२५ प्रतिशत तरकारी भारतबाट

यो समाचार 81 पटक पढिएको

काठमाडौं,१५ चैत / नेपालमा तरकारीको व्यावसायिक खेती गर्ने क्रम बढे पनि आयात भने घटेको छैन । मुलुककै मुख्य तरकारी बजार कालीमाटीमा गत वर्ष भारतबाट मात्रै ५८ हजार मेट्रिकटन तरकारी तथा फलफूल भित्रिएको तथ्यांक छ । यो कुल आयातको २५ प्रतिशत हो छ । १ दशकयता भारतबाट आउने तरकारीको परिमाण करिब ३ गुणाले बढेको छ ।

 
Vegetablenewsagrocomगत वर्ष कालीमाटी बजारमा कुल २ लाख ३५ हजार मेट्रिकटन तरकारी भित्रिँदा भारतको हिस्सा २५ प्रतिशत थियो । गएका ४ महिनामा मात्रै भारतबाट साढे २० हजार मेट्रिकटन आयात भएको तरकारी तथा फलफूल विकास समितिको तथ्यांक छ ।
०६० सम्म भारतबाट १८ हजार मेटनमात्र आयात हुने गरेको थियो । त्यहाँबाट विशेषगरी सुकेको प्याज, कागती, आलु, गोलभेंडालगायत तरकारी आयात हुन्छन् । आँप, केरालगायतका फलफूल पनि उत्तिकै मात्रामा भित्रिन्छन् । १ वर्षमा आलु १९ हजार, मटरकोसा १ हजार १ सय ८९, गोलभेडा १ हजार ४ सय ६४ र कागती १ हजार ७ सय ८९ मेट्रिकटन भारतबाट उपत्यका भित्रिएका थिए ।
नेपालमा उत्पादन बढे पनि बजारको मागलाई स्वदेशी उत्पादनले धान्न नसक्दा बर्सेनि छिमेकी मुलुक भारत र चीनबाट फलफूल÷तरकारी भित्रिरहेको समितिका कार्यकारी निर्देशक मकबुल अलीले बताए । “उपत्यकामा जनसंख्या बढ्दो दरमा भएकाले तरकारी तथा फलफूलको पनि खपत बढिरहेको छ,” उनले भने, “उपभोक्ताको फुड ह्याबिटमा समेत परिवर्तन आएकाले माग बढ्दो छ, त्यसैले आयात गर्नुको विकल्पै छैन ।” लसुन र स्याउलगायतको आयात भने चीनबाट हुने गरेको जानकारी उनले दिए । गत वर्ष चीनबाट ४ हजार मेट्रिकटन तरकारी तथा फलफूल आयात भएको तथ्यांक छ ।
कृषि गणना ०६८ अनुसार नेपालमा तरकारीखेती गर्ने परिवारको संख्या १ दशकमा शतप्रतिशतले वृद्धि भएको छ । ०५८ को गणनाअनुसार देशभर ६० हजार हेक्टर क्षेत्रफलमा ९ लाख ७७ हजार परिवार तरकारीखेतीमा संलग्न रहेकामा अहिले ४० प्रतिशतले बढेर ८४ हजार हेक्टरमा १९ लाख ३१ हजार परिवार संलग्न छन् ।

प्याजमात्रै २० हजार मेटन
भारतबाट मुख्यगरी सुकेको प्याज बढी आयात हुन्छ । गत वर्षमात्रै २० हजार मेट्रिकटन आयात भएको थियो । अघिल्ला वर्ष पनि प्याज आयात अत्यधिक रहेको समितिको तथ्यांक छ । ०६६ मा १५ हजार र ०६७ मा १६ हजार मेट्रिकटन प्याज भारतबाट कालीमाटी भित्रिएको थियो । ०६५ मा यो मात्रा ११ हजार मेट्रिकटन थियो जबकि त्यसको ५ वर्षअघि ०६० मा ८ हजार मेट्रिकटनमात्र प्याज भित्रिएको थियो ।

काठमाडौं उपत्यकालगायत देशभर खपत हुने अधिकांश प्याज भारतबाट आयात हुन्छ । भारतमा प्याजको उत्पादन कम हुँदा र उत्पादनको प्रतिकूल सिजनमा नेपालमा पनि मूल्य अकासिन्छ । नेपालमा प्याजको उपभोक्ता मूल्य प्रतिकिलो २० रुपैयाँदेखि कतिपय अवस्थामा २ सय रुपैयाँसम्म पुगेको पाइन्छ । हाल प्याजको थोक मूल्य प्रतिकिलो २८ रुपैयाँ छ । भारतमा उत्पादनको सिजन भएकाले मूल्यमा अझै कमी आउन सक्ने अनुमान छ ।

भारतबाट आयात तरकारीको अवस्था

बर्ष

कूल आयात(टन)

भारतबाट (टन)

भारतको योगदान

069

235,091

58,289

24.79

068

199,935

57,366

28.69

067

200,010

52,595

26.3

066

176,526

44,310

25.1

065

177,388

25,191

14.2

060

137,765

18,842

13.68

स्रोत : कालिमाटी फलफूल तथा तरकारी विकास विकास बोर्ड

रचनात्मक प्रतिक्रिया दिनुहोस् :