यसलाई प्रयोगशालामा ल्याएर अर्को बीउ उत्पादन गरिन्छ, जुन रोगरहित हुन्छ । त्यस्तो प्रविधि नै ‘टिस्युकल्चर’ प्रविधि हो ।
यो प्रविधिबाट निकालिएको बीउ रोगमुक्त हुन्छ । आलुमा विशेषगरी भाइरस र ब्याक्टोरियम वेल भन्ने रोग लाग्ने गर्छ । यस प्रविधिबाट निकालिएको बीउलाई ‘पीबीएस’ अर्थात् पूर्वतयारी बीउ भनिन्छ । यसको आकार केराउको दानाजत्रो हुन्छ । यसलाई कम्तीमा पनि ५ वर्ष खेतमा लगाउने र निकाल्ने मात्र गर्नुपर्छ, खान हुँदैन । यसलाई नखाने र नबेच्ने गरी पुनः रोपेर नयाँ बीउ मात्र निकाल्ने कार्य गरिन्छ । यदि ५ सय दाना रोपेको छ भने ५ वर्षमा ७ सय ५० मेट्रिक टन बीउ यसबाट निस्कन्छ ।
‘कृषकले यो प्रक्रियालाई झन्झटिलो मान्ने भएकाले हामीले कृषक समूह, कृषि फार्म वा अन्य बीउ उत्पादन गर्नेलाई मात्र बीउ दिएर नयाँ बीउ निकाल्ने कार्यमा लगाउँछौं,’ पौडेलले भने, ‘कृषकले लगाएको दाना ३ वर्षमा नै खाने प्रवृत्ति रहेको देखिन्छ । उनीहरूले गुणस्तरीय बीउको महŒव राम्ररी बुझ्न सकेका छैनन् ।’
गतवर्ष यो कार्यक्रम सात जिल्लामा गरिएको भए पनि यस आर्थिक वर्षदेखि ११ जिल्लामा गरिँदै छ । कार्यक्रम लागू भएका जिल्लामा ललितपुर, मकवानपुर, जाजरकोट, म्याग्दी, काभ्रे, रसुवा, सोलुखुम्बु, रोल्पा, गुल्मी, नुवाकोट र दोलखा छन् । अघिल्लो २ वर्षदेखि सघन रूपमा यो कार्यक्रम लागू गरिएको र आलुबालीको नयाँ बीउ भण्डारणका लागि अनुदानका कार्यक्रमसमेत सञ्चालन थालिएको पौडेलले जानकारी दिए । यसका लागि १ हजार ८ सय मिटरभन्दा माथिको स्थानमा ‘राष्टिक स्टोर’ शुरू गरिएको छ । यसरी स्टोर गरिने बीउमा सीधै घाम पनि पर्न नहुने, अँध्यारो पार्न पनि नहुने र हावा दोहोरो रूपमा आवतजावत गर्न मिल्ने व्यवस्था हुनुपर्छ ।
हाल नेपाल ८५ प्रतिशत आलुबालीमा आत्मनिर्भर भए पनि उन्नत बीउको अभावमा भारतबाट ठूलो मात्रामा आलु आयात हुँदै आएको छ । नेपालमा हाल प्रतिहेक्टर १३ मेट्रिक टन आलु उत्पादन भइरहेको छ । कार्यक्रमको लक्ष्य प्रतिहेक्टर २० मेट्रिक टन उत्पादन गर्ने रहेको छ । नेपालमा १८ हजार हेक्टर क्षेत्रफलमा उत्पादन हुने आलु उत्पादनका हिसाबले चौथो बाली हो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :